तितो सत्य

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्रता र प्रजातन्त्रको रक्षाका लागि निरंकुशतावादविरुद्ध ऐक्यबद्ध हुन सबैमा आग्रह गरेका छन्। शनिबार बिहान काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताको आठौं संस्करणको उद्घाटन गर्दै मन्त्री गुरुङले खुला र प्रजातान्त्रिक समाजमै मात्र खेलकुदजस्ता गतिविधिहरू सम्भव हुने बताए। “खेलकुदजस्ता गतिविधि स्वतन्त्र वातावरणमा मात्रै सम्भव हुन्छन्,” उनले भने, “संविधानले तोकेको सिमानभित्र रहेर अगाडि बढ्नुपर्छ, चाहे त्यो वैचारिक होस् वा भौगोलिक।” उनले अतिवादी सोच, जातीय विभाजन र विखण्डनकारी प्रवृत्तिहरूलाई रोक्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। “हामीले यस्तो सोचलाई समर्थन होइन, निरुत्साहित गरिरहेका छौं,” गुरुङले बताए। प्रजातन्त्रको रक्षा र निरंकुश सोचको अन्त्यका लागि ठूलो सोचका साथ…

Read More

जाजरकोट — जाजरकोट जिल्लामा शुक्रबार साँझ केही मिनेटको अन्तरालमा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै भूकम्पको केन्द्रबिन्दु पैंका क्षेत्रमा रहेको थियो। पहिलो भूकम्प साँझ ठीक ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ। त्यसको तीन मिनेटपछि, साँझ ८ बजेर १० मिनेट जाँदा दोस्रो भूकम्प गएको थियो, जसको परिमाण ५.५ म्याग्निच्युड मापन गरिएको छ। केन्द्रबिन्दु नजिकैको क्षेत्रमा भूकम्पको झट्का तीव्र महसुस गरिएको थियो भने टाढाका जिल्लामा समेत हल्का कम्पन अनुभूति भएको स्थानीयवासीहरूले बताएका छन्। हालसम्म कुनै मानविय वा भौतिक क्षतिको औपचारिक विवरण आइसकेको छैन। तर, भूकम्पीय गतिविधि दोहोरिएकोले स्थानीयवासीमा त्रास फैलिएको…

Read More

जाजरकोट — जाजरकोट जिल्लामा शुक्रबार साँझ मध्यम प्रकृतिको भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार साँझ ८ बजेर ७ मिनेटमा ५.२ रिक्टर स्केलको कम्पन मापन गरिएको हो।भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक क्षेत्रमा रहेको बताइएको छ। कम्पनले आसपासका क्षेत्रमा समेत भूकम्पको झट्का अनुभूति भएको थियो। यद्यपि हालसम्म जनधनको क्षतिको विवरण प्राप्त नभएको भूकम्प मापन केन्द्रले जनाएको छ।स्थानीयवासीले एक्कासी जमिन हल्लिएको महसुस गरेको र केहीबेर त्रासको वातावरण सिर्जना भएको प्रतिक्रिया दिएका छन्। धेरैले घर बाहिर निस्केर सुरक्षीत स्थानमा आश्रय लिएको जनाएका छन्।गत वर्ष जाजरकोटमा गएको शक्तिशाली भूकम्पपछि पटक–पटक साना–ठूला परकम्प आउने क्रम जारी रहेको छ। भूगर्भविद्हरूका अनुसार यो…

Read More

बुटवल, रूपन्देही — सुप्रिम सहकारी संस्थामा ठगी र संगठित अपराधसम्बन्धी आरोपमा संलग्नता देखिएको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामा पर्ने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालत रूपन्देहीको अघिल्लो आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। उक्त मुद्दामा गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीसम्बन्धी जिल्ला अदालतको थुनासम्बन्धी आदेशलाई पनि उच्च अदालतले सदर गरेको छ। उच्च अदालतका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले आदेशको जानकारी गराएका हुन्। सुप्रिम सहकारी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी र गितेन्द्रबाबु (जीबी) राईसहित ४२ जना प्रतिवादीको संलग्नतामा करिब ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको आरोप छ। लामिछाने,…

Read More

काठमाडौं – हालै राजधानीमा भएको राजावादी आन्दोलनका क्रममा देखिएको अराजकता र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति नदिइने गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन्। संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री लेखकले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति र सुरक्षाकर्मीमाथि भएको आक्रमणलाई सरकारले गम्भीर रूपमा लिएको बताए। उनले भने, “यो कुनै सामान्य विरोध प्रदर्शन थिएन, यसमा नियोजित रूपमा अराजकता फैलाउने काम गरिएको छ। आयोजक को थिए र कसरी यो घटना भयो भन्ने कुराहरू पहिचान भइसकेको छ।” गृहमन्त्रीले ती घटनालाई केवल राजनीतिक विरोधका रूपमा व्याख्या गर्न खोजिएको प्रयासप्रति असन्तुष्टि जनाउँदै त्यस्तो दृष्टिकोण गलत हुने बताए। “यदि हामीले यसलाई राजनीतिक कोणबाट हेरेर…

Read More

काठमाडौंको मुटुमा एक हप्ता अघिदेखि घटेको एउटा भयावह घटनाबारे थाहा पाउन जनताले सामाजिक सञ्जाल कुर्नुपर्यो। राजधानीमै २० जना नागरिकलाई गोली लाग्दा पनि मूलधारे पत्रकारिताले प्रहरीको प्रेस ब्रिफिङ कुन्जेल मुखमा ताल्चा लगायो। केही दशकअघिसम्म पत्रकारितालाई ‘सत्यको खोजी’ गर्ने माध्यम भनिन्थ्यो। तर आजको परिवेशमा पत्रकारिता खोजीभन्दा बढी सरकारबाट आउने ‘सूचना’ पर्खने प्रवृत्तिमा सीमित देखिन्छ। कुनै बेला पत्रकारहरू घटनास्थल पुगेर, प्रत्यक्षदर्शी खोजेर, साँचो विवरण उजागर गर्थे। तर अहिले पत्रकारहरू पुलिस क्लबबाट आउने ब्रिफिङ सुन्ने र सरकारको प्रेस नोटका आधारमा मात्र समाचार लेख्ने अभ्यासमै रमाइरहेका छन्। गोली चल्यो, खबर आएन चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आन्दोलन चर्कँदै गर्दा सुरक्षा निकायले भीड नियन्त्रण गर्न…

Read More

गौरको पर्यटन कार्यालय प्रमुख संजय मिश्राको गतिविधि विवादमा परेको छ।सरकारी कार्यालयभन्दा बढी होटलको कोठामा बस्ने, सरकारी योजना झोलाबाटै पास गर्ने र ठेकेदारहरूसँग प्रत्यक्ष बार्गेनिङ गर्ने उनको कार्यशैलीप्रति स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।कार्यालय छाडेर होटल धाउने प्रमुख स्थानीय व्यवसायी र नागरिकहरूका अनुसार प्रमुख मिश्र कार्यालयमा न्यून उपस्थिति जनाउँदै विभिन्न होटलमा सरकारी योजनाको ‘डिल’ गर्दै हिँड्ने गर्छन्। सञ्चारकर्मीहरूले उनलाई चपुर, गौर, र मलगंवाका विभिन्न होटलहरूमा सरकारी कागजातको झोला बोकेर घुम्दै गरेको अवस्थामा फेला पारेका छन्।झोलाबाटै सरकारी योजना वितरणमिश्राले पर्यटन कार्यालयको आधिकारिक दर्ता-चलानी बाहेक निजी रूपमा अर्को चलानी रेकर्ड राख्ने गरेको खुलासा भएको छ। योजनाहरू छनोट गर्ने, सम्झोता गर्ने र बजेट विनियोजनका काम…

Read More

काठमाडौं, चैत १९ – नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान निर्माणका क्रममा जनताले हिन्दुराष्ट्रका पक्षमा दिएको रायलाई बेवास्ता गरिएको आरोप लगाए। सांसद गिरीका अनुसार संविधान निर्माणका बेला जनताले दिएको रायलाई सुरक्षित रूपमा राखिए पनि त्यसलाई सार्वजनिक नगरी उपेक्षा गरिएको छ। उनले भने, “संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ। त्यो खोलियोस् त !” उनको दाबी अनुसार, नेपालका ८० प्रतिशतभन्दा बढी जनताले हिन्दुराष्ट्रका पक्षमा मत दिएका थिए, तर केही व्यक्तिहरूको चलखेलका कारण नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषित भयो। “त्यति बेला ८०…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री दीपक बोहराको मंगलबार निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सांस लिएका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, बोहरा लामो समयदेखि बिरामी थिए। ‘पोस्ट कोभिड’ का कारण उनको घाँटीमा समस्या देखिएको थियो, जसले गर्दा उनी बोल्न सक्दैनथे। सांसद बोहरा २०७९ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेका थिए। उनका श्रीमती र दुई छोरा छन्। केही समयअघि उनकी छोरीको पनि निधन भएको थियो।

Read More

काठमाडौं, नेपाल – नेपालमा गणतन्त्र स्थापनाको झण्डै दुई दशकपछि पनि राजसंस्थाको पक्षमा आवाज उठाउने शक्ति कमजोर भइसकेको छैन। हालैका दिनहरूमा विभिन्न सामाजिक तथा राजनीतिक समूहहरू राजसंस्थाको पुनर्बहाली र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै देशभर अभियान सञ्चालन गरिरहेका छन्। यस्तै अभियानमा अग्रमोर्चामा देखिने नाममध्ये एक हुन् डा. राजीव झा, जो दशकौँदेखि नेपालका पूर्वराजाको धार्मिक यात्रामा अग्रपंक्तिमा देखिँदै आएका छन्। डा. झा मधेशबाट राजसंस्थाको पक्षमा खुलेर बोल्ने केही प्रभावशाली व्यक्तित्वहरूमध्ये एक हुन्। उनले नेपालमा हिन्दू धर्मको रक्षा गर्दै विदेशी प्रभाव रोक्नुपर्ने धारणा राख्दै आएका छन्। विभिन्न सार्वजनिक मञ्चहरूमा उनी आक्रामक रूपमा बहस गर्ने, सरकारी पदाधिकारीलाई चुनौती दिने तथा कानुनी रूपमा समेत पहल…

Read More