तितो सत्य

बादल राई अध्यक्ष घाईते जेन्जी नेपाल काठमाण्डौ । भदौ २३–२४ को जेन्जी जनविद्रोह नेपालको पछिल्लो राजनीतिक इतिहासको एउटा महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिन्छ। परिवर्तन, सुशासन र जवाफदेहिताको माग गर्दै हजारौं युवा सडकमा उत्रिएका थिए। त्यो आन्दोलनमा कतिपयले आफ्नो ज्यान गुमाए, सयौं घाइते भए र केही यस्ता पनि छन्, जो आजसम्म अस्पतालको शय्यामा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। तीमध्ये सबैभन्दा पीडादायी उदाहरण हुन् दौलत थापा। आन्दोलनका क्रममा गम्भीर घाइते भएका उनी भदौ २४ गतेदेखि अहिलेसम्म कोमाको अवस्थामा छन्। करिब १० महिनादेखि उनी होसमा फर्किन सकेका छैनन्। उनको अवस्था केवल एउटा बिरामीको कथा मात्र होइन, आन्दोलनपछि घाइतेहरूको अवस्था, राज्यको जिम्मेवारी र…

Read More

बादल राई चितवन , साउन २ गते। लगातार भइरहेको वर्षा र बाढी–पहिरोको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले आज (शनिबार) राति १०:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार धादिङसहित छिमेकी जिल्लाहरू तथा चितवनका विभिन्न स्थानमा वर्षा सुरु भइसकेको र मौसमविद्हरूले वर्षा अझै बढ्ने पूर्वानुमान गरेका छन्। रातिको समयमा यात्रा गर्दा बाढी, पहिरो तथा सडक अवरोधका कारण हुन सक्ने सम्भावित दुर्घटना र मानवीय क्षतिलाई न्यून गर्न यो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार आज राति १०:०० बजेदेखि अर्को सूचना…

Read More

काठमाडौं। कुनै पनि राष्ट्रको इतिहास केवल राजनीतिक परिवर्तनले लेखिँदैन, त्यो परिवर्तनका लागि बगेको रगत, गुमाइएका जीवन, अधुरा बनेका सपनाहरू र न्यायको प्रतीक्षामा बाँचेका परिवारहरूको पीडाले इतिहासको वास्तविक अनुहार कोर्छ। नेपालमा सुशासन, भ्रष्टाचारको अन्त्य, नातावाद, कृपावाद, जातिवाद, दलाली, सत्ता–अहंकार र निरंकुश प्रवृत्तिको अन्त्यको माग गर्दै सडकमा उत्रिएको भदौ २३–२४ को जेन्जी जनविद्रोह पनि यस्तै एउटा ऐतिहासिक मोडका रूपमा स्मरण गरिन्छ। त्यो जेन्जी जनबिद्रो कुनै राजनीतिक दलको कार्यक्रम मात्र थिएन। त्यो जेन्जी जनबिद्रो हजारौं युवाको सपना थियो, परिवर्तनको उद्घोष थियो र अन्यायविरुद्ध उठेको एउटा पुस्ताको विद्रोह थियो। कसैले जागिर छाडे, कसैले पढाइ बिर्सिए, कसैले परिवारको विरोध सहे, कसैले आफ्नो व्यवसाय छाडे। तर…

Read More

कृष्ण सुनार काठमाण्डौं । सन् २०२६ को विश्वकपमा उपाधि यात्राबाट बाहिरिएका दुई युरोपेली शक्ति फ्रान्स र इङ्गल्याण्ड अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्। आज राति नेपाली समयअनुसार २:४५ बजे हुने खेलमा दुवै टोलीले कम्तीमा सम्मानजनक समाप्तिका लागि मैदान उत्रनेछन्। तेस्रो स्थानको खेललाई विश्व फुटबलमा प्रायः कम आकर्षक मानिने प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिन्छ। उपाधि जित्ने सपना सेमिफाइनलमै समाप्त भएपछि दुवै टोलीका लागि यो खेल उत्साहभन्दा पनि निराशाबीचको अन्तिम चुनौती बनेको छ। फ्रान्स प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको थियो। धेरै विश्लेषकले उसलाई उपाधिको बलियो दाबेदारसमेत मानेका थिए। तर सेमिफाइनलमा स्पेनको संगठित र प्रभावशाली खेलअघि फ्रान्स टिक्न सकेन। २–० को हारसँगै…

