भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युपछि भारतस्थित नेपाली राजदूतावासले घटनालाई गम्भीर रूपमा लिँदै छानबिनको माग गरेको छ। राजधानी भुवनेश्वरस्थित केआईआईटीमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत १८ वर्षीया प्रिशा साह छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी दूतावासलाई बिहीबार प्राप्त भएको हो। घटनापछि नेपाली राजदूतावासले तुरुन्तै शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारी, भारतको विदेश मन्त्रालय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी घटनाको प्रारम्भिक विवरण संकलन गरेको जनाएको छ। राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी र प्रदेशका प्रमुख सचिवसँग सम्पर्क गरी घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष र स्वतन्त्र…
तितो सत्य
राष्ट्रपति रामचन्द्र पौडेल र अजरबैजानका उपविदेशमन्त्री एलनुर मामेडोभबीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार शुक्रबार भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यका सम्भावनाहरूबारे सकारात्मक छलफल भएको थियो। भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र अजरबैजानबीचको सम्बन्धमा हालै देखिएको सकारात्मक प्रगतिप्रति सन्तोष व्यक्त गरे। उनले दुवै देशले परस्पर हितका क्षेत्रहरू पहिचान गरी संयुक्त रूपमा कार्य गर्दै जानु आवश्यक रहेकोमा जोड दिए। साथै, कोप–२९ मा आफ्नो सहभागिता स्मरण गर्दै उनले वातावरण र दिगो विकासजस्ता विषयमा पनि दुई देशबीच सहकार्यको सम्भावना रहेको बताए। उपविदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताए।…
चौथाइवालेको नेपाल भ्रमण: आतंकवादविरुद्ध क्षेत्रीय समर्थन सुनिश्चित गर्ने प्रयासनेपाली नेताहरूसँग उच्चस्तरीय भेटघाटमा केन्द्रित तीन दिने राजनीतिक कूटनीतिक दौडधुप नेपाल आगमनपछि चौथाइवालेले राजनीतिक दलका प्रमुख नेता, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ र प्रतिपक्षी दलका प्रभावशाली नेतासँग व्यापक भेटघाट गरेका छन्। भ्रमणको पहिलो दिन बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटबाट सुरु भएको उनको कूटनीतिक दौडधुप बिहीबार साँझसम्म जारी रह्यो। बुधबारै उनले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कांग्रेस नेता डा. शेखर कोइरालासँग डिनर बैठक गरेका थिए। बिहीबारको दिन राजनीतिक भेटघाटमा झनै व्यस्त देखिए। चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग…
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान संघीय गणतान्त्रिक व्यवस्थाले देशलाई दिशाहीन बनाएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापनाको मागलाई थप सशक्त रूपमा अघि सारेका छन्। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान शासन व्यवस्था भ्रष्टाचारको स्रोतमा परिणत भएको बताएका छन्। “संघीय, धर्मनिरपेक्ष गणतन्त्र अहिले भ्रष्टहरू उत्पादन गर्ने कारखाना बनेको छ,” उनले भने, “शान्ति, स्थायित्व र आर्थिक विकास सम्भव हुने सपना अब पुरा हुँदैन।” अध्यक्ष थापाका अनुसार, राप्रपा, नेपालले विगतदेखि नै सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जनमत सिर्जना गर्दै आएको छ। उनले वर्तमान तीन तहको संघीय प्रणालीलाई अप्राकृतिक र अपारदर्शी भन्दै केन्द्रीय…
काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग हालै भएको सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनको तयारी थालेको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार, परिषद् हाल आन्तरिक छलफलमा जुटिरहेको छ र आजै औपचारिक रुपमा आन्दोलनको घोषणा गरिने तयारी भइरहेको छ। “हामी अहिले बैठकमा छौं। आन्दोलनको तयारी भइरहेको छ,” अध्यक्ष तिवारीले जानकारी दिए। परिषद्ले नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा विद्यालय कर्मचारीका विषय उपेक्षा गरिएको आरोप लगाएको छ। परिषद्का अनुसार कर्मचारीका हकहितसम्बन्धी विषय सहमतिमा समेटिनुपर्ने थियो, तर त्यस्तो नभएकोले आन्दोलन अपरिहार्य भएको हो। सहमतिको क्रममा कर्मचारीका सेवा सुविधा वृद्धि गर्ने भनिएपनि त्यसको विवरण स्पष्ट नभएको भन्दै परिषद्ले गुनासो जनाएको छ। परिषद्को माग छ—…
