तितो सत्य

बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ ।उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ । प्राधिकरणले आजै सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका…

Read More

सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको  कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको…

Read More

शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ । उच्च अदालतमा दुईजना मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेला सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमेत गरेको न्यायपरिषद् बैठकले १४ न्यायाधीशको सरुवा पनि गरेको हो ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू अवकाशमा जानु एकसाताअघि बैठक राखेर सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिसर उच्चका न्यायाधीशको सरुवा पनि गराएका हुन् ।

Read More

लेबनानमा तीन दिनमा ९० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। सोमबार यता इजरायलको आक्रमणका कारण लेबनानमा ९० हजारभन्दा धेरै विस्थापित भएका हुन्। संयुक्त राष्ट्रसङ्घले यो संख्या अझ बढ्नसक्ने अनुमान गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले हिजो भएको इजरायली हवाई आक्रमणबाट मात्रै ५० जनाको मृत्यु भएको जानकारी गराएको छ यसअघि इजरायलले लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा परेर ५५९ जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो। यो आक्रमण हुनुअघि लेबनानका मानिसलाई एसएमएस, फोन र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थिययो। उक्त चेतावनी लगत्तै बमबारी सुरु भएको बीबीसीले जनाएको छ।

Read More

सर्लाहीको हरिपूर्वामा वैदेशिक रोजगारीबाट फर्किएर घर आएका श्रीमान र श्रीमतीसँग विवाद हुदाँ गएराति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा मा एक घरमा बिबाद हुदाँ गोलि चलेको छ गोलि चल्दा अन्दाजी २३ वर्षकी आफ्नै श्रीमती चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका हुन भने ५४ वर्षीय बुबा रामदिनेश यादवलाई पनि गोली हानेका थिए । श्रीमती र बाबुलाई गोली हानी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको परिचय खुलाएको छैन गोली लागेका यादव घाइते छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Read More

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ । यस्तै दलको विवरण, वार्षिक लेखा परीक्षण प्रतिवेदन, संगठनात्मक स्वरूपसहितका आवश्यक कागजात दल दर्ताका लागि निवेदन दिँदा पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । आयोगले आज एक सूचना जारी गर्दै संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो । स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको…

Read More

पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी आजका लागि तोकिएको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासमा मुद्दाको पेसी परेको छ ।लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो । सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै सुनुवाइ भएको थियो ।प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेसीमा चढेको हो ।काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।त्यस्तै…

Read More

संसदीय सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलाई प्रस्ताव गरेको थियो र प्रस्तावित भट्टराईसंग स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको थियो ।श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । १४ साउनमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो । जसमध्ये अष्ट्रेलियाका लागि सिफारिस कान्ता भट्टराईको नाम सरकारले सुनुवाइ समितिमा नै पठाएन । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उतीर्णको प्रमाणपत्र माग गरेको थियो ।तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम…

Read More

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका ९ जना थुनुवाहरुमध्ये ७ जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल ,अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १-का १७ वर्षीय सुमितमेस्तर , धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय बिक्की कार्कीलाई पक्राउ गरिएको छ् ।राति नै भेन्टिलेसन फोडेर भाग्ने क्रममा सत्यमझा जनकचोकबाट पक्राउ परेका थिए । फरार थुनुवामध्ये २ जना नगराइन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल र औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया अझै फरार छन् र उनीहरूको खोजी कार्य…

Read More

अमेरिकामा रहेका नेपाली समुदायको मागपत्र बुझ्दै प्रधानमन्त्री केपी ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय ।

Read More