
ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरेका छन् ।