रौतहट, १३ कात्तिक । रौतहटमा ट्र्याक्टर र मोटरसाइकलबीच भएको दुर्घटनामा नेपाल प्रहरीका एक जवानको ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्। फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा बिहीबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार साँझ करिब ६ः३० बजे दुधिअवाबाट बालचनपुरतर्फ गइरहेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गुजरा नगरपालिका–४ पोखरभिण्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी र पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्का घाइते भएका थिए। इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा कार्यरत…
तितो सत्य
काठमाडौं । नेपाली कांग्रेसले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमा प्रहरी परिचालन गर्ने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। कांग्रेसका अनुसार पत्रकारमाथि गैरकानुनी रूपमा पक्राउ तथा अनावश्यक धरपकड गर्ने गतिविधि तत्काल रोकिनुपर्छ। जनदबाबपछि पत्रकार रिहा गर्नुभन्दा कानुनी प्रक्रिया मिचेर गरिने पक्राउ र दुःख दिने कार्य नै अन्त्य गर्नुपर्ने पार्टीको माग छ। विज्ञप्तिमा कांग्रेसले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाहीकालीन निरंकुशताको झल्को दिएको जनाएको छ। विगतमा पनि सत्तामाथि प्रश्न…
बारा, १३ कात्तिक । बारामा प्रहरीले ४ दशमलव ५१ ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–५ का २२ वर्षीय विशाल सहनी र २६ वर्षीय रोशन कुशवाहा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई विश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट पक्राउ गरेको हो। भारतबाट नेपाल प्रवेश गर्दै गरेको ना.१२ प ३७१६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा अगाडिको भाइजरभित्र लुकाएर राखिएको प्लास्टिकको पुडियामा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधको तौल ४ दशमलव ५१ ग्राम रहेको…
परवानीपुर । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्यांकर, विद्युतीय हाइस र मोटरसाइकलबीच ठक्कर भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ गइरहेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकरमा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस ठोक्किएको थियो। त्यसलगत्तै हाइसको पछाडिबाट आइरहेको अनटेस्ट मोटरसाइकल पनि दुर्घटनामा परेको थियो। दुर्घटनामा ट्यांकर चालक जितपुरसिमरा–१६ पिलुवाका ५० वर्षीय चेतनाथ खरेल र हाइस चालक पोखरा महानगरपालिका–५ का ३८ वर्षीय आशिष मल्लसहित १० जना घाइते भएका छन्। घाइते हुने अन्यमा वीरगञ्ज महानगरपालिका–२…
प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी र बूढीगण्डकी करिडोरमा भएको विपद् प्रतिकार्यको अनुभवका आधारमा त्यस्तो बेला स्पष्ट जिम्मेवारीसहित छोटो ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको बताउनुभएको छ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिमा उहाँले विपद् प्रतिकार्यमा विगतको तुलनामा यसपटक समन्वयमा केही सुधार भए पनि अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानसेनापति सिग्देलले विपद्को प्रकृति र जिम्मेवारीअनुसार ‘क्याटोगोरी’ छुट्याएर स्पष्ट गर्नुपर्ने तथा लामो ‘चेन अफ कमाण्ड’ले प्रतिकार्यमा ढिलाइ हुने भएकाले छरितो कमाण्ड संरचना आवश्यक रहेको बताउनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ ले विभिन्न निकायलाई समन्वयकारी भूमिका दिए पनि आपतकालीन…
प्रधानमन्त्रीको निर्देशनपछि रिहा काठमाडौं । समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएका सबै पत्रकार रिहा भएका छन्। सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत नियन्त्रणमा रहेका सबै पत्रकारलाई मुक्त गरिएको जानकारी दिएका हुन्। उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिता लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधार भएको बताएका छन्। शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए अनलाइनका प्रधानसम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। समाचार प्रकाशनसँग सम्बन्धित विषयलाई लिएर पत्रकारहरू पक्राउ परेपछि पत्रकार महासंघ, विभिन्न सञ्चारमाध्यम, राजनीतिक दल तथा नागरिकस्तरबाट सरकारको कदमको व्यापक आलोचना भएको थियो। घटनाले प्रेस स्वतन्त्रतामाथि…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचार प्रकाशनको विषयलाई आधार बनाएर पत्रकारलाई पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रहरीको यस्तो कार्यशैली तत्काल रोक्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिइएको तथा नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेको घटनालाई उल्लेख गर्दै परियारले प्रहरीको व्यवहारलाई ‘पुलिस स्टेट’ अर्थात् प्रहरी शासनतर्फ उन्मुख प्रवृत्तिको संज्ञा दिएका छन्। संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको रक्षा गर्नु सरकारको जिम्मेवारी भए पनि पछिल्ला घटनामा देखिएको प्रहरीको कार्यशैली लोकतान्त्रिक…
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सिँचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणसम्बन्धी १०२ वटा ठेक्का बोलपत्र आह्वान भएका छन्। जलस्रोत तथा सिँचाइ विभागका अनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनामार्फत ती बोलपत्र अघि बढाइएको हो। विभागले सार्वजनिक गरेको विवरणअनुसार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको करिब २० अर्ब ८५ करोड रुपैयाँ लागत अनुमान रहेको एउटा प्याकेजबाहेक बाँकी १०१ वटा बोलपत्रको कुल अनुमानित लागत ३ अर्ब ६३ करोड ६२ लाख रुपैयाँ छ। विभागका महानिर्देशक दिनेश रजौरियाले आर्थिक वर्षको प्रारम्भदेखि नै खरिद प्रक्रिया अगाडि बढाइएकाले यस वर्ष निर्माण…
काठमाडौं । समाचार कक्षबाटै प्रहरी नियन्त्रणमा लिइएका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे तीन घण्टापछि रिहा भएका छन्। शुक्रबार साँझ समाचार लेखेको विषयलाई लिएर प्रहरीले सुवेदीलाई सञ्चारमाध्यमको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो। प्रहरी नियन्त्रणमा रहेका सुवेदीलाई साढे तीन घण्टापछि रिहा गरिएको हो। समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई समाचार कक्षबाटै पक्राउ गरिएको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपबारे बहस चर्किएको छ।
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई प्रहरीले नियन्त्रणमा लिने तथा खोजी गर्ने क्रम बढेको छ। शुक्रबार डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट फोन गरी बोलाइएको थियो। सुरुमा ईसेवा स्क्यामसम्बन्धी विषयमा छलफल गर्नुपर्ने भन्दै कार्यालयमा उपस्थित हुन भनिएको र पछि उनलाई साँझसम्म त्यहीँ बस्नुपर्ने जानकारी दिइएको त्यहाँ कार्यरत एक पत्रकारले बताएका छन्। यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। समाचारमा प्रकाशित विषयमा छलफल गर्नुपर्ने भन्दै सुवेदीलाई प्रहरी कार्यालय लगिएको नेपाल प्रेसले जनाएको छ। त्यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी टोली उक्त सञ्चारमाध्यमको कार्यालय पुगेको…