काठमाडौं — नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा पूर्वअध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिएको छ। नेपाल सरकारको महान्यायाधिवक्ताको कार्यालयले हालै उनीहरूलाई जिम्मेवार ठहर गर्दै मुद्दा चलाउने निर्णय गरेको हो। बालमन्दिरकी तत्कालीन अध्यक्ष र सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह मुख्य अभियुक्तका रूपमा छन्। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार उनीसहित १७ जनामाथि अभियोजनको रायसहित फाइल काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको छ। “बालमन्दिरको जग्गा सम्बन्धी प्रकरणमा मुद्दा चलाउने निर्णय भइसकेको छ। निर्णय जिल्ला कार्यालयमा पुगीसकेको छ,” प्रवक्ता दाहालले भने। सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, “१७ जनामाथि अभियोग लगाउने…
तितो सत्य
संघीय र प्रदेश सरकारमा समावेश जनमत पार्टी भित्र हालै तीव्र आन्तरिक द्वन्द्व सतहमा आएको छ। आर्थिक अपचलन, शक्ति केन्द्रिकरण, टिकट वितरणमा पक्षपात र पदस्थापनका लागि बार्गेनिङ जस्ता गम्भीर आरोपले पार्टी नेतृत्व विवादमा तानिएको छ। पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दीपककुमार साहले अध्यक्ष डा. सीके राउत नेतृत्वमाथि व्यापक वित्तीय अनियमितता, अपारदर्शिता र परिवारवादको आरोप लगाउँदै विज्ञप्ति सार्वजनिक गरेसँगै विवाद चुलिएको हो। साहका अनुसार पार्टी मुख्यालय जनकपुरस्थित ‘मधेश आश्रम’ को निर्माण व्यक्तिगत स्रोतबाट गरिएपनि त्यसलाई पार्टीको सम्पत्ति भनेर प्रस्तुत गरिएको छ। कोषाध्यक्ष पक्राउ, अध्यक्षसँग बढ्दो दूरी जनकपुर र इमाडोलस्थित पार्टी सम्पत्तिको स्वामित्व कोषाध्यक्ष सुरेन्द्रनारायण यादवकी पत्नीको नाममा रहेको भन्दै…
काठमाडौं – पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको सत्ता समीकरणबारेको अन्योल क्रमशः हट्दै गएको संकेतहरू देखिन थालेका छन्। सत्तारुढ दल एमाले र गठबन्धनका प्रमुख दल कांग्रेसबीच केही समय तनाव देखिए पनि अब दुबै शीर्ष नेताबीच सम्वाद हुँदै सत्ता साझेदारीमा स्पष्टता आएको देखिन्छ। नेकपा एमालेको सचिवालय बैठक आइतबार दिउँसो २ बजेका लागि तय गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्ततालाई कारण देखाउँदै एक घण्टा पछि धकेलियो र त्यसपछि हतारमै समापन गरियो। बैठक छोटो भए पनि प्रधानमन्त्री ओलीले सत्ता समीकरण, सरकारको नीति तथा कार्यक्रम र पार्टीको आन्तरिक अवस्थाबारे धारणा राखे। एमालेका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री ओलीको प्रस्तुतिले सत्ताको स्थायित्वमा विश्वस्त गराएको थियो।…
धनकुटा, वैशाख २३ – कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सोमबार दिउँसो भएको एक यात्रुबाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस करिब ५० मिटर तल खस्दा बस चालक र दुई यात्रुको ज्यान गएको हो। मृतकमध्ये बस चालक सुनसरी धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेल रहेका छन्। प्रहरीका अनुसार, राईको घटनास्थलमै मृत्यु भएको थियो भने तामाङ र श्रेष्ठको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान…
काठमाडौं, २३ वैशाख – संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे सुरु हुने तालिका छ। बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची तय गरिएको छ। राष्ट्रपतिबाट प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा हिजोदेखि नै छलफल सुरु भइसकेको छ र आज पनि त्यसैको निरन्तरता रहनेछ। यसैगरी, राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। आजको बैठकमा छलफलपछि सुझाव प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढाइने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत…
