तितो सत्य

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा घाइते भएका १८ वर्षीय युवा कृष्ण कुमार (रोहन हंङ्क)नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को कार्यकारिणी सदस्यमा मनोनित भएका छन्। आन्दोलनका क्रममा प्रतिनिधिसभा भवन अगाडि गोली लागेर गम्भीर घाइते भएका रोहनको शरीरमा अहिले पनि तीनवटा गोलीका छर्रा रहेको बताइएको छ। रोहन जेन्जी आन्दोलनका क्रममा २३ गते प्रतिनिधिसभा भवन अगाडि गोली लागेर घाइते हुने प्रारम्भिक युवामध्ये एक हुन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेपछि उनको कुममुनि गोलीका तीनवटा छर्रा अड्किएको र उपचारका क्रममा सबै छर्रा निकाल्न नसकिएको बताइएको छ। कम उमेरमै राज्य र व्यवस्थासँग सम्बन्धित मुद्दामा सडकमा उत्रिएका सुनार केवल आन्दोलनका घाइते युवा…

Read More

काठमाडौं, भदौ २१। ऐतिहासिक जेन्जी विद्रोहका क्रममा घाइते भई नेपाल सरकारबाट आधिकारिक घाइते परिचयपत्र प्राप्त गरेका नागरिकहरूको साझा संस्था ‘घाइते जेन्जी नेपाल’ ले आफ्नो केन्द्रीय कार्यालय स्थापना गर्दै संगठनलाई औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गराएको छ। काठमाडौंको बबरमहलस्थित सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा स्थापना गरिएको कार्यालयको बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहपछि गृह मन्त्री सुधन गुरुङ ले पनि कार्यालयको अवलोकन गर्दै संस्थाका पदाधिकारी तथा घाइतेहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च अधिकारी, शहीद परिवारका प्रतिनिधि,…

Read More

जनकपुरधाम, साउन १८। धर्मनिरपेक्षता खारेजी अभियानले सुनसरीदेखि जनकपुरसम्म हालै भएका हिंसात्मक तथा दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशव्यापी रूपमा शोकसभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ। अभियानले जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएका सनातनी समुदायका दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्ति र अमरत्वको कामना गर्ने उद्देश्यले विभिन्न जिल्ला तथा स्थानीय तहमा शोकसभा सञ्चालन गरिने उल्लेख गरिएको छ। अभियानका अनुसार शोकसभाहरू पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित तथा श्रद्धाञ्जलीमा केन्द्रित हुनेछन्। कार्यक्रममार्फत दिवंगतहरूको सम्झनामा मौनधारण, श्रद्धाञ्जली अर्पण तथा सामाजिक एकताको सन्देश प्रवाह गरिने जनाइएको छ। विज्ञप्तिमा पछिल्लो समय विभिन्न स्थानमा देखिएका घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र पारस्परिक विश्वासमा चुनौती सिर्जना…

Read More

काठमाडौं, साउन १७ — सरकारले संघीय संसद्मा दर्ता गरेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबाटै संशोधन प्रस्ताव दर्ता भएपछि विधेयक थप बहसको केन्द्रमा पुगेको छ। विधेयकमाथि विभिन्न दलका १४ जना सांसदले कुल ७८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। संशोधन प्रस्ताव दर्ता गर्नेमा रास्वपाका क्रान्तिशिखा धिताल, लिमा अधिकारी (आचार्य), रन्जु न्यौपाने, सुशील खड्का, नितिमा भण्डारी (कार्की) र डा. तोसिमा कार्की रहेका छन्। यस्तै नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ, रेनुका काउँचा र गंगालक्ष्मी अवाल, नेकपा (एमाले) का कृपाराम राना र गुरुप्रसाद बराल, तथा नेपाल कम्युनिस्ट पार्टीका गणेशबहादुर विश्वकर्मा र परशुराम तामाङ ले पनि संशोधन…

