तितो सत्य

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–५ भेडियाहीस्थित एक घरको टहरामा लुकाएर राखिएको १ हजार ५० लिटर घरेलु मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब १२ः३० बजे प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मदिरा फेला पारेको हो। टहराबाट ७० पोका तयारी घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद मदिरा आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा ल्याइएको छ। उक्त मदिरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्। प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्ने, बिक्री गर्ने तथा ओसारपसार गर्ने गतिविधिमाथि…

Read More

धनकुटा । सप्तकोसी नदीमा यात्रु बोकेको मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणी क्षेत्रमा ओबीएम कम्पनीको मोटरबोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक विवरण छ। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु लिएर सुनसरीको चतरातर्फ जाँदै गर्दा दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाएपछि सुनसरीस्थित प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको टोलीले चालकसहित १२ जनालाई जीवितै उद्धार गरी उपचारका लागि चतरा अस्पताल पुर्‍याएको थियो। अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की…

Read More

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारतमा विद्युत बिक्री गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। केही जलविद्युत आयोजना बाढीका कारण प्रभावित हुँदा निर्यातमा असर परे पनि विद्युत बिक्रीबाट भएको कारोबार रकम अघिल्लो वर्षको असोज र चालु आवको भदौभन्दा बढी रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको थियो। उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो। गत वर्षको असोजमा भारततर्फ विद्युत बिक्रीबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ…

Read More

पेरिस । फ्रान्समा शनिबार भएको देशव्यापी विरोध प्रदर्शनका क्रममा प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ। प्रदर्शनपछि पक्राउ पर्नेको प्रारम्भिक विवरण सार्वजनिक गर्दै गृहमन्त्री लोरेन्ट नुनेजले संख्या थप बढ्न सक्ने बताएका छन्। गृहमन्त्री नुनेजका अनुसार प्रदर्शनका क्रममा विभिन्न स्थानमा हुन सक्ने लुटपाटका घटनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। पक्राउ परेका व्यक्तिको अन्तिम विवरण संकलन गर्ने काम भइरहेको उनले जानकारी दिएका छन्। फ्रान्सका विभिन्न सहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको खबर सार्वजनिक भए पनि अघिल्लो साताको तुलनामा यसपटक हिंसात्मक गतिविधि कम भएको बताइएको छ। यसअघि भएको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा भवन तोडफोड र आगजनीका घटना भएका थिए। साथै,…

Read More

काठमाडौं । दसैँको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध काठमाडौँ उपत्यकामा प्रहरीले निगरानी बढाएको छ। शनिबार मात्रै विभिन्न कसुरमा ४७० सवारीसाधनलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९९ जना कारबाहीमा परेका छन्। तीव्र गतिमा सवारी चलाउने ११५ जना, सीसी क्यामराको निगरानीमा नियम उल्लङ्घन गर्ने ४० जना र ट्राफिक बत्तीको रातो संकेत बेवास्ता गर्ने ३७ जनामाथि पनि कारबाही गरिएको छ। त्यसैगरी, अनावश्यक हर्न बजाउने नौ जना, लेन अनुशासन उल्लङ्घन गर्ने दुई जना र एकतर्फी सडकमा निषेधविपरीत सवारी चलाउने सात जना कारबाहीमा परेका छन्। अन्य…

Read More

जनकपुरधाम । धनुषामा एकै परिवारका श्रीमान्–श्रीमती मृत फेला परेका छन् भने उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्। ससुरालीमा भएको धारिलो हतियार प्रहारको घटनापछि श्रीमान् पनि मृत भेटिएपछि प्रहरीले घटनाको विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरका ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुराली पुगेका थिए। राति करिब १ः५० बजे उनले श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट्माथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरी घटनास्थल पुग्दा ३०…

Read More

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशुको पहिचानबारे स्पष्ट हुनुपर्ने भन्दै महोत्तरीका एक व्यक्तिले डीएनए परीक्षणको माग गरेका छन्। महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले यस विषयमा आवश्यक जाँच गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन्। अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरितालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे अस्पताल भर्ना गरिएको थियो। सोही दिन साँझ ६ बजेर ३७ मिनेटमा उनले शिशुलाई जन्म दिएकी थिइन्। अरुणले जन्मपछि आफू र परिवारका सदस्यलाई देखाइएको शिशु छोरा रहेको तर केही समयपछि छोरी देखिएको बताएका छन्। अस्पतालका नर्सले पनि छोरी नै भएको बताएपछि उनले शिशुको पहिचानबारे आशंका…

Read More

एकको अवस्था गम्भीर सर्लाही, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा ट्रक र यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार भएको दुर्घटनामा सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए। दुर्घटनामा बाराको महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी र वडा नम्बर ९ का ४८ वर्षीय राजेन्द्र रामसहित सुवर्ण गाउँपालिका, कलैया उपमहानगरपालिका, पचरौता नगरपालिका तथा सिम्रौनगढ नगरपालिकाका गरी १२ जना घाइते भएका छन्। घाइतेमध्ये सुवर्ण गाउँपालिका–४…

Read More

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धबारे दिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर राप्रपाका पूर्वअध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति जनाएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत वाग्लेको भनाइप्रति असन्तुष्टि व्यक्त गर्दै भारतविरोधी राष्ट्रवादको युग सकिएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गरेको आरोप लगाएका हुन्।उनले वाग्लेको भनाइबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्। वाग्लेले दिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै थापाले त्यसले नेपालको राष्ट्रियता र स्वाभिमानलाई कमजोर रूपमा प्रस्तुत गरेको आरोप लगाएका हुन्। वाग्लेको भनाइ के हो? भारतविरोधी भावनालाई राष्ट्रवादसँग जोड्ने समय सकियो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने पुरानो…

Read More

सुर्खेत । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय रमेश नाथको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ घरनजिकै बाटोमा खेलिरहेका बलबहादुर नाथका छोरा रमेशलाई स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले टाउकोमा ढुङ्गा प्रहार गरेका थिए। गम्भीर घाइते बालकलाई पिपल स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More