तितो सत्य

भारतको पिथौरागढसँग जोडिएको पहिचानबारे पनि अनुसन्धानको माग; जिल्ला प्रशासन कार्यालय बारामा नागरिकता छानबिन तथा आवश्यक परे बदर गर्न निवेदन वीरगञ्ज । वीरगञ्जमा लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका व्यवसायी शंकरलाल मित्तलको नेपाली नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी परेको छ। उजुरीकर्ताले मित्तलले नागरिकता प्राप्त गर्ने क्रममा झुटो विवरण तथा त्रुटिपूर्ण कागजात प्रयोग गरेको दाबी गर्दै नागरिकताको सम्पूर्ण प्रक्रिया छानबिन गर्न माग गरेका छन्। सप्तरीको वभनगामाकट्टी गाउँपालिका–६ का एक सामाजिक अभियन्ताले दिएको भनिएको उजुरीमा मित्तलले तत्कालीन कलैया नगरपालिका–४ बाट सञ्चालन भएको नागरिकता टोलीमार्फत जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र त्यसका लागि वीरगञ्ज महानगरपालिका–९ बाट लामो समयदेखि नेपालमा…

Read More

नेपालगन्ज–नरैनापुर क्षेत्रमा सक्रिय मौलानाको पहिचान र विगतबारे प्रश्न; नागरिकता र विदेशी कागजातदेखि जबरजस्ती करणी उद्योगसम्मको अनुसन्धानले सुरक्षा निकायको ध्यान तानेको पुरानो प्रकरण पुनः चर्चामा नेपालगन्ज । खुला नेपाल–भारत सीमा, सीमावर्ती क्षेत्रमा हुने सहज आवतजावत र नागरिकताको अभिलेख व्यवस्थापनसँग सम्बन्धित कमजोरीबारे बहस भइरहेका बेला बाँकेको पुरानो एउटा प्रकरण फेरि चर्चामा आएको छ। नेपालगन्ज तथा नरैनापुर क्षेत्रमा धार्मिक शिक्षकका रूपमा सक्रिय रहेका सुभराती जोलाह, जसलाई केही स्रोतले ‘मकसूद जोलाह’ नामबाट समेत चिनाएका छन्, उनको नागरिकता, विदेशी पहिचान, भारतसँग सम्बन्धित सुरक्षा अनुसन्धान र नेपालमा उनीविरुद्ध चलेको फौजदारी अनुसन्धानसँग सम्बन्धित विषयले प्रश्न उठाएको हो। यस प्रकरणको महत्वपूर्ण पक्ष के हो भने सुभरातीविरुद्ध विगतमा जबरजस्ती…

Read More

नागरिकता तथा लिखतसम्बन्धी उजुरीदेखि हिरासतमा विशेष सुविधा दिएको आरोपसम्म; प्रहरीमाथि निष्पक्ष अनुसन्धान नगरेको आरोप वीरगञ्ज । नागरिकता तथा लिखतसम्बन्धी कसुर, अभद्र व्यवहार र प्रहरी अनुसन्धानसँग जोडिएको एक प्रकरणले जिल्ला प्रहरी कार्यालय पर्साको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। वीरगञ्ज महानगरपालिका–१७ निवासी पन्नालाल प्रसादले वीरगञ्ज–१० निवासी अनिल कुमार छपोलिया साह र उनका छोरा अनमोल साहविरुद्ध विभिन्न कागजात तथा प्रमाणसहित अनुसन्धानको माग गर्दै पटक–पटक प्रहरीमा निवेदन दिएको दाबी गरेका छन्। तर, प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउन आनाकानी गरेको उनको आरोप छ। प्रसादका अनुसार उनले सम्बन्धित व्यक्तिहरूको नागरिकता, लिखत तथा अन्य कागजातसँग सम्बन्धित विषयमा अनुसन्धान आवश्यक रहेको भन्दै प्रहरीलाई प्रमाणसमेत उपलब्ध गराएका…

Read More

चन्द्रनिगाहपुर, रौतहट — चन्द्रनिगाहपुरस्थित एक मस्जिदमा प्रयोग भइरहेको लाउडस्पिकरको आवाज अत्यधिक चर्को भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। दिनमा पटक–पटक बज्ने चर्को आवाजका कारण मस्जिद आसपासका बासिन्दालाई दैनिक जीवनमा असहजता भइरहेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। स्थानीयका अनुसार लाउडस्पिकरको आवाज कम गर्न तथा निर्धारित मापदण्डअनुसार प्रयोग गराउन पटक–पटक सम्बन्धित प्रहरी निकायमा जानकारी गराउँदा पनि अपेक्षित सुनुवाइ हुन नसकेको गुनासो छ। स्थानीयको गुनासो सम्बोधन गर्न प्रहरी प्रशासनले प्रभावकारी अनुगमन र आवश्यक पहल गर्नुपर्ने उनीहरूको माग छ। नेपाल–भारत हिन्दु मैत्री समाजका केन्द्रीय अध्यक्ष डा. राजीव झाले समेत यस विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पटक–पटक सम्पर्क गरी लाउडस्पिकरको आवाज कम गराउन…

