भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौतालगत्तै भारतीय सेनाले आइतबार साँझ पहिलोपटक पत्रकार सम्मेलन गर्दै पछिल्लो सैन्य कारबाहीबारे विस्तृत जानकारी दिएको छ। भारतीय सेनाको तर्फबाट डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (DGMO) लेफ्टिनेन्ट जनरल राजीव घईले ‘अपरेसन सिन्दूर’ का उपलब्धिहरू सार्वजनिक गरे। पत्रकार सम्मेलनमा भारतीय स्थलसेनाका घईसँगै, वायुसेनाबाट एयर मार्शल ए.के. भारती, नौसेनाबाट भाइस एडमिरल ए.एन. प्रमोद र मेजर जनरल एस.एस. शारदाले पनि सहभागिता जनाएका थिए। लेफ्टिनेन्ट जनरल घईका अनुसार, ‘अपरेसन सिन्दूर’ अन्तर्गत भारतीय सुरक्षाबलले नौ स्थानमा आतंककारीहरू लुकेका स्थानमा लक्षित आक्रमण गरेका थिए। ती कारबाहीहरूमा १०० भन्दा बढी आतंककारी मारिएको र तीमध्ये केही उच्च मूल्यका आतङ्ककारीहरू समेत रहेको उनले बताए। मारिएका…
तितो सत्य
काठमाडौं, वैशाख २८ — चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा (चैत मसान्तसम्म) मुलुकमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) आय १० प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार, सो अवधिमा रेमिट्यान्स आय ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्म यो आय १७.२ प्रतिशतले वृद्धि भएको थियो। यद्यपि चालु वर्षमा वृद्धि दर केही कम भए पनि कुल रकम अघिल्लो वर्षको तुलनामा अझै उच्च छ। त्यस्तै, समीक्षा अवधिमा कुल ‘खुद द्वितीय आय’ अर्थात् कुल ट्रान्सफर आय १३ खर्ब एक अर्ब ९४ करोड रुपैयाँ पुगेको…
काठमाडौं, बैशाख २८ — संघीय संसद्को प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए। प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। ती संशोधनहरू बहुमतले अस्वीकृत भएपछि मूल नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरिएको थियो, जुन बहुमतले पारित भएको हो। सरकारको तर्फबाट राष्ट्रपती रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा समावेश प्राथमिकताहरूमा पूर्वाधार…
काठमाडौं — संघीय संसद्को प्रतिनिधि सभामा आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा सांसदहरूले खर्च कटौती, रोजगारी सिर्जना, तलब सुविधा वृद्धि तथा प्राकृतिक स्रोतको उपयोगजस्ता विविध विषयमा आफ्नो धारणा राखेका छन्। सत्तारूढ नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउनुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयमा अलग–अलग कर्मचारी राख्दा अत्यधिक खर्च हुने भएकाले दुबै कार्यालयका कर्मचारी संरचना एकीकृत गर्ने प्रस्ताव अघि सारे। “सार्वजनिक ऋण २६ अर्ब नाघिसकेको अवस्थामा राजस्वले साधारण खर्च धान्न नसक्ने स्थितिमा खर्च कटौती अपरिहार्य भएको” उनको भनाइ थियो। खतिवडाले सरकारसँग संसदलाई पर्याप्त ऐजेन्डा दिनुपर्ने मागसमेत राखे। छलफलमा…
रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दर्ता भएको सहकारी ठगीसम्बन्धी मुद्दा थप विवादमा तानिएको छ। उक्त मुद्दाका उजुरीकर्ताका रूपमा सार्वजनिक नाममध्ये दुई जनाले आफ्नो नाम प्रहरीद्वारा बिना अनुमति प्रयोग गरिएको दाबी गर्दै उजुरीमै किर्ते भएको आरोप लगाएका छन्। यसले उक्त अनुसन्धानप्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। बैशाख १६ गते प्रहरी समक्ष पूरक उजुरी दर्ता गराएको भनिएको सातजनाको सूचीमा पहिलो नाम रहेका नारायण पहराईले आफूले रविलामिछानेविरुद्ध होइन, बचत फिर्ताका लागि मात्र निवेदन दिएको दाबी गरेका थिए। पहराईका अनुसार उनले बुटवलस्थित सुप्रिम सहकारीमा नियमित बचत गरेका थिए र बचत फिर्ताका लागि मात्र निवेदन दिएका थिए। तर प्रहरीको उजुरी सूचीमा…
