तितो सत्य

काठमाडौं – सन् २०२५ को वसन्त ऋतुका लागि नेपालका विभिन्न हिमालहरू आरोहण गर्न अनुमति प्रदान गर्न सुरु गरिएको छ। पर्यटन विभागका अनुसार अहिलेसम्म २४ देशका आरोहीहरूले आरोहण अनुमति लिइसकेका छन्। आरोहण अनुमति प्राप्त गर्नेहरूमा १८ महिला र ४० पुरुषसहित कुल ५८ जना आरोही छन्। विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार वसन्तकालीन हिमाल आरोहणका लागि अनुमति खुला भइसकेको छ भने सगरमाथा आरोहण अनुमति पनि छिट्टै दिइनेछ। उनले भने, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढ्दै गएको छ। आरोहण गराउने कम्पनीहरू तयारीमा जुटिसकेका छन्।” सगरमाथा आधार शिविरमा आरोहण कम्पनीहरू सक्रिय हाल सगरमाथा आधार शिविरमा आरोहीहरूलाई सहायता प्रदान गर्न तथा व्यवस्थापन गर्न विभिन्न पर्वतारोहण कम्पनीहरू सक्रिय…

Read More

काठमाडौं । देशका केही भूभागमा आज हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानको समय पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अधिकांश भूभागमा मौसम सफा रहनेछ। दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशमा भने आंशिक बदली रहने र खासै मौसम परिवर्तन नहुने मौसमविद्हरूले बताएका छन्। काठमाडौं उपत्यकामा आज आंशिक बदली रहनेछ। मौसमविद् मीनकुमार अर्यालका अनुसार उपत्यकामा केही दिनसम्म पानी…

Read More

संघीय संसद्का दुवै सदन— प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्ने कार्यतालिका छ। आजका बैठकहरूमा विभिन्न विधेयकहरू टेबुल गर्नुका साथै प्रश्नोत्तर र छलफलको कार्यक्रम पनि समावेश गरिएको छ। प्रतिनिधिसभाको सम्भावित कार्यसूची प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘संवैधानिक…

Read More

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सुशासनसँग जोडिएको सरकारले स्पष्ट पारेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले यो कदम कुनै व्यापारिक हिसाबले नभई सुशासन प्रवर्द्धनका लागि उठाइएको बताएका छन्। प्रवक्ता गुरुङले भने, “यो निर्णय नाफा–नोक्सानको हिसाबले गरिएको होइन। सरकार हरेक विषयमा व्यापारिक सोच राख्दैन। यसलाई सुशासनसँग जोडेर हेर्नुपर्छ।” यसैबीच, घिसिङको बर्खास्तीप्रति जनस्तरबाट विरोध भइरहेको छ। विभिन्न सामाजिक सञ्जाल तथा सडक प्रदर्शनमार्फत नागरिकले आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। विरोधका सम्बन्धमा प्रवक्ता गुरुङले लोकतान्त्रिक व्यवस्थामा मानिसहरू सडकमा आउनु स्वाभाविक भएको बताए। “लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ। मानिसहरू सडकमा निस्किन्छन्, यो…

Read More

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाल विद्युत् प्राधिकरणका बर्खास्त गरिएका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोज्दा विवाद उत्पन्न भएको छ। मंगलबार बसेको बैठकको एजेन्डा बीपी राजमार्ग र हुलाकी राजमार्गका विषयमा छलफल गर्ने रहेको थियो। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिवहरू उपस्थित थिए। बैठक सुरु भएपछि सभापति ऋषिकेश पोखरेलले नियमित कार्यसूचीअनुसार छलफल अघि बढाएका थिए। तर, नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले समसामयिक विषयमा धारणा राख्ने समय माग गरे। सभापतिले निर्धारित कार्यसूचीअनुसार मात्र धारणा राख्न आग्रह गरेपछि मोदी असन्तुष्ट बने। उनले सार्वजनिक सरोकारका विषयमा कुरा उठाउन पाउनुपर्ने माग गरे। तर, सत्तारूढ दलका सांसदहरूले बैठकको…

