काठमाडौं – पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ। आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको हो।
अस्पतालका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र अहिले खतरामुक्त छन्। उनलाई भेट्न पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।
यसअघि पनि पारस शाहको मुटुमा समस्या देखिएको थियो। यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा कार्यक्रम भएकाले काठमाडौं आइपुगेका छैनन्।