अमेरिका र युक्रेनले दुर्लभ खनिजको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले नयाँ समझदारी गरेका छन्। लामो समयदेखि चर्चामा रहेको यो सम्झौताले युक्रेनका महत्वपूर्ण खनिज स्रोतमा अमेरिकी लगानीकर्ताहरूको पहुँच सुनिश्चित गर्नेछ। अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा ‘रि-कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ स्थापनाको जानकारी दिइएको छ। दुई पक्षबीच केही संशोधनसहित सहमति कायम भएपछि उक्त कोष गठन भएको हो। विज्ञप्तिअनुसार, सम्झौता युक्रेनको पुनर्निर्माण, लगानी प्रवर्द्धन र दुवै देशको दक्षता र स्रोतको उपयोगमा आधारित हुनेछ। यस सम्झौताको प्रारम्भिक रुप फेब्रुअरी महिनामै तय गरिएको भए पनि त्यसबेलाको कूटनीतिक असमझदारीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। अब भने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले…
देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यसै कारण बिहानैदेखि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली मौसम रहेको छ। बिहीबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। गोरखा जिल्लाको आरूघाटमा पछिल्लो एक घन्टामा १९ मिलिमिटर वर्षा मापन गरिएको छ। राजधानी काठमाडौंमा समेत बिहानै छिटफुट वर्षा देखिएको छ। दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी भू-भागमा केही स्थानहरूमा र अन्यत्र एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, हिमाली क्षेत्रमा केही ठाउँमा हल्का वर्षा वा हिमपात…
२९ दिनदेखि जारी रहेको शिक्षक आन्दोलन सरकार र नेपाल शिक्षक महासंघबीच नौबुँदे सहमतिपछि स्थगित भएको छ। बुधबार शिक्षामन्त्री रघुजी पन्त र महासंघ प्रतिनिधिबीच संवादपछि सहमति जुटेको हो। मन्त्रिपरिषद्ले सो सहमतिको कार्यान्वयन सुनिश्चित गर्ने निर्णय पनि सोही दिनको साँझ गरेको छ। नौबुँदे सहमति यस्तो छ: १. स्वास्थ्य उपचारमा सहुलियत — सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीले निजामती अस्पताल, काठमाडौंमा उपचार सहुलियत पाउने व्यवस्था हुनेछ। २. बिरामी बिदा भुक्तानी — अस्थायी प्रकृतिका शिक्षकहरूले संचित बिरामी बिदाको सुविधा पाउने छन्, र सेवाबाट अलग हुँदा सोबापतको रकम एकमुष्ट रूपमा प्रदान गरिनेछ। ३. बालविकास र कर्मचारीको पारिश्रमिक — प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल…
काठमाडौं — सरकारले आन्दोलनरत शिक्षकहरूसँग बुधबार सिंहदरबारमा गरेको वार्ता सकारात्मक भएको छ। वार्तापछि दुबै पक्षबीच आन्दोलन स्थगन गर्ने सहमति जुटेको प्रतिनिधिसभाको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन्। थापाका अनुसार, शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूबिच नौबुँदे सहमति भएको छ, जसलाई मन्त्रिपरिषदबाट निर्णय गराउने सहमति पनि भएको छ। सहमतिमा अहिलेको संसद् अधिवेशनभित्रै शिक्षकसम्बन्धी कानुन पारित गर्ने विषय समावेश गरिएको छ। “वार्ता सकारात्मक रह्यो, आन्दोलन रोक्ने सहमति भएको छ,” थापाले बताए। वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन गएका छन्। आन्दोलनरत शिक्षकहरूले मन्त्रिपरिषद्को निर्णय पर्खिरहेका छन्। निर्णय सार्वजनिक भएसँगै शिक्षक पक्षले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेको…
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा मन्त्रालयको राज्यमन्त्रीको रूपमा नियुक्त गरेका छन्। राष्ट्रपतिको कार्यालयद्वारा आज सार्वजनिक विज्ञप्तिमा जनाइएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई मन्त्री परिषद्को सदस्य बनाइएको हो। नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरू नियुक्त गर्ने व्यवस्था छ। गत असार ३१ गते पुनर्गठित मन्त्रिपरिषद्मा गर्बुजाको नाम समावेश गरिएको थिएन। तर पछिल्लो निर्णयअनुसार ऊर्जा क्षेत्रमा सहायक भूमिकामा खटिने गरी उनलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो। गर्बुजा लामो समयदेखि पार्टी संगठनमा क्रियाशील रहँदै आएका छन् र उनीसँग विकास, योजना तथा प्रशासनिक अनुभव रहेको बताइएको छ। ऊर्जा क्षेत्रलाई प्रभावकारी बनाउने र विद्युत उत्पादन तथा वितरणमा गुणस्तर वृद्धिमा उनले भूमिका खेल्ने अपेक्षा…