काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा चितवन राइनोजको कप्तानी रवि बोपाराले गरेका छन्। यसअघि टोलीको नेतृत्व कुशल मल्लले गर्दै आएका थिए।
आजको खेलका लागि घोषित चितवनको प्लेइङ–११ मा मल्ल समावेश छैनन्। विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन्।
खेलअघि भएको टसमा विराटनगरका कप्तान लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला नौ खेलमा आफूले टस हारेको बताए। उनले पहिले ब्याटिङ गर्दै राम्रो योगफल बनाउने र त्यसको रक्षा गर्ने योजना रहेको उल्लेख गरे।
एनपीएलको तेस्रो संस्करणमा विराटनगर र चितवनले आजको खेलबाट प्रतियोगिताको सुरुआत गर्दैछन्।