तितो सत्य

मंगलबार प्रतिनिधि सभाको बैठकका शून्य समयमा नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेका छन् । सदनभित्र र बाहिर उपसभामुखको कुरा उठिरहेको छ । नैतिकताको कुरा उठेको छ । पदीय मर्यादाको कुरा उठेको छ । मानव तस्करीसाग सम्बन्धित कुरा उठेको छ । उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा गर्नका निम्ति जोडदार माग गरेका छन।नैतिक प्रश्न उठेको व्यक्ति संवैधानिक पदमा रहन नहुने बताएका हुन् ।

Read More

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस गरिएको हो । सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो

Read More

एक्काईसौँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरूपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गरे । प्रधानमन्त्री ओलीले अहिलेको सरकार मुलुकमा परिवर्तनका लागि नायकत्व लिएका पार्टीहरूकोसुविधाजनक बहुमतको सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल अघि बढाउने विश्वास दिलाए । उनले सरकार टेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको र हरेक क्षेत्रको गुनासो सुन्न तत्पर रहेको बताए । उनले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हड्ताल गर्ने…

Read More

सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ ।पुससम्ममा खोप आइसक्ने छ । करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका भएको हुदा खोप दुई पटक दिनुपर्ने र केही खोप खेर जाने हुँदा करिब ३४ लाख डोज आवश्यक पर्ने देखिन्छ ।’

Read More

काठमाडौं, नेपाल प्रहरीमा स्नातकोत्तर तह Masters in Police Sciences (MPS) संचालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने यस एमपिएस कार्यक्रम तथा यसमा समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको…

Read More

यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएईले सुरु गरेको ‘आममाफी २०२४’ बाट त्यहाँ अवैध रुपमा बसेका नेपालीले लाभ लिन सक्नेछन् ।आममाफीले म्याद सकिएको कागजात लिएर बसेकाहरुलाई आफ्नो ‘स्टाटस’ परिवर्तन गरेर त्यहीँ रहन वा जरिवाना तिरेर स्वदेश फर्किन सहज हुनेछ । यूएईमा रहनका लागि भने ‘जब अफर लेटर’ आवश्यक पर्नेछ । गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे/ओभरस्टे) लाई घर फर्किने अवसर दिन युएईले आममाफी घोषणा गरेको हो । यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा…

Read More

मेचि देखी माहाकाली सम्मका मधेशका जिल्लाहरु लगाया भारतका बिभिन्न राज्यहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछि दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ । साथै, गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ । सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् ।

Read More

नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दायर गरेको रिटमा दोस्रो सुनुवाइका लागि आज (बिहीबार)पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले उमेर हदअनुसार अवकाश नपठाउन माग गर्दै १२ भदौमा सर्वोच्चमा निवेदन दिएका थिए । पहिलो सुनुवाइमा १३ भदौमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको थियो । त्यसैगरी अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन । सामान्यतया बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठकमा आज मन्त्रालयहरूका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुनुका साथै गृह सचिवको नियुक्ति पनि हुन सक्ने जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार, मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको पदमा नियुक्ति हुने सम्भावना उच्च छ।

Read More

भारत महाराष्ट्रको सिन्धुदुर्ग जिल्लामा पर्ने राजकोट गढीमा नौ महिना अघि मात्र स्थापित छत्रपति शिवाजी महाराजको ३५ फिट अग्लो प्रतिमा हावाका कारण ढलेर टुक्राटुक्रा भएको छ ।उक्त प्रतिमाको अनावरण प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२३ को डिसेम्बर ४ मा गरेका थिए भारतको सरकारी समाचार एजेन्सी पीटीआईका अनुसार सिन्धुदुर्ग प्रहरीले छत्रपति शिवाजी महाराजको प्रतिमा बनाउने व्यक्ति मूर्तिकार जयदीप आप्टेलाई पक्राउ गरेको हो । उनलाई विहीबार नै अदालत पेश गर्ने तयारी छ । को हुन् छत्रपति शिवाजी महाराज ? छत्रपति शिवाजी महाराज महाराष्ट्र राज्यको संस्थापक मानिन्छन् । उनले मुगल शासक र औरंगजेब विरुद्ध कयौं युद्ध जितेर मराठा साम्राज्य स्थापित गरेका थिए ।उनको गुरिल्ला युद्ध…

Read More