Read More

काठमाडौं । देशभरका विभिन्न अस्पतालमा कार्यरत इन्टर्न चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय (रेसिडेन्ट) चिकित्सकहरूले आफूहरूमाथि भइरहेको श्रम शोषणको अन्त्य र श्रम अधिकारको सुनिश्चितताको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण विरुद्धको संघर्ष समिति’ को नेतृत्वमा भएको प्रदर्शनमा सहभागी चिकित्सकहरूले लामो समयदेखि अत्यधिक कार्यभार, अपर्याप्त सेवा–सुविधा र श्रम ऐनविपरीत काम गर्न बाध्य पारिएको भन्दै सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनकारी चिकित्सकहरूको भनाइअनुसार अस्पतालहरूमा इन्टर्न तथा आवासीय चिकित्सकलाई दैनिक १२ घण्टाभन्दा बढी र सातामा ७२ घण्टाभन्दा धेरै समयसम्म निरन्तर ड्युटी गर्न लगाइने गरिएको छ, जसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रतिकूल…

Read More

अब हामी मौनताको इतिहास लेख्दैनौँ,अब हामी डरको भाषा बोल्दैनौँ।अन्यायको पर्खाल अग्लो होला,तर हाम्रो विश्वास त्योभन्दा अझ उचो छ। हामी हातमा प्लेकार्ड मात्र बोकेर आएका होइनौँ,हामी हजारौँ सपनाको आवाज बोकेर आएका हौँ।हामी मुठीमा रिस होइन,सत्यको साहस बाँधेर सडकमा उभिएका हौँ। हाम्रो रगतमा देश बग्छ,हाम्रो पसिनामा भविष्य पलाउँछ।यो माटो बेच्नेहरूका लागि होइन,यो माटो बचाउनेहरूका लागि हामी लडिरहेका छौँ। भ्रष्टाचारको कालो रातजति गाढा भए पनि,एक दिन सत्यको बिहानीअवश्य उदाउँछ भन्ने विश्वासहाम्रो हरेक पाइला भित्र जीवित छ। हामी कुर्सी खोज्न निस्किएका होइनौँ,हामी न्याय खोज्न निस्किएका हौँ।हामी सत्ता ढाल्न होइन,व्यवस्था सच्याउन उठेका हौँ।किनकि देश केवल भवन र सीमाले बन्दैन,देश त जनताको सम्मान र न्यायले बन्छ।…

Read More

अनिल कुमार यादव । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा विकास निर्माण, धार्मिक कार्यक्रम तथा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको आरोप सार्वजनिक भएपछि स्थानीय तहमा तरंग उत्पन्न भएको छ। गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले नै सार्वजनिक रूपमा भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बन्धित निकायसँग निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेकी छन्। उपाध्यक्ष देवीका अनुसार गाउँपालिकाबाट सञ्चालित विभिन्न योजना तथा कार्यक्रमहरूमा सार्वजनिक स्रोत–साधनको दुरुपयोग भएको आशंका गरिएको छ। धार्मिक कार्यक्रम तथा मन्दिर पूजाका नाममा नक्कली बिल तथा भरपाई तयार गरी सरकारी रकम खर्च गरिएको, विकास निर्माण योजनाहरूमा गुणस्तरहीन काम गराई वास्तविक लागतभन्दा बढी रकमको भुक्तानी गरिएको…

Read More

देशका विभिन्न क्षेत्रमा निरन्तर भइरहेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था सिर्जना भएको छ भने सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डहरूमा पहिरो खस्ने, खोलामा पानीको बहाव बढ्ने तथा सडक भासिने समस्या देखिएको छ। कतिपय स्थानमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ भने केही सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्। कोशी प्रदेशमा धेरै सडक प्रभावित कोशी प्रदेशअन्तर्गत मेची राजमार्गका इलामको राजदुवाली क्षेत्र र ताप्लेजुङको खोक्से खोलानजिक पहिरो तथा…

Read More

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) हरूका लागि नेपालमा बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई अनुरोध गरेको छ। मन्त्रालयले नेपाल सरकारको मन्त्रिपरिषद्को २०८१ जेठ २४ गतेको निर्णय तथा २०८१ असार १० गते नेपाल राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्दै राष्ट्रिय परिचयपत्र नभएका गैरआवासीय नेपालीको हकमा कानूनी रूपमा मान्य अन्य परिचयपत्रका आधारमा ग्राहक पहिचान (KYC) गरी बैंक खाता खोल्ने व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको हो। परराष्ट्र मन्त्रालयका अनुसार हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका नेपाली नागरिक तथा गैरआवासीय नेपाली परिचयपत्र (NRN ID Card) प्राप्त गरेका नेपाली…

Read More

रौतहटमा एक २८ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्। जिल्लाको गरुडा नगरपालिका–९, गमरिया टोल निवासी गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजेतिर आफूले प्रयोग गरिरहेको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गम्भीर अवस्थामा रहेका सहनीलाई स्थानीयवासी तथा परिवारको सहयोगमा तत्काल गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। प्रहरीका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। घटनाको कारण भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि…

Read More