तितो सत्य

कबिराज निरिक्षक दिलिप कुमार झाको विशेष पहलमा सञ्चालित शिविरमा विशेषज्ञ उपचार, नि:शुल्क औषधि, पञ्चकर्म सेवा र योग थेरापी प्रदान रौतहट, असार २० — ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित दुर्गा भगवती गाउँपालिकाले सञ्चालन गरेको नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट ७७५ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गाउँपालिकाको आयोजनामा तथा आधारभूत अस्पताल पिपरामा कार्यरत आयुर्वेद चिकित्सक कबिराज निरिक्षक दिलिप कुमार झा को विशेष पहल, समन्वय र सक्रियतामा सञ्चालन भएको शिविरले स्थानीय नागरिकलाई आफ्नै पालिकाभित्र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो। गाउँपालिकाका विभिन्न वडाबाट आएका सेवाग्राहीलाई आयुर्वेद विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, रोग पहिचान, उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि…

Read More

काठमाडौं, असार २० — चालु आर्थिक वर्षको सुरुआतसँगै नेपालमा प्राकृतिक तथा विपदजन्य घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको देखिएको छ। विशेषगरी मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, सर्पदंश, हावाहुरी तथा आगलागीका घटनाले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार वैशाख १ गतेदेखि असार १९ गतेसम्म देशभर २ हजार ७२१ वटा विपदजन्य घटना दर्ता भएका छन्। ती घटनामा परी १२७ जनाले ज्यान गुमाएका छन् भने ७७३ जना घाइते भएका छन्। यस अवधिमा ३ हजार ७२२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रभावित परिवारमध्ये कतिपयले घर, अन्नबाली, पशुचौपाया तथा दैनिक जीविकोपार्जनका…

Read More

जनकपुरधाम, असार १९। मधेश प्रदेश सरकारले प्रदेशमै क्यान्सर उपचार सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि हालसम्म प्रदेशबाहिर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले आगामी आर्थिक वर्षभित्र प्रदेशमै क्यान्सर अस्पताल स्थापना गरी सेवा सञ्चालन गर्ने योजना अघि बढाइएको सरकारले जनाएको छ। प्रदेश सरकारले यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको बताएको छ। धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा स्वास्थ्य निर्देशनालयद्वारा आयोजित तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा सम्पन्न स्वास्थ्य प्रवर्द्धन तथा सञ्चार–पैरवीसम्बन्धी एकदिने कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले स्वास्थ्य क्षेत्रको सुधार प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए। उनले क्यान्सरजस्ता नसर्ने रोगको बढ्दो जोखिमलाई मध्यनजर गर्दै प्रदेशमै…

Read More

रौतहट। सुशासन, भ्रष्टाचार, नातावाद, कृपावाद, जातिवाद तथा राज्य व्यवस्थामा देखिएका विकृतिविरुद्ध भएको २०८२ साल भदौ २३–२४ गतेको ऐतिहासिक जनविद्रोहले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको थियो। उक्त आन्दोलनका क्रममा राज्यले अर्बौं होइन, खर्बौं रुपैयाँ बराबरको धनमालको क्षति व्यहोर्नुपरेको, सयौं नागरिकले ज्यान गुमाएको तथा करिब २,७०० जना आन्दोलनकारी घाइते तथा अंगभंग भएको उल्लेख गरिन्छ। आन्दोलनको मूल उद्देश्य सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्नु थियो। यसै आन्दोलनमा घाइते भई नेपाल सरकारबाट घाइते परिचयपत्र प्राप्त गरेका रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरी निवासी शिवम कुमार झालाई रोजगारी प्रदान गर्दै दुर्गा भगवती गाउँपालिकाले आन्दोलनमा सहभागी घाइतेप्रति सम्मान व्यक्त गरेको स्थानीयहरूको भनाइ छ। यस…

Read More

रौतहट। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले रौतहटमा वडा–स्तरसम्म संगठन विस्तार, कार्यकर्ता सशक्तीकरण तथा पार्टी शुद्धीकरण अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत आयोजित वडा–स्तरीय प्रशिक्षण तथा पार्टी शुद्धीकरण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य, पूर्वमन्त्री, रौतहट निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्व संविधानसभा सदस्य अनिल कुमार झा प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले पार्टीलाई आगामी निर्वाचनका लागि थप सुदृढ, अनुशासित र जनउत्तरदायी बनाउन वडा तहदेखि नै संगठन बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र जनताप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै घरदैलो अभियानलाई प्रभावकारी बनाउन आग्रह…

