गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूको बढुवासम्बन्धी सिफारिस अघि सारेको छ। मङ्गलबार बसेको बढुवा समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो। शाह हाल नेपाल प्रहरीको विशेष ब्यूरो, प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत छन्। उनी प्रहरी सेवामा लामो अनुभव बोकेको अधिकारीका रूपमा चिनिन्छन्। त्यसैगरी, जनपद प्रहरी समूहतर्फबाट ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सिफारिसमा परेका अधिकारीहरू विभिन्न जिम्मेवारीमा रहँदै आएका छन् र उनीहरूको अनुभव, सेवा अवधि तथा कार्यकुशलता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरिएको जनाइएको छ। डीआईजी पदका…
तितो सत्य
काठमाडौं, जेठ ६ – नेपाल राष्ट्र बैंकको नेतृत्वमा नयाँ गभर्नरको आगमन भएको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरको रूपमा नियुक्त गरेको छ। यस निर्णयसँगै राष्ट्र बैंकमा केही समयदेखि देखिएको नेतृत्वको अन्योल अन्त्य भएको छ। गभर्नर नियुक्तिका सन्दर्भमा उत्पन्न राजनीतिक खिचातानी र सत्ता गठबन्धनभित्रको असमझदारी समेत केही हदसम्म समाधान भएको देखिएको छ। गभर्नर चयनका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम मन्त्रिपरिषदमा पेश गरेको थियो। तीमध्ये कार्यवाहक गभर्नर नीलम ढुंगाना, पूर्वसचिव दिनेश भट्टराई र डा. विश्वनाथ पौडेलको नाम समावेश थिए। पौडेलको नाम सिफारिस सूचीमा पहिलो स्थानमा थियो।…
काठमाडौं, ६ जेठ — प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार प्रतिनिधिसभामा हुने भनिएको प्रश्नोत्तर सत्र स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्रीको अस्वस्थताका कारण संसदको पूर्वनिर्धारित प्रश्नोत्तर कार्यसूची हटाइएको हो। मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रश्नोत्तर सत्र अगाडि नबढाइएको जनाइएको छ। यस्तै, सोमबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। सरकारी निकायका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउने आशा गरिएको छ भने आगामी दिनका कार्यक्रमहरू स्वास्थ्य अवस्थाअनुसार तय गरिनेछ।
काठमाडौं — भिजिट भिसाको नाममा खाडी मुलुकहरूतर्फ नेपाली नागरिकको अवैध रूपमा ओसारपसार गर्ने कार्य फेरि तीव्र बन्दै गएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र बिचौलियाबीचको मिलेमतोका कारण मानव तस्करीको यो नयाँ रूप झनै जटिल बन्दै गएको छ। विगतमा पटक–पटक गरिएको कारबाही र निगरानी प्रयासहरू पनि दीर्घकालीन रूपमा प्रभावकारी बन्न सकेका छैनन्। अध्यागमन कार्यालयमै कार्यरत कर्मचारीहरू संलग्न रहेको प्रमाणहरू भेटिँदा समेत समस्या ज्यूँ का त्यूँ छ। भिजिट भिसा : भ्रमणको नाममा शोषणको यात्रा विशेषगरी महिला र पुरुषहरूलाई भिजिट भिसामा यूएई हुँदै कुवेत, कतार वा अन्य खाडी देशहरूमा पुर्याउने काम भइरहेको छ। देखिनमा सामान्य पर्यटकजस्तै देखिने यी यात्रुहरूलाई विमानस्थलमा पूर्व–सेटिङका आधारमा…
३ जेठ, काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसद माया राई र मोहनबहादुर बस्नेतको पक्राउलाई राजनीतिक हिसाबले ठूलो अर्थ नलगाउन आग्रह गरेका छन्। शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै देउवाले राजनीति यस्तो गतिशील क्षेत्र भएको र यस्ता घटनाहरू समय समयमा भइरहने बताउँदै यसलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे। बैठकमा पार्टी सांसदहरूले राई र बस्नेतको गिरफ्तारीबारे चिन्ता व्यक्त गरेपछि देउवाले प्रतिक्रिया दिँदै भने, “राजनीतिमा यस्ता घटना भइरहन्छन्, हामी स्वयं पनि कहिलेकाहीँ थुनामा परेका थियौँ, जेल गएको अनुभव हामीसँग पनि छ।” देउवाले आफ्नो अनुभव स्मरण गर्दै पार्टीका अन्य सांसदहरूलाई पनि यस्ता परिस्थितिलाई धैर्य र संयमताका…
काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजपरिवारबाट ‘प्यालेस इन द स्काई’ नाम दिइएको ४० करोड डलर मूल्यको बोइङ ७४७–८ जम्बो जेट उपहारमा लिने तयारी गरेका छन्। यो विलासितायुक्त विमानलाई कतारी राजपरिवारका वरिष्ठ सदस्य हमाद बिन जस्सिम बिन जाबेर अल थानीले प्रयोग गरेका थिए। विमानभित्र दुर्लभ काठ, मौलिक कलाकृति, र विशेष डिजाइन सहित ८९ सिटको सुविधा छ। फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले हाल प्रयोग हुँदै आएको एयर फोर्स वन विमान पुरानो भइसकेको भन्दै नयाँ र प्रभावशाली विमान आवश्यक भएको तर्क गरेका छन्। “हाम्रो विमान साउदी, यूएई वा कतारको जेटसँग तुलना गर्नै सकिँदैन,” ट्रम्पले भने। तर यस उपहारले अमेरिकी भित्र नैतिकता,…
काठमाडौँ, १५ जेठ — नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ। बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। नयाँ मूल्य आज रातिदेखि देशभरका सबै निगम स्वीकृत पेट्रोल पम्प तथा डिपोहरूमा लागू हुनेछ। निगमका प्रवक्ता शनिबार चौधरीका अनुसार इण्डियन आयल कर्पोरेशन (IOC) बाट बिहीबार दिउँसो नयाँ मूल्य सूची प्राप्त भएपछि नेपालमा समेत मूल्य समायोजन गरिएको हो। “हामीले भारतीय बजारमा आएको परिवर्तनलाई ध्यानमा राखी स्वचालित मूल्य प्रणाली अन्तर्गत समायोजन गरेका हौं,” उनले भने।…
काठमाडौं, जेठ २ – नेपाल सरकारका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)’ नामक प्रविधि खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उनीहरूमाथि भ्रष्टाचारको आरोपसहित मुद्धा दायर गरेको हो। आयोगले आरोपितहरूविरुद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो मागदाबी गरेको छ। मुद्दा परेका व्यक्तिहरू पूर्वमन्त्री बस्नेतसँगै मुद्दा खेप्नुपर्नेमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, पूर्वसदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू…
काठमाडौं, १५ जेठ — मुलुकको आर्थिक नियामक संस्था नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया पछिल्लो समय विवादास्पद बन्न पुगेको छ । कानुनी अस्पष्टता, सत्ता गठबन्धनबीचको अविश्वास र शक्ति सन्तुलनको राजनीतिक खेलका कारण गभर्नर नियुक्ति प्रक्रिया जटिल बन्दै गएको छ । गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि बैंक कार्यबाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको जिम्मामा सञ्चालनमा रहेको छ । तर, स्थायी गभर्नर नियुक्त गर्न बनेको सिफारिस समिति नै विवादमा तानिएपछि नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन । सिफारिस समिति नै कानुनी अन्योलमा राष्ट्र बैंक ऐनअनुसार गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर र एकजना विज्ञ सदस्य रहने गरी सिफारिस…
काठमाडौं, १४ वैशाख – नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ अध्यक्ष तथा सदस्यहरूको नियुक्ति गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्थीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिनुभएको हो। सत्य निरुपण तथा मेलमिलाप आयोगको नेतृत्व महेश थापालाई संघीय सरकारको निर्णयअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ। उहाँसँगै आयोगमा पाँचजना सदस्यहरू नियुक्त भएका छन्, जसमा विभिन्न भूगोल तथा पृष्ठभूमिका व्यक्तिहरू समावेश छन्। सदस्यहरूमा अच्युत प्रसाद भण्डारी (जाजरकोट), डा. टीका प्रसाद ढकाल (पाँचथर), पदम बहादुर शाही (जुम्ला), र…