काठमाडौं – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आइतबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएपछि आज पुनः बैठक बोलाइएको हो। आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच विवाद भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर, विपक्षी दलहरूले आफ्नो अडान नछाडेपछि बैठक पुनः सोमबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो। सत्तापक्षका नेताहरूका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरेका छन्। तर, संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीमा भने प्रधानमन्त्रीको सम्बोधन उल्लेख गरिएको छैन। विपक्षी दलहरूको माग विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म…
तितो सत्य
वीरगंज, चैत १७ – राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न संघ-संगठनहरुले आइतबार वीरगंजमा प्रदर्शन तथा मशाल जुलुस निकालेका छन्। संयुक्त जनआन्दोलन समिति, पर्साले दिउँसो जनप्रदर्शन गर्दै राजसंस्थाको पुनःस्थापनाका लागि दबाब सिर्जना गरेको थियो भने साँझ राष्ट्रिय बजरंग दलले मशाल जुलुस प्रदर्शन गरेको हो। साँझको मशाल जुलुस घण्टाघर चोकबाट सुरु भएको थियो, जसको नेतृत्व राष्ट्रिय बजरंग दलका केन्द्रीय अध्यक्ष राजु जैसवालले गरेका थिए। मशाल जुलुसमा बजरंग दल, पर्साका अध्यक्ष विवेक सिन्हासहित सयौं युवाहरुको सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा सहभागीहरुले ‘संविधान २०४७ कायम गर’, ‘हिन्दू अधिराज्य कायम गर’, ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ जस्ता नारा लगाएका थिए। प्रदर्शनका क्रममा प्रहरीले…
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। आइतबार साँझ ६:३० बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हालै तीनकुनेमा भएको प्रदर्शनका क्रममा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको घटनालाई मध्यनजर गर्दै प्रधानमन्त्रीले दलहरूबीच परामर्श गर्न बैठक आयोजना गरेका हुन्। सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि बैठकबारे पुष्टि गरेका छन्। प्रधानमन्त्रीले गणतन्त्र समर्थक दलहरूलाई छलफलका लागि आमन्त्रण गरेका छन्। तर, राजसंस्था पुनर्स्थापनाको एजेन्डा अघि सारेको राप्रपालाई भने बैठकमा बोलाइएको छैन। प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि विपक्षी दलहरूको बैठकमा राप्रपालाई नबोलाएको घटनासँग यसलाई तुलना गर्न सकिन्छ।…
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन्। व्यवस्थापन कार्य अन्तर्गत, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन्। यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन)…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा लाई अविलम्ब रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। माग पूरा नभए देशव्यापी विरोध प्रदर्शन र आन्दोलन गर्ने चेतावनी अध्यक्ष राजेन्द्र लिङ्देन ले दिएका छन्। शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक ले पछिल्लो घटनाक्रमको समीक्षा गर्दै सरकारको कदमको कडा विरोध गरेको छ। बैठकपछि अध्यक्ष लिङ्देनले सरकारको दमनकारी नीति र दोहोरो चरित्र प्रति आपत्ति जनाउँदै प्रजातान्त्रिक मूल्यमान्यतामाथि प्रहार सह्य नहुने बताए। आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी लिङ्देनका अनुसार, यदि २४ घण्टाभित्र मिश्र र राणाको रिहाइ नभए, राप्रपाले देशभर चरणबद्ध आन्दोलन…