Read More

संघीयता खारेजी र २०४७ को संविधान पुनर्स्थापनाका लागि मधेशी नेतृत्वको प्रतिबद्धता कलैया, बाराः मधेशी राष्ट्रवादी समूहको आयोजनामा मधेशी समुदायको भूमिका र महत्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम व्यवस्था परिवर्तनको निर्णायक घड़ीमा मधेशी नेतृत्वको आवश्यकतामाथि केन्द्रित रहेको थियो। कार्यक्रममा राष्ट्रिय बजरंग दल, धर्म निरपेक्षता खारेजी अभियान, २०४७ को संविधान हाम्रो अभियान, नरसिंह हिन्दू सेना, मधेशी एकता समाज, मधेशी युवा सञ्जाल, मधेशी जेष्ठ नागरिक मञ्च, ॐ सनातन संस्कृति नेपाल लगायतका दर्जनौं मधेश केन्द्रित संगठन तथा अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता २०४७ को संविधान हाम्रो अभियानका केन्द्रीय अध्यक्ष सन्तोष झा ले गरेका थिए भने प्रमुख अतिथि नेपाल भारत…

Read More

काठमाडौं – जानी-नजानी भएका पाप नाश हुने विश्वासका साथ आज चैत्र कृष्ण पक्षको एकादशी, अर्थात् पापमोचनी एकादशी, देशभर व्रत, पूजा, पाठ गरी मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण एकादशीका दिन मनाइने यो एकादशी व्रत भगवान् विष्णुको पूजा, उपासना तथा आराधनासहित धूमधामका साथ सम्पन्न गरिन्छ। सनातन धर्मशास्त्रका अनुसार पापमोचनी एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई सुनाएका थिए भने लोमस ऋषिले मान्धाता राजालाई यसको महत्त्व बताएका थिए। पौराणिक कथाअनुसार, वसन्त ऋतुमा अप्सराहरूको विहारस्थल चैत्ररथ वनमा मेधावी नाम गरेका ऋषि कठोर तपस्या गर्दै बसेका थिए। मेधावी ऋषि र मञ्जुघोषाको कथा चैत्ररथ वनमा तपस्या गरिरहेका मेधावी ऋषिलाई मञ्जुघोषा नामकी अप्सराले मोहित पारिन्। ऋषि मोहमा परी…

Read More

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि उनले कानुनी लडाइँ लड्ने तयारी गरेका छन्। उनले आफूलाई औपचारिक रूपमा बर्खास्तीको पत्र प्राप्त भएपछि अदालत जाने बताएका छन्। बर्खास्तीको निर्णयबारे प्रतिक्रिया दिँदै घिसिङले भने, “मैले अहिलेसम्म पत्र पाएको छैन। पत्र पाएपछि कानुनी प्रक्रिया अघि बढाउँछु र त्यसपछि सबै विवरण सार्वजनिक गर्छु।” सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले घिसिङलाई किन हटायो भन्ने स्पष्ट कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। कुलमान घिसिङ २०७३ सालमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए। उनको नेतृत्वमा नेपालले लोडसेडिङमुक्त राष्ट्र बन्ने…

Read More

काठमाडौं – संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक आज बस्दै छ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले आफ्ना कार्यसूचीअनुसार छलफल गर्ने भएका छन्। अर्थ समितिको बैठक : भन्सार सम्बन्धी विधेयकमा छलफलअर्थ समितिको बैठक बिहान ११ बजे बस्ने तय गरिएको छ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। यस विधेयकले भन्सार प्रशासनलाई प्रभावकारी बनाउने तथा व्यापारिक प्रक्रिया सहज बनाउने लक्ष्य राखेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक : विश्वविद्यालय विधेयकमा दफावार छलफलशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान…

Read More

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन्। उनी आगामी बिमस्टेक (बे ऑफ बंगाल इनिसिएटिभ फर मल्टी-सेक्टोरल टेक्निकल एण्ड इकोनोमिक कोअपरेशन) को छैटौं शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणलाई स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को निर्णयपछि भ्रमण तयारीलाई तिव्र पारिएको एक मन्त्रीले तितो सत्य अनलाइनखबरलाई जानकारी दिए। बिमस्टेक शिखर सम्मेलन र नेपाल बिमस्टेक दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका सात देशहरूबीच क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संगठन हो। यस संगठनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन्। यस पटकको छैटौं…

Read More