काठमाडौं, वैशाख २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले वन संरक्षण र वैज्ञानिक व्यवस्थापनको नाममा भइरहेको सालघारी फँडानीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल रोकिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेकोमा जोड दिएका हुन्। उनले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले पञ्चायती शासनको सुदृढीकरणका लागि २०३६ सालमा सालघारी फँडानी गरेर जनतामा बसोबास गराएको घटनालाई स्मरण गर्दै त्यस्तो अभ्यास आज दोहोरिन नहुने बताए। “वन क्षेत्रमै सालघारी फँडेर जनतालाई राख्ने काम, त्यो त २०३६ सालमै भएको हो। अहिले वैज्ञानिक वन व्यवस्थापन भनेर फेरि त्यही ढंगले फँडानी गर्ने काम उचित होइन,” उनले भने। प्रधानमन्त्री…
पछिल्ला केही हप्तादेखि भारत र पाकिस्तानबीचको बढ्दो तनावले पाकिस्तानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ। युद्धको आशंकासहितको अस्थिर राजनीतिक वातावरणले पाकिस्तानले हालसालै सुरू गरेको आर्थिक सुधारको प्रक्रिया प्रभावित पार्ने सम्भावना बढेको छ। पाकिस्तानको अर्थतन्त्र हाल गम्भीर संकटबाट उकासिने प्रयासमा छ। २०२३ मा अत्यधिक आयात खर्च, घट्दो विदेशी मुद्रा सञ्चिति, र उच्च मुद्रास्फीतिका कारण देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा निकै सानो मात्र वृद्धि देखिएको थियो। एसियाली विकास बैंक (एडीबी)ले २०२४ मा पाकिस्तानको जीडीपी वृद्धि दर २.५ प्रतिशत रहने र २०२५ मा ३ प्रतिशतसम्म पुग्ने अनुमान गरे पनि पछिल्ला घटनाक्रमले यस प्रक्षेपणमा अन्योलता थपिएको छ। एडीबीका अनुसार हालका केही सकारात्मक संकेतहरू—जस्तै…
काठमाडौं, ९ वैशाख – भारत र पाकिस्तानबीच जारी युद्ध अभ्यास तथा बढ्दो कूटनीतिक तनावसँगै इन्धन आपूर्ति अवरुद्ध हुने आशंका उठिरहेको बेला भारत तथा नेपाल दुवैले इन्धन आपूर्ति सहज रहेको स्पष्ट पारेका छन्। भारतीय आयल कर्पोरेसन (IOC) ले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सूचना जारी गर्दै देशभर पर्याप्त इन्धन मौज्दात रहेको र आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ। संस्थाले उपभोक्तालाई आवश्यकता भन्दा बढी इन्धन नस्टक गर्न अनुरोध गर्दै अनावश्यक अफवाहमा नपर्न आग्रह गरेको छ। “सबै डिपो र आउटलेटहरूमा पेट्रोल, डिजेल तथा एलपी ग्यासको पर्याप्त आपूर्ति छ,” पोस्टमा भनिएको छ, “कृपया अनावश्यक रूपमा स्टक नगर्नुहोस्, भिडभाडबाट जोगिनुहोस्।” भारतका केही सहरहरूमा युद्धको…
काठमाडौं, ९ वैशाख – भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढेको तनावले नेपालमा इन्धन अभावको आशंका उठिरहँदा नेपाल आयल निगमले अहिलेका लागि कुनै संकट नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, देशमा अहिलेको अवस्थामा कम्तीमा एक सातादेखि १२ दिनसम्म पुग्ने पर्याप्त इन्धन मौज्दात छ। उनले भने, “छिमेकी राष्ट्रबीच तनाव बढेको हो, तर अझै औपचारिक रूपमा युद्धको घोषणा भएको छैन। त्यसैले इन्धन आपूर्तिमा अवरोध हुने कुनै संकेत देखिएको छैन।” निगमको तथ्यांकअनुसार हाल देशभर २८ हजार किलोलिटर पेट्रोल र ६० हजार किलोलिटर डिजेलको भण्डारण छ। यस्तै, ५९ वटा ग्यास उद्योगहरूमा करिब १० हजार मेट्रिकटन एलपी ग्यास मौज्दात रहेको जानकारी दिइएको छ।…
काठमाडौं – भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावप्रति नेपालले गम्भीर चासो व्यक्त गर्दै दुवै छिमेकी राष्ट्रबीच संवाद र संयमको मार्ग रोज्न आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति आपत्ति जनाएको छ। विज्ञप्तिमा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा गत अप्रिल २२ मा पर्यटकमाथि भएको आतंकवादी आक्रमणप्रति नेपालले पुनः निन्दा व्यक्त गरेको छ। सो घटनामा एक नेपाली नागरिकले पनि ज्यान गुमाएका थिए। नेपालले उक्त आक्रमणलाई अमानवीय र निन्दनीय ठहर गर्दै आतंकवादको सबै स्वरूप र अभिव्यक्तिको विरोधमा आफ्नो अडान दोहोर्याएको छ। “नेपाल सधैं आतंकवादविरुद्धको साझा अन्तर्राष्ट्रिय प्रयासमा दृढतापूर्वक उभिने पक्षमा छ,” विज्ञप्तिमा…