काठमाडौँ, चैत १६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार हिंसा भड्काउन उद्यत रहेको आरोप लगाएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले पछिल्लो घटनाक्रमलाई हेर्दा सरकार नै अशान्ति सिर्जना गर्न खोजेको निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले हिंसा भड्काउन उक्साएको बताए। “प्रधानमन्त्रीले प्रतिकारको आह्वान गर्नुभएको छ, जसले सरकार नै हिंसा भड्काउन चाहन्छ भन्ने देखिन्छ,” उनले भने। तीनकुनेमा राजावादीहरूको सभामा नियोजित रूपमा अश्रुग्यास प्रहार गरिएको आरोप लगाउँदै लिङ्देनले सरकार प्रदर्शन बिथोल्न लागेको दाबी गरे। “शान्तिपूर्ण सभा भइरहेको बेला नियोजित रूपमा टियर ग्यास प्रहार गरियो, जुन सरकारको पूर्वयोजना…
काठमाडौं – शुक्रबार काठमाडौंको तीनकुने तथा आसपासका क्षेत्रमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि आज सुरक्षा निकायले कडा नीति अपनाउने भएको छ। प्रहरी उच्च स्रोतका अनुसार, शनिबार हुने कुनै पनि प्रदर्शनलाई सुरुमै नियन्त्रण गर्ने रणनीति तयार पारिएको छ। शुक्रबारको प्रदर्शनमा हिंसा, क्षति र मृत्यु शुक्रबार राजावादी समूहको प्रदर्शन उग्र बनेपछि काठमाडौं उपत्यकामा व्यापक अशान्ति फैलिएको थियो। प्रदर्शनका क्रममा भएको झडपमा दुईजनाको ज्यान गएको छ भने दुवै पक्ष गरी ११० जना घाइते भएका छन्। तीमध्ये नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ जना रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। त्यसैगरी, सरकारी तथा निजी गरी १५ वटा सवारीसाधन तोडफोड गरिएको थियो।…
काठमाडौं – राजधानीमा बिहीबार राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा स्थिति समीक्षा गर्न मन्त्रिपरिषद् बैठक डाकेका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिएका छन्। बिहीबार बिहानैदेखि राजावादी समूहले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएको थियो। उनीहरूले तीनकुनेलाई केन्द्र बनाएर सभा गर्ने तयारी गरेका थिए। तर, प्रदर्शन क्रममा प्रहरीले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। झडप र आगजनी प्रहरी र प्रदर्शनकारीबीचको झडपपछि राजधानीका विभिन्न भागमा अशान्ति फैलिएको छ। तीनकुने क्षेत्रमा स्थिति नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीहरू तितरबितर भए। उनीहरू सहरका अन्य भागमा गएर सार्वजनिक सवारीसाधनमा तोडफोड…
काठमाडौं— राजधानीमा शुक्रबार राजावादीहरूद्वारा आयोजित प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा २५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका प्रबन्धक नारायण ढकालका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त छ। तर, केही गम्भीर घाइतेको विशेष निगरानीका साथ उपचार भइरहेको छ। दुई प्रदर्शनकारी गम्भीर झडपका क्रममा अश्रुग्यास प्रहारबाट गम्भीर घाइते भएका निराजन बम पलाँता र अर्का एक जना गोली लागेका प्रदर्शनकारीलाई इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको स्वास्थ्यमा सुधार देखिएको छ। सुरक्षाकर्मी समेत घाइते घटनामा घाइते भएकामध्ये केही सुरक्षाकर्मीसमेत रहेको जानकारी अस्पताल व्यवस्थापनले दिएको छ। झडपमा संलग्न प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा दुवै…
काठमाडौं – पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले काठमाडौंको तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ। स्थिति नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ। तीनकुने क्षेत्रमा हिंसात्मक गतिविधि बढ्न थालेपछि सुरक्षा निकायले विशेष सतर्कता अपनाएको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन नेपाली सेनाका ट्यांक तथा सशस्त्र सैन्य टोली परिचालित गरिएको छ। नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार अहिलेको अवस्था विश्लेषण गर्दै आवश्यक निर्णय लिइने बताए। उनले भने, “हामीले स्थिति हेरेर कदम चाल्नेछौँ। कुनै क्षेत्रमा आगजनी तथा तोडफोड भएमा त्यसलाई नियन्त्रणमा लिनु हाम्रो प्राथमिकता हो।” सरकारले जोखिमयुक्त स्थानहरूमा कर्फ्यु समेत जारी गरेको छ। नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह गरिएको…