काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।
चितवनले दिएको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले अब जवाफी ब्याटिङ गर्नेछ। प्रतियोगिताको दोस्रो दिन भइरहेको यस खेलमा विराटनगरलाई जितका लागि १५८ रन आवश्यक छ।