काभ्रे जिल्लास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको नाममा खरिद गरिएको हदबन्दी छुटको जग्गा विवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्रता दिँदै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। एक स्रोतका अनुसार, आयोगले केही समयअघि नै नेपालसँग बयान लिएको हो। “केही समयअघि पतञ्जलीको जग्गा सम्बन्धी विवादबारे उहाँसँग सोधपुछ गरिएको हो,” स्रोतले जानकारी दियो। २०६६ सालतिर तत्कालीन प्रधानमन्त्रीका रूपमा कार्यरत माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई हदबन्दी छुटको सुविधा दिँदै विशेष निर्णयमार्फत काभ्रेको जग्गा खरिद गर्न स्वीकृति दिएको थियो। तर समयसँगै ती जग्गा कानुनले तोकेको हदभन्दा बाहिर गइ खरिद–बिक्री भएको भन्दै अब सो प्रक्रिया नै अनुसन्धानको घेरामा आएको हो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो…
रौतहट — रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका अन्तर्गत नजरपुर र बडेरवा क्षेत्रबाट सालको काठ अबैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रपुर–१० बडेरवा र वडा नम्बर ९ नजरपुर नहर आसपासका क्षेत्रमा पाँचवटा साइकलमा सालको गोलिया काठ लोड गरिएको अवस्थामा फेला परेको हो। ईलाका प्रहरी कार्यालय डुमरियाका अनुसार बैशाख २० गतेको राति डुमरिया र चेतनगर प्रहरी चौकीको संयुक्त टोलीले गस्तीका क्रममा ती साइकल नियन्त्रणमा लिएको थियो। बरामद गरिएको काठ विभिन्न साइजमा रहेको १८ थान गोलिया सालको रहेको र अन्दाजी २०.३ क्युफिट बराबरको मापन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त काठ तथा साइकलहरुलाई प्रारम्भिक अनुसन्धानपछि थप कारवाहीका लागि बैशाख २२…
काठमाडौं, वैशाख २२ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सातबुँदे सहमति कार्यान्वयनमा सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार सहमति अनुसारका मुख्य विषयहरूमा चुप लागेर बसेको आरोप लगाए। कोइरालाका अनुसार संविधान संशोधन, आर्थिक सुधार, भ्रष्टाचार नियन्त्रण, दण्डहीनताको अन्त्य, र सुशासनजस्ता प्रमुख एजेन्डामा सरकारले ठोस कदम चाल्न सकेको छैन। उनले सहमतिका बुँदाहरू कार्यान्वयन नगरेर सरकार आफैंले जनताको विश्वास गुमाइरहेको बताए। संविधान संशोधनबारे बोल्दै डा. कोइरालाले यो विषय दुई दलको बहुमतले मात्र होइन, संसदमा रहेका सबै राजनीतिक दलहरू तथा सरोकारवालाको राय लिएर निर्णय गर्नुपर्ने धारणा राखे। संविधान पुनरावलोकनजस्तो संवेदनशील…
वाशिंगटन, मे ५ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आल्काट्राज जेललाई पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले देशमा बढ्दो अपराध नियन्त्रण गर्न यो कदम चालेको जनाएका हुन्। “अमेरिका लामो समयदेखि हिंस्रक, दुष्ट र पटके अपराधीहरूको चपेटामा परेको छ,” ट्रम्पले लेखेका छन्, “आल्काट्राजको पुनः सञ्चालन कानुन, व्यवस्था र न्यायको बलियो सन्देश हुनेछ।” उनले न्याय मन्त्रालय, ब्यू रो अफ प्रिजन, एफबीआई र होमल्यान्ड सेक्युरिटीलाई आल्काट्राजलाई पुनः निर्माण गरी विस्तारित रूपमै सञ्चालनमा ल्याउन निर्देशन दिएको दाबी गरेका छन्। उनका अनुसार पुनः खोलिने जेलमा अमेरिका कै खतरनाक अपराधीहरू राखिने छन्। विदेशमा अपराधी पठाउने ट्रम्पको…
काठमाडौं, ५ बैशाख — नेपाल सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सात सरकारी उद्योगहरूलाई निजीकरण गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को १५ बैशाख २०८२ को बैठकले ‘सरकारी लगानी व्यवस्थापन’ अन्तर्गत जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना र नेपाल ओरियन्ड म्याग्नेसाइटलाई निजीकरणको सूचीमा राखेको हो। यस्ता उद्योगहरूलाई निजीकरण गर्ने निर्णय १८ चैतमा राजपत्रमा प्रकाशित संशोधित ‘निजीकरण ऐन, २०५०’ मार्फत कार्यान्वयनमा ल्याइएको हो। संशोधित ऐनले सरकारी सम्पत्तिको भाडा, बिक्री, सेयर हस्तान्तरण, मौद्रीकरण, सहकारीकरण वा निजी साझेदारी मार्फत व्यवस्थापनको बाटो खुला गरेको छ। भौतिक सम्पत्तिको मूल्य अर्बौँ, उत्पादन ठप्प यी उद्योगहरूको उत्पादन…