काठमाडौं । सरकार सञ्चालन, सार्वजनिक सेवा प्रवाह, संवेदनशील राष्ट्रिय मुद्दा तथा संवैधानिक निकायहरूको भूमिकासहित विभिन्न समसामयिक विषयमा सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच विस्तृत छलफल भएको स्रोतले जनाएको छ। चितवनमा सम्पन्न पार्टीको महाधिवेशनपछि पहिलोपटक भएको लामो भेटवार्तामा सरकारको कार्यसम्पादन, जनअपेक्षा, प्रशासनिक निर्णय, मन्त्रीहरूको जिम्मेवारी, प्रधानमन्त्रीको सचिवालय, संविधान संशोधन प्रक्रिया, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिका सम्बन्धी विषयहरू उठाइएको स्रोतको दाबी छ। सुकुम्बासी व्यवस्थापनमा गम्भीर समीक्षा छलफलको पहिलो एजेन्डा काठमाडौं उपत्यकासहित विभिन्न स्थानका सुकुम्बासीहरूको व्यवस्थापनसँग सम्बन्धित थियो। हतारमा गरिएको स्थानान्तरणपछि वैकल्पिक बसोबासको उचित व्यवस्था हुन नसक्दा सरकारमाथि आलोचना बढेको भन्दै यसलाई प्राथमिकताका साथ…
तितो सत्य
काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न विवाद र जनआक्रोशका बीच नेपाल सरकार, काठमाडौं महानगरपालिका र मृतकका परिवारबीच आइतबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ। सहमतिअनुसार सरकारले गठन गर्ने उक्त समितिले सात दिनभित्र घटनाबारे अध्ययन गरी आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ। प्रतिवेदनमा उल्लेख हुने निष्कर्ष र सिफारिसका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक निर्णयहरू अगाडि बढाइने जनाइएको छ। घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरीमाथि पनि छानबिनको दायरा रहने भएको छ। प्रतिवेदन नआउञ्जेल उनीहरूलाई निलम्बन गर्न सरकारको तर्फबाट काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ। मृतक…
काठमाडौं — संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाएको छ। मोर्चाले उचित वैकल्पिक व्यवस्थापन नगरी विभिन्न स्थानबाट सुकुम्वासी बस्ती हटाइएको, विस्थापित परिवारलाई सुरक्षित आवासको व्यवस्था नगरिएको तथा उनीहरूको जीवनयापन थप कठिन बनेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले सुकुम्वासीहरूको पुनर्स्थापना, सम्मानजनक आवासको सुनिश्चितता तथा राज्यबाट दीर्घकालीन समाधानको माग गरेका थिए। उनीहरूले सुकुम्वासीको समस्या बल प्रयोगबाट नभई संवाद र योजनाबद्ध व्यवस्थापनमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे। मोर्चाका अनुसार शनिबार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका परिवार थप समस्यामा परेका छन्। बाढीका कारण अस्थायी बसोबाससमेत प्रभावित भएपछि उनीहरूको दैनिकी झन्…
काठमाडौं, असार २८ — राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई प्रहरीले निवाससम्म पुर्याएको घटना सार्वजनिक भएको छ। झापाबाट काठमाडौं आइपुगेका प्रसाईंले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रम, सरकारका गतिविधि तथा आफूले उठाउँदै आएका विषयमा धारणा सार्वजनिक गर्ने तयारी गरेका थिए। यसका लागि सञ्चारकर्मीहरूसमेत विमानस्थल पुगेका थिए भन्ने जानकारी प्राप्त भएको छ। तर, सुरक्षा निकायले विमानस्थलभित्र पत्रकार सम्मेलन गर्न उपयुक्त नभएको जनाउँदै उनलाई त्यहीँ सार्वजनिक रूपमा बोल्न नदिई सुरक्षा व्यवस्थासहित भक्तपुरको ठिमी (कमेरोटार) स्थित निवाससम्म पुर्याएको बताइएको छ। प्रसाईं पक्षले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा…
काठमाडौं, साउन २६ — काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आफ्नै घरमा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार राउतलाई घटनापछि तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएको थियो। उनको अवस्था गम्भीर रहेकाले सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको हो। प्रहरीका अनुसार राउतले आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका थिए। आगलागीका कारण उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको र उनलाई तत्काल अस्पताल पुर्याएर…
