काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिनुका साथै विभिन्न मन्त्रालयबाट पेश भएका प्रस्तावहरू माथि निर्णय गर्ने कार्यसूची रहेको छ। साथै मुलुकको समसामयिक अवस्था, सरकारी सेवा प्रवाह, विकास निर्माणका गतिविधि तथा मन्त्रालयहरूबीचको समन्वयका विषयमा पनि समीक्षा हुने अपेक्षा गरिएको छ। बैठकमा आर्थिक, प्रशासनिक तथा नीतिगत विषयसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको जनाइएको छ। सरकारका दैनिक कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा प्रशासनिक…
तितो सत्य
मधेश प्रदेश सरकारको करिब १० करोड रुपैयाँ बराबरको पौष्टिक आहार खरिद प्रक्रिया मन्त्रालय र मातहतको निकायबीचको समन्वय अभावका कारण विवादमा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद प्रक्रिया तत्काल रोक्न लिखित निर्देशन दिए पनि स्वास्थ्य निर्देशनालयले त्यसलाई कार्यान्वयन नगरी आर्थिक प्रस्ताव खोल्ने सूचना प्रकाशित गरेपछि सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र कानुनी वैधतामाथि प्रश्न उठेको छ। यो खरिद प्रक्रिया आर्थिक वर्ष २०८३/८४ का लागि सञ्चालन गर्न लागिएको पोषण कार्यक्रमसँग सम्बन्धित हो। यसअन्तर्गत सुत्केरी महिला, गर्भवती तथा पोषण अभावको जोखिममा रहेका लक्षित समूहलाई वितरण गरिने तयारी पौष्टिक आहार खरिद गर्न करिब ९ करोड ९८ लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान गरिएको थियो। महालेखाको…
सुनित कुमार झा २०८२/०९/२८ निराशा, घृणा र प्रतिशोधको राजनीतिविरुद्ध देशव्यापी अभियान चलाउने तयारी काठमाडौं । नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन सम्पन्न भएसँगै देशव्यापी रूपमा ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सञ्चालन गर्ने औपचारिक निर्णय गरेको छ। पार्टीको बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमार्फत अभियानको अवधारणा, उद्देश्य र दिशानिर्देश सार्वजनिक गरिएको हो। पार्टी नेतृत्वका अनुसार पछिल्लो समय समाज र राजनीतिमा बढ्दै गएको निराशा, अविश्वास, विभाजन र प्रतिशोधको प्रवृत्तिलाई परास्त गर्दै राजनीतिलाई पुनः जनताको जीवनसँग जोड्ने उद्देश्यले यो अभियान अघि सारिएको हो। कांग्रेसले यस निर्णयलाई लोकतान्त्रिक अभ्यासलाई पुनर्जीवित गर्ने दीर्घकालीन राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेको छ। निराशाको राजनीतिविरुद्ध आशाको सन्देश…
सुनित कुमार झा रौतहट २०८२/०९/२८ माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द, हजारौँ बीमित नागरिक उपचारविहीन हुने जोखिम काठमाडौं । देशकै अग्रणी सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सम्पूर्ण सेवा माघ १ गतेदेखि बन्द गर्ने निर्णय गरेपछि सार्वजनिक स्वास्थ्य प्रणाली नै गम्भीर संकटमा परेको छ। यो निर्णय केवल एउटा अस्पतालको आन्तरिक समस्या नभई स्वास्थ्य बीमा कार्यक्रमकै असफलता तर्फ संकेत गर्ने गम्भीर चेतावनीका रूपमा हेरिएको छ। ४० करोड बक्यौता, दुई वर्षदेखि घाटामा सेवा अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले टिचिङ अस्पताललाई ४० करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी राखेको छ। लामो समयदेखि दाबी…
“सुनित कुमार झा रौतहट २०८२/०९/१५ नेपो किड्स होइन, मेरिट किड्स” — जेन–जी आन्दोलनको यही मूल नारा थियो। शक्ति, सत्तामा बसेकाहरूले आफ्ना सन्तान र आफन्तलाई सहज रूपमा अगाडि सार्ने प्रवृत्तिको खुलेर विरोध गर्दै उदाएको यो आन्दोलनले नेपाली राजनीतिमा नयाँ आशा जगाएको थियो। यही आन्दोलनको राजनीतिक विस्तारका रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पछिल्लो समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएसँगै भने आन्दोलनकै आत्मा संकटमा परेको देखिन्छ। रास्वपाले सार्वजनिक गरेको समानुपातिक सूचीमा प्रभावशाली उद्योगपति, पूर्वउच्चपदस्थ अधिकारी र पार्टी नेतृत्वसँग नजिकका पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूको बाक्लो उपस्थिति देखिएपछि ‘रास्वपा पनि पुरानै राजनीतिक रोगतर्फ फर्किएको हो ?’ भन्ने गम्भीर प्रश्न उठ्न थालेको छ। उद्योगपति ढकालका…