Read More

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा घाइते भएका १८ वर्षीय युवा कृष्ण कुमार (रोहन हंङ्क)नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को कार्यकारिणी सदस्यमा मनोनित भएका छन्। आन्दोलनका क्रममा प्रतिनिधिसभा भवन अगाडि गोली लागेर गम्भीर घाइते भएका रोहनको शरीरमा अहिले पनि तीनवटा गोलीका छर्रा रहेको बताइएको छ। रोहन जेन्जी आन्दोलनका क्रममा २३ गते प्रतिनिधिसभा भवन अगाडि गोली लागेर घाइते हुने प्रारम्भिक युवामध्ये एक हुन्। आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेपछि उनको कुममुनि गोलीका तीनवटा छर्रा अड्किएको र उपचारका क्रममा सबै छर्रा निकाल्न नसकिएको बताइएको छ। कम उमेरमै राज्य र व्यवस्थासँग सम्बन्धित मुद्दामा सडकमा उत्रिएका सुनार केवल आन्दोलनका घाइते युवा…

Read More

काठमाडौं, भदौ २१। ऐतिहासिक जेन्जी विद्रोहका क्रममा घाइते भई नेपाल सरकारबाट आधिकारिक घाइते परिचयपत्र प्राप्त गरेका नागरिकहरूको साझा संस्था ‘घाइते जेन्जी नेपाल’ ले आफ्नो केन्द्रीय कार्यालय स्थापना गर्दै संगठनलाई औपचारिक रूपमा नयाँ चरणमा प्रवेश गराएको छ। काठमाडौंको बबरमहलस्थित सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा स्थापना गरिएको कार्यालयको बिहीबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले उद्घाटन गरेका हुन्। उद्घाटन समारोहपछि गृह मन्त्री सुधन गुरुङ ले पनि कार्यालयको अवलोकन गर्दै संस्थाका पदाधिकारी तथा घाइतेहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च अधिकारी, शहीद परिवारका प्रतिनिधि,…

Read More

जनकपुरधाम, साउन १८। धर्मनिरपेक्षता खारेजी अभियानले सुनसरीदेखि जनकपुरसम्म हालै भएका हिंसात्मक तथा दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशव्यापी रूपमा शोकसभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ। अभियानले जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएका सनातनी समुदायका दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्ति र अमरत्वको कामना गर्ने उद्देश्यले विभिन्न जिल्ला तथा स्थानीय तहमा शोकसभा सञ्चालन गरिने उल्लेख गरिएको छ। अभियानका अनुसार शोकसभाहरू पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित तथा श्रद्धाञ्जलीमा केन्द्रित हुनेछन्। कार्यक्रममार्फत दिवंगतहरूको सम्झनामा मौनधारण, श्रद्धाञ्जली अर्पण तथा सामाजिक एकताको सन्देश प्रवाह गरिने जनाइएको छ। विज्ञप्तिमा पछिल्लो समय विभिन्न स्थानमा देखिएका घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र पारस्परिक विश्वासमा चुनौती सिर्जना…

Read More

काठमाडौं, साउन १७ — सरकारले संघीय संसद्मा दर्ता गरेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबाटै संशोधन प्रस्ताव दर्ता भएपछि विधेयक थप बहसको केन्द्रमा पुगेको छ। विधेयकमाथि विभिन्न दलका १४ जना सांसदले कुल ७८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। संशोधन प्रस्ताव दर्ता गर्नेमा रास्वपाका क्रान्तिशिखा धिताल, लिमा अधिकारी (आचार्य), रन्जु न्यौपाने, सुशील खड्का, नितिमा भण्डारी (कार्की) र डा. तोसिमा कार्की रहेका छन्। यस्तै नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ, रेनुका काउँचा र गंगालक्ष्मी अवाल, नेकपा (एमाले) का कृपाराम राना र गुरुप्रसाद बराल, तथा नेपाल कम्युनिस्ट पार्टीका गणेशबहादुर विश्वकर्मा र परशुराम तामाङ ले पनि संशोधन…

Read More

काठमाडौं । भ्रष्टाचार, नातावाद, कृपावाद, जातिवाद, अहंकार र तानाशाही प्रवृत्तिको अन्त्य गर्दै सुशासन स्थापनाको मागसहित भएको भदौ २३–२४ को जेन्जी जनविद्रोहका शहीद परिवार तथा घाइतेहरूले अझैसम्म न्याय, सम्मान र राज्यको उचित सम्बोधन नपाएको गुनासो गरेका छन्। आन्दोलनका क्रममा सयौंले ज्यान गुमाएको, हजारौं घाइते भएको तथा राज्यको बेथिति अन्त्यका लागि जीवनको पर्वाह नगरी सडकमा उत्रिएका नागरिकप्रति सरकारले अपेक्षित संवेदनशीलता नदेखाएको उनीहरूको आरोप छ। घाइते तथा शहीद परिवारका अनुसार आन्दोलनमा सहभागी धेरै व्यक्तिहरू अहिले पनि शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक समस्यासँग जुधिरहेका छन्। उनीहरूका भनाइअनुसार राज्यबाट अपेक्षित सहयोग, उपचार, पुनःस्थापना तथा सम्मान नपाउँदा धेरै घाइते मानसिक तनाव र अवसाद (डिप्रेसन) को अवस्थासम्म…

Read More

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार यस दिन सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो। नयाँ मूल्यअनुसार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा हुने भएको छ। अघिल्लो कारोबार दिन यही सुनको मूल्य २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम रहेको थियो। यससँगै एकै दिनमा सुनको मूल्यमा उल्लेख्य कमी आएको देखिएको छ। त्यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी मंगलबार १३५ रुपैयाँ घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार…

Read More