Read More

शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता र धर्मनिरपेक्षतामाथि व्यापक छलफल; खर्चिलो संरचनाको विकल्प खोज्नुपर्ने मत बलियो, राष्ट्रिय सहमतिबाट मात्रै संशोधन गर्नुपर्नेमा जोड काठमाडौं। संविधान जारी भएको एक दशकपछि सरकारले अघि बढाएको संविधान संशोधनको प्रक्रियाले देशव्यापी बहस सिर्जना गरेको छ। राजनीतिक दल, संविधानविद्, पूर्वपदाधिकारी, कानुन व्यवसायी, नागरिक समाज, निजी क्षेत्र तथा सर्वसाधारणबाट सुझाव संकलन भइरहेको अवस्थामा संविधानका मूलभूत व्यवस्थामाथि पुनर्विचार गर्ने कि कार्यान्वयनमा देखिएका कमजोरी मात्रै सुधार गर्ने भन्ने विषय अहिले राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। सरकारले संविधान कार्यान्वयनका क्रममा देखिएका कानुनी, प्रशासनिक तथा राजनीतिक जटिलतालाई सम्बोधन गर्ने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाएको जनाएको छ। कार्यदलले हजारौं नागरिकबाट सुझाव प्राप्त भएको र…

Read More

पूर्वाधार विकास, आवास, स्वास्थ्य सेवा र जनतासँगको निरन्तर सम्पर्कले फरक पहिचान बनाउँदै मधेशका स्वास्थ्य मन्त्री रौतहट। लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिको वास्तविक मूल्यांकन उनी निर्वाचित भएपछि गर्ने काम, जनतासँगको सम्बन्ध र विकासप्रतिको प्रतिबद्धताले निर्धारण गर्छ। निर्वाचनअघि जनताको घरदैलोमा पुग्ने तर निर्वाचित भएपछि पाँच वर्षसम्म जनताबाट टाढा रहने प्रवृत्तिमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ। यस्तै परिवेशमा रौतहट निर्वाचन क्षेत्र नं. १ (क) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साह भने निरन्तर जनतामाझ रहने नेताका रूपमा परिचित बन्दै गएको उनका समर्थकहरूको दाबी छ। स्थानीयवासीका अनुसार मन्त्री साह आफ्नो निर्वाचन क्षेत्र मात्र होइन, समग्र रौतहट…

Read More

१८ असार — नेपाली कांग्रेसका वरिष्ठ नेताहरूबीच बुधबार राजधानीस्थित नेता विमलेन्द्र निधिको निवासमा अनौपचारिक भेटवार्ता भएको छ। भेटमा नेता विमलेन्द्र निधि, उपसभापति प्रकाशमान सिंह तथा नेता डा. शशांक कोइरालाले समसामयिक राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी १५औँ महाधिवेशनको तयारीका विषयमा विस्तृत छलफल गरेका छन्। छलफलमा सहभागी नेताहरूले कांग्रेसभित्र देखिएका मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै आगामी महाधिवेशनलाई पार्टी एकताको आधार बनाइनुपर्नेमा जोड दिएका छन्। उनीहरूको धारणा अनुसार महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई संगठनलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरिनुपर्ने आवश्यकता औँल्याइएको छ। बैठकमा पार्टीभित्र संस्थापन र इतर समूहबीच देखिएको दूरी कम गर्न नेतृत्वले समावेशी भूमिका निर्वाह…

Read More

रौतहट। यमुनामाई गाउँपालिका–२ मा निर्माणाधीन सडक ढलान कार्यको गुणस्तरमाथि प्रश्न उठेपछि उक्त काम अस्थायी रूपमा रोकिएको छ। स्थानीयवासीको गुनासो तथा स्थलगत अनुगमनपछि वडाअध्यक्ष सीताराम यादव ले निर्माण कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएका हुन्। मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय, रौतहटमार्फत सञ्चालन भइरहेको राजमार्गदेखि तुल्सी इनारसम्मको सडक स्तरोन्नति योजनामा प्राविधिक मापदण्ड पूर्ण रूपमा पालना नगरिएको आरोप स्थानीयवासीले लगाएका छन्। उनीहरूका अनुसार योजना सञ्चालनअघि स्थानीय तहमा पर्याप्त जानकारी नदिइएको, सार्वजनिक सूचना प्रभावकारी रूपमा प्रकाशन नगरिएको तथा सरोकारवालासँग आवश्यक समन्वय नगरी निर्माण प्रक्रिया अघि बढाइएको हो। निर्माणस्थलको निरीक्षणका क्रममा सडकको आधार तह (बेस) पर्याप्त रूपमा तयार…

Read More

काठमाडौं । संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित भएको छ। प्राविधिक समस्या उत्पन्न भएसँगै संसद् सचिवालयले नियमित रूपमा सञ्चालन गर्दै आएको युट्युबमार्फत बैठकको लाइभ प्रसारण गर्न नसकेको हो। चार दिनको अन्तरालपछि बसेको प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध हुँदा संसद्का गतिविधि प्रत्यक्ष रूपमा हेर्न चाहने नागरिक, सञ्चारमाध्यम तथा सरोकारवालाले बैठकको कार्यवाही तत्काल अवलोकन गर्न पाएनन्। संसद् सचिवालयले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरेको जनाइएको भए पनि समाचार तयार पार्दासम्म सेवा पूर्ण रूपमा सुचारु हुन सकेको थिएन। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विभिन्न पत्र तथा जानकारी सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची…

Read More