सुनित कुमार झा रौतहट २०८२/०९/०५भ्रष्टाचारविरुद्ध २०८२ साल भाद्र २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलन ले नेपाली समाजमा ठूलो राजनीतिक र नैतिक हलचल सिर्जना गर्यो। सुशासन, न्याय र भ्रष्टाचारमुक्त राज्यको मागसहित सडकमा उत्रिएका नागरिकहरूमध्ये केहीले प्राण गुमाए भने कैयौँ गम्भीर रूपमा घाइते भए। आन्दोलनका सहिद परिवार र आज पनि जीवन–मरणसँग जुधिरहेका, दैनिक कामकाज गर्न नसक्ने पीडित घाइतेहरू नै उक्त आन्दोलनको सबैभन्दा ठूलो मूल्य चुकाउने पक्ष हुन्। तर आन्दोलन सम्पन्न भएको लामो समय बितिसक्दा पनि राज्यले आजसम्म ती सहिद परिवार र गम्भीर घाइतेहरूसँग मात्र केन्द्रित भई कुनै औपचारिक छलफल, संवाद वा भेला गर्न नसकेको गम्भीर आरोप सार्वजनिक भएको छ। आन्दोलनको वास्तविक…
सुनित कुमार झा रौतहट २०८२/०९/०५ भ्रष्टाचारविरुद्ध २०८२ साल भाद्र २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलन नेपाली लोकतान्त्रिक इतिहासको एक निर्णायक मोडका रूपमा लिइन्छ। राज्य प्रणालीभित्र मौलाउँदै गएको भ्रष्टाचार, दण्डहीनता र सुशासनको अभावविरुद्ध आवाज उठाउँदै हजारौँ युवा, नागरिक समाजका अभियन्ता र सचेत नागरिक सडकमा उत्रिएका थिए। उक्त आन्दोलन शान्तिपूर्ण भए पनि राज्यको बल प्रयोगका कारण कैयौँ नागरिक घाइते भए, जसले आन्दोलनको मूल्यलाई अझ गहिरो बनायो। राष्ट्रका लागि घाइते, तर राज्यकै नजरमा पराइ आन्दोलनका क्रममा शारीरिक चोटपटक बेहोरेका नागरिकहरूलाई सरकारले औपचारिक रूपमा “आन्दोलनका घाइते” भनी परिचयपत्र (घाइते कार्ड) प्रदान गरेको छ। कागजमा यो राज्यको सकारात्मक कदम जस्तो देखिए पनि व्यवहारमा भने…
सुनित कुमार झा रौतहट २०८२/०९/०४राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो रिहाइलाई अन्तिम जित नभई न्याय प्राप्तिको यात्राको एक चरण मात्र भएको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू मात्र होइन, देशकै न्यायका लागि अझ ठूलो संघर्ष आवश्यक रहेको धारणा व्यक्त गरे। लामिछानेले भने,“मैले ‘न्यायको लडाइँ बाँकी छ’ भनेको केवल मेरो व्यक्तिगत विषय होइन। यो देशमा न्याय चाहने प्रत्येक नागरिकका लागि लडाइँ बाँकी छ। ममाथि भएको अन्यायभन्दा ठूलो अन्याय देशमाथि भएको छ, र त्यसको हिसाबकिताब अझै गर्नुछ।” उनका अनुसार अहिले विस्तृत रूपमा बोल्ने समय आएको छैन। सबै विषयको तथ्य र हिसाब मिलिसकेपछि…
अनिल कुमार यादव ,रौतहट, माधवनारायण — मधेश प्रदेशको रौतहट जिल्ला अन्तर्गत माधवनारायण नगरपालिका वडा नं ०७ लौकाहाका बासिन्दा अहिले पनि भिषण गर्मी र असह्य विद्युत् अभावका बीच दिन बिताउन बाध्य छन्। लगातार बिद्युत् आउने–जाने समस्याका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ। यस समस्याले स्थानीय नागरिक मात्र होइन, बालबालिका, वृद्धवृद्धा र बिरामीहरू समेत गम्भीर जोखिममा परेका छन्।स्थानीयवासीहरूका अनुसार यो समस्या कुनै नयाँ होइन — विगत केही महिनादेखि ट्रान्सफर्मरको क्षमताभन्दा बढी लोड परिरहेकाले विद्युत् आपूर्तिमा पटक–पटक बाधा आइरहेको छ। तर, यहाँको स्थानीय सरकार — वडा अध्यक्ष दिलीप कुमार यादव र नगर प्रमुख बैजनाथ यादव (बैजु) — यस समस्याप्रति पूर्णतः मौन देखिएका…
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा आज बिहान भूकम्पको झट्का महसुस गरिएको छ। बिहान १ बजेर ४८ मिनेटको समयमा बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्र, काठमाडौंले जानकारी दिएको छ। रातको गहिरो निद्रामा रहेका बेला एक्कासी महसुस भएको धक्काले स्थानीयवासीहरू आतंकित भएका थिए। विशेष गरी बैतडीको सदरमुकाम खलंगासहित आसपासका क्षेत्रमा भूकम्पको प्रभाव व्यापक रुपमा अनुभव गरिएको हो। हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको ठोस विवरण प्राप्त नभए पनि प्रारम्भिक रिपोर्टअनुसार जनधनको क्षति नभएको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले सबै प्रहरी युनिट तथा स्थानीय तहहरूसँग समन्वय गरी क्षति मूल्याङ्कनका लागि सूचना…