काठमाडौं – गृहमन्त्री रमेश लेखकले हालै चैत १५ गते तीनकुनेमा भएको घटनाबारे सरकारले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त घटनालाई ‘विध्वंसात्मक र संविधान विरोधी’ भन्दै आलोचना गरे। उनले भने, “त्यो घटना वर्तमान व्यवस्था र संविधानका विरुद्धमा लक्षित थियो। सरकारले कुनै पूर्वाग्रह नराखी निष्पक्ष ढंगले अनुसन्धान अघि बढाइरहेको छ।” गृहमन्त्री लेखकले सरकारको प्राथमिकता शान्ति, सुरक्षा र नागरिक अधिकार सुनिश्चित गर्नु भएको स्पष्ट पारे। “संविधान विरोधी तथा अराजक गतिविधि नियन्त्रण गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार प्रतिवद्ध छ,” उनले जोड दिए। उनले अप्रत्यक्ष रूपमा राजावादी धारलाई लक्षित गर्दै संविधानविपरीतका गतिविधिहरू…
तितो सत्य
काठमाडौं, वैशाख २५ – काठमाडौंको तीनकुने क्षेत्रमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहान करिब साढे ६ बजे पेप्सीकोलाबाट रत्नपार्कतर्फ गइरहेको सार्वजनिक बसले मोटरसाइकल र इभी भ्यानलाई ठक्कर दिएको थियो। दुर्घटनामा नुवाकोटकी २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिइन्। घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएकी तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। बस (नम्बर: बा ३ ख ७०६२) ले कोटेश्वर–तीनकुने सडकखण्डमा रहेको मुनीभैरव मन्दिरअगाडि मोटरसाइकल (बा प्र ०२–०५३ प ३८४७) र इभी भ्यान (बा प्र ०१–०२६ च २९२७) लाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक रामेछापका २७ वर्षीय…
काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा चाँडै नियुक्ति गर्न सरकारसँग आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्र बैंकको नेतृत्वविहीन अवस्थाले आर्थिक क्षेत्रमा अन्योलता बढाएको बताएका छन्। खतिवडाले धितोपत्र बोर्डसँग सम्बन्धित एक गम्भीर आरोप पनि सार्वजनिक गरे। उनका अनुसार आईपीओ (प्रथम सार्वजनिक निष्कासन) स्वीकृतिको सन्दर्भमा धितोपत्र बोर्डका अध्यक्षले कमीशन माग गर्न लगाएको विषय बाहिर आएको छ। उनले सरकारसँग तत्काल स्पष्ट र गम्भीर जवाफ दिन माग गरे। “धितोपत्र बोर्डको अध्यक्षको कमीशन प्रकरण बाहिर आएको छ, यसबारे सरकार जिम्मेवार भएर जवाफ दिनुपर्छ,” सांसद खतिवडाले भने। अन्तर्राष्ट्रिय विषयमा समेत टिप्पणी गर्दै उनले भारत–पाकिस्तानबीचको पछिल्लो तनावप्रति…
काठमाडौं – लामो समयदेखि बिखण्डन र आन्तरिक प्रतिस्पर्धाबाट गुज्रिरहेका राजावादी शक्तिहरू अन्ततः एउटै मोर्चामा उभिन सहमत भएका छन्। भोलि राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा संयुक्त जनआन्दोलन समितिको आयोजनामा साझा आन्दोलनको औपचारिक घोषणा गरिँदैछ। यो घोषणा विशेष यसकारण पनि मानिएको छ कि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन पहिलोपटक नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको कार्यक्रममा सहभागी हुन लागेका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै लिङदेनको सहभागीता पुष्टि गरेका छन्। “अध्यक्षज्यू भोलिको कार्यक्रममा सहभागी बन्नुहुन्छ। साझा कार्यक्रमको प्रारम्भिक खाका तयार भइसकेको छ,” उनले बताए। एकताको पृष्ठभूमि : प्रतिस्पर्धाबाट सहकार्यतर्फराजावादी विचारधारामा आधारित दल र समूहहरूले विगतमा आ-आफ्नै…
नयाँ दिल्ली – भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले पाकिस्तानविरुद्ध सञ्चालन गरेको हालको सैन्य कारबाहीलाई सावधानी, योजना र संवेदनशीलताको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। सीमा सडक संगठन (बीआरओ)को स्थापना दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै उनले सेनाको कार्यशैलीले सम्पूर्ण भारतीय जनतालाई गर्व गर्न सक्ने मौका दिएको बताए। सिंहले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा भारतीय सेनाले आफ्नो जिम्मेवारी अत्यन्तै व्यवस्थित ढंगले पूरा गर्यो। लक्ष्य निर्धारणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रिया सतर्कतापूर्वक सम्पन्न भयो।” उनका अनुसार सेनाले नागरिक क्षेत्रमा क्षति नहोस् भनेर उच्च सतर्कता अपनाएको थियो। “हामीले यस्ता ठाउँमा कारबाही गर्यौं, जहाँ निर्दोष मानिसहरू नरहून् भन्ने सुनिश्चित गरियो,” सिंहले प्रस्ट पारे। सिंहले भारतीय सेनाको…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमालेको मिलनबाट बनेको वर्तमान गठबन्धन सरकारको स्थायित्वमा जोड दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै श्रेष्ठले सरकार अस्थिर हुनु देशको हितमा नहुने स्पष्ट पारे। उनले भने, “नेपाली राजनीतिमा विचार र कार्यशैलीमा ठूला भिन्नता राख्ने दुई मुख्य दल कांग्रेस र एमाले एउटै ठाउँमा आएर सरकार चलाइरहेका छन्। यस्तो असामान्य मिलनलाई हामीले असफल होस् भनेर हेर्नुहुँदैन। यो सरकार ढल्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो। यदि संकट आयो भने रास्वपा आवश्यक सहयोग गर्न तयार छ।” श्रेष्ठले सरकारको स्थायित्वका लागि राष्ट्रिय एकता र…
भारतले गए राति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर क्षेत्रमा सैन्य कारवाही गर्दै ‘अपरेसन सिन्दूर’ सञ्चालन गरेको छ। यस हवाई कारवाहीमा परी २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो। पाकिस्तानी पक्षका अनुसार, आक्रमण बुधबार बिहान करिब १ बजेपछि भएको थियो। भारतीय वायु सेनाले विभिन्न स्थानमा लक्षित हवाई प्रहार गरेको दाबी गरिएको छ। आक्रमणपछि पाकिस्तानी सेनाले जवाफी कारवाही गर्दै पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी पनि गरेको छ, यद्यपि भारतले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। भारतले उक्त कारवाहीलाई ‘आत्मरक्षाको अधिकार’ अन्तर्गत भन्दै उचित ठहर्याएको छ। केही दिनअघि भारतीय…
लामो संक्रमणकाल, असफल राजनीतिक नेतृत्व, र गणतन्त्रको नाममा फैलिएको भ्रष्टाचारले आज मुलुक चौतर्फी संकटको चपेटामा परेको देखिन्छ। दशकौंदेखि परिवर्तनका संवाहक भनेर चिनिएका दलहरू स्वयं जनआक्रोशको केन्द्रमा परेका छन्। देशभित्र शासनसत्ता सञ्चालनमा असक्षमता र विदेशी हस्तक्षेपको वर्चस्वले राष्ट्रिय स्वाधीनताको प्रश्न गम्भीर बन्दै गएको छ। राजनीतिक रूपमा निर्णायक मानिने दलहरू आफ्नै नेतृत्वमा असमर्थ देखिँदै जाँदा देशको सन्तुलन कायम राख्न सक्ने वैकल्पिक शक्तिको खोजी हुन थालेको छ। यसैबीच, पूर्वराजसंस्थाप्रति आम नागरिकमा चासो र आकर्षण पुनः जागृत भएको संकेत देखिन थालेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, राष्ट्रनिर्माण, राष्ट्रिय एकता र स्वतन्त्रता जोगाउने विषयमा विगतमा राजसंस्थाले निर्वाह गरेको भूमिका सम्झँदै आजको अप्ठ्यारो घडीमा जनताले फेरि एउटा…
नयाँ दिल्ली, वैशाख २४ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा भारतीय सशस्त्र बलले बुधबार बिहान ‘अपरेसन सिन्दूर’ नामक सैन्य कारबाही सञ्चालन गरेको छ। यस अपरेसनमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओजेके) मा रहेका नौ ‘आतंकवादी’ अखडाहरूलाई लक्षित गरी हवाई आक्रमण गरिएको छ। समाचार संस्था एएनआई र टाइम्स अफ इन्डियाका अनुसार, यो कारबाही पहलगाममा भएको आतंकवादी हमलाको प्रतिकारस्वरूप गरिएको हो, जहाँ २६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित युद्ध नियन्त्रण कक्षबाट रातभर अभियानको निगरानी गरेका थिए। उनीसँग रक्षाप्रमुख, गुप्तचर अधिकारीहरू तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल निरन्तर सम्पर्कमा थिए। सरकारी स्रोतका अनुसार, भारतीय सेनाले नौ स्थानमा…
काठमाडौं — राजसंस्था समर्थक तथा वैदिक सनातन अधिराज्य पुनःस्थापनाका पक्षधर डा. जगमान गुरुङले आउँदो २०८२ साल जेठ १५ गते नेपालमा गणतन्त्रको अन्त्य भई पूर्वराजा ज्ञानेन्द्र शाह पुनः गद्दी आरोहण गर्ने दाबी गरेका छन्। संयुक्त जनआन्दोलन संघर्ष समितिका सल्लाहकारसमेत रहेका गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै, “जनताले राजाको आवश्यकता तीव्र रूपमा महसुस गर्न थालेका छन्,” भन्दै राजसंस्था फर्किनु समयको माग भएको बताएका हुन्। उनका अनुसार, पूर्वराजा ज्ञानेन्द्रले स्वेच्छाले जनताको नासो जनतालाई सुम्पे पनि अब त्यो जिम्मेवारी पुनः राजामै फर्काउनुपर्ने समय आएको छ। गुरुङले भने, “श्री ५ ज्ञानेन्द्रले हाँस्दै दरबार छोडेर जनतालाई नासो हस्तान्तरण गर्नुभयो, तर हामी त्यो नासो धान्न…