
सुर्खेत । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय रमेश नाथको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ घरनजिकै बाटोमा खेलिरहेका बलबहादुर नाथका छोरा रमेशलाई स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले टाउकोमा ढुङ्गा प्रहार गरेका थिए।
गम्भीर घाइते बालकलाई पिपल स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा भक्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।