काठमाडौं — मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको निधनले देशभर गम्भीर बहस सिर्जना गरेको छ। घटनापछि विभिन्न अभियन्ता तथा सामाजिक संस्थाका प्रतिनिधिहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। जेन्जी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठ तथा घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईले आ–आफ्नो सामाजिक सञ्जालमार्फत गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गर्दै वर्तमान राजनीतिक, सामाजिक र प्रशासनिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। त्यसैगरी, २०८२ भदौ २३/२४ को आन्दोलनबाट प्रभावित जेन्जी शहीद परिवार कल्याणकारी समाज तथा घाइते जेन्जी नेपाल संयुक्त संघर्ष समितिका अध्यक्ष गणेशप्रसाद चौलागाईले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।…
काठमाडौं, असार २६ — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। गम्भीर रूपमा घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले उपचारकै क्रममा नेपालीको निधन भएको पुष्टि गरेका छन्। यद्यपि समाचार तयार पार्दासम्म वीर अस्पताल प्रशासनले भने औपचारिक रूपमा मृत्युबारे सार्वजनिक जानकारी जारी गरेको थिएन। मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि त्यहाँ उपस्थित सर्वसाधारण र सुरक्षाकर्मीले तत्काल आगो निभाएर उनलाई उद्धार गरेका थिए। त्यसपछि उनलाई तत्काल वीर अस्पताल…
जनकपुरधाम । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले करिब १० करोड रुपैयाँ बराबरको पौष्टिक आहार खरिदसम्बन्धी ठेक्का सम्झौता सम्पन्न गरी सामग्री वितरण प्रक्रिया समेत अघि बढाएको विषयले पुनः विवाद चर्किएको छ। यस खरिद प्रक्रियामाथि यसअघि नै विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा सरोकारवाला व्यक्तिहरूले प्रश्न उठाएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र तथा अन्य सम्बन्धित निकायमा उजुरीसमेत परेको दाबी गरिएको थियो। तर ती सबै विवाद र उजुरीका बाबजुद खरिद प्रक्रिया नरोकिनु र अन्ततः सम्झौता सम्पन्न हुनुका कारण नियामक निकायहरूको प्रभावकारितामाथि समेत प्रश्न उठ्न थालेको छ। विवादको केन्द्रमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपाने रहेका छन्। आरोप लगाउने पक्षका अनुसार विभिन्न निकायबाट…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधनसम्बन्धी बहस कार्यदलबाट राजनीतिक दलहरू अन्ततः बाहिरिने अवस्था आउने कुरा आफ्नो पार्टीले धेरैअघि नै अनुमान गरिसकेको बताएका छन्। उनले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई राजनीतिक कार्यदलमार्फत अघि बढाउनु उपयुक्त नहुने भन्दै कांग्रेसले सुरुदेखि नै वैकल्पिक प्रक्रिया प्रस्ताव गरेको स्पष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले अहिले विभिन्न दलहरूले आफ्ना प्रतिनिधि कार्यदलबाट फिर्ता बोलाएको घटनाले कांग्रेसको प्रारम्भिक अडान सही सावित भएको दाबी गरे। उनका अनुसार कांग्रेसले वैशाख महिनादेखि नै संविधान संशोधनबारे आन्तरिक तथा विभिन्न पक्षसँग गम्भीर छलफल सुरु गरेको थियो। तर सरकारले बनाएको कार्यदलमा…
काठमाडौं, २४ असार — नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले बुधबार गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको सर्वोच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गरेको छ। भोजपुरको सामान्य परिवारबाट आफ्नो यात्रा सुरु गरेका कार्की तीन दशकभन्दा बढी लामो निरन्तर प्रशासनिक अनुभव, अध्ययन, नेतृत्व क्षमता र कूटनीतिक दक्षताका आधारमा मुलुकको निजामती सेवाको सर्वोच्च ओहोदामा पुगेका हुन्। नवनियुक्त मुख्यसचिव कार्कीको नियुक्तिसँगै अब नेपालको समग्र निजामती प्रशासन सञ्चालन, संघीय सरकारका नीतिगत निर्णयको कार्यान्वयन, मन्त्रालयहरूबीच समन्वय तथा प्रशासनिक नेतृत्व गर्ने जिम्मेवारी उनको काँधमा आएको छ। सिंहदरबारको प्रशासनिक संयन्त्रको ‘कमाण्डर’का रूपमा उनले अब करिब साढे दुई वर्ष मुलुकको प्रशासनिक नेतृत्व गर्ने अवसर पाउनेछन्। सामान्य परिवारबाट सर्वोच्च प्रशासनिक नेतृत्वसम्म गोविन्दबहादुर कार्कीको जन्म…