
सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको नाम, तस्बिर र व्यक्तिगत विवरण सार्वजनिक गरेको छ ।
शनिबार बिहान कारागारबाट सुरुङ बनाएर आठ जना कैदीबन्दी फरार भएका थिए ।
फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणका लागि जिल्लाभरका प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रहरीले फरार व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई फेला पार्न सहयोग पुग्ने उद्देश्यले तस्बिरसहितको विवरण सार्वजनिक गरेको हो ।
साथै, उनीहरूको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।