काठमाडौं, २८ असोज। काठमाडौंको कलङ्कीमा भएको कुटपिटमा परी १८ वर्षीय रोशन पाख्रिनको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज अपराह्न भएको विवादले कुटपिटको रूप लिएपछि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन गम्भीर घाइते भएका थिए।
बेहोस अवस्थामा रहेका उनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनामा पक्राउ परेका तीन जनामध्ये दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।