Read More

काठमाडौं । भ्रष्टाचार, नातावाद, कृपावाद, जातिवाद, अहंकार र तानाशाही प्रवृत्तिको अन्त्य गर्दै सुशासन स्थापनाको मागसहित भएको भदौ २३–२४ को जेन्जी जनविद्रोहका शहीद परिवार तथा घाइतेहरूले अझैसम्म न्याय, सम्मान र राज्यको उचित सम्बोधन नपाएको गुनासो गरेका छन्। आन्दोलनका क्रममा सयौंले ज्यान गुमाएको, हजारौं घाइते भएको तथा राज्यको बेथिति अन्त्यका लागि जीवनको पर्वाह नगरी सडकमा उत्रिएका नागरिकप्रति सरकारले अपेक्षित संवेदनशीलता नदेखाएको उनीहरूको आरोप छ। घाइते तथा शहीद परिवारका अनुसार आन्दोलनमा सहभागी धेरै व्यक्तिहरू अहिले पनि शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक समस्यासँग जुधिरहेका छन्। उनीहरूका भनाइअनुसार राज्यबाट अपेक्षित सहयोग, उपचार, पुनःस्थापना तथा सम्मान नपाउँदा धेरै घाइते मानसिक तनाव र अवसाद (डिप्रेसन) को अवस्थासम्म…

Read More

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार यस दिन सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो। नयाँ मूल्यअनुसार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा हुने भएको छ। अघिल्लो कारोबार दिन यही सुनको मूल्य २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम रहेको थियो। यससँगै एकै दिनमा सुनको मूल्यमा उल्लेख्य कमी आएको देखिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी मंगलबार १३५ रुपैयाँ घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार…

Read More

वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले कार्यस्थलको सुरक्षा, चिकित्सकमाथि भएको आक्रमण तथा प्रशासनको व्यवहारप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन्। अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ भने देशभर पनि यसको असर देखिन थालेको छ। अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार करिब ७० चिकित्सकमध्ये झण्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले जानकारी दिए। चिकित्सकहरूले आफूहरूमाथि भएको कुटपिटको घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही हुनुपर्ने, साथै घटनापछि भएको प्रशासनिक व्यवहारको जिम्मेवारी लिँदै प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला…

Read More

सुनसरी, साउन १२ — सुनसरी जिल्लाका केही क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश हटाइएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार बिहानदेखि कर्फ्यू हटाउने निर्णय गरेसँगै स्थानीय बासिन्दाले सहज रूपमा आवतजावत गर्न थालेका छन् भने बजार, यातायात तथा दैनिक गतिविधिहरू पनि विस्तारै सञ्चालनमा आउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यू आदेश साउन १२ गते बिहान १२ः१५ बजेदेखि पूर्ण रूपमा हटाइएको हो। यसअघि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इनरुवा नगरपालिका–३ र ६ नम्बर वडाको सीमाअन्तर्गत पर्ने महेन्द्र राजमार्गको घोपाली…

Read More

काठमाडौं — प्रतिनिधिसभाको कार्यसम्पादन, प्रभावकारिता र गरिमाको समग्र मूल्याङ्कन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले सात बुँदे मापदण्डसहित संसद्को संस्थागत समीक्षा गर्न प्रस्ताव गरेका छन्। उनले संसद्ले सरकारको मात्र समीक्षा गर्ने नभई समय–समयमा आफ्नै कार्यसम्पादनको पनि मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आचार्यले सरकारको सय दिन पुगेपछि कार्यसम्पादन समीक्षा गर्ने परम्परा रहेको उल्लेख गर्दै संसद्ले पनि आफू कति प्रभावकारी रूपमा काम गरिरहेको छ भन्ने विषयमा आत्ममूल्याङ्कन गर्नुपर्ने बताए। संसद्प्रति नागरिकको अपेक्षा उच्च रहेकाले यसको कार्यक्षमता, जवाफदेहिता र विश्वसनीयता निरन्तर परीक्षण हुनुपर्ने उनको धारणा थियो। सात आधारमा संसद्को मूल्याङ्कन गर्ने प्रस्ताव सांसद आचार्यले संसद्को समीक्षा…

Read More

सुनसरी — सुनसरी जिल्लाको देवानगञ्ज क्षेत्रमा दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार आइतबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो। कर्फ्यु जारी गरिएका क्षेत्रहरूमा हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार तथा देवानगञ्ज बजार रहेका छन्। सुरक्षा अवस्था सामान्य नहुँदासम्म कर्फ्यु यथावत् रहने जनाइएको छ। घटना देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज क्षेत्रमा शनिबार राति करिब १०:३० बजे भएको हो। स्थानीय दुई समूहबीच भएको झडप उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको…

Read More