उनले आज र भोलि देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले सोही अनुसार सतर्कता अपनाउन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका हुन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्। ‘वर्षाको पूर्वानुमान गरिएअनुसार कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिईएको छ । थप समन्यव र सो सम्बन्धी आवश्यक काम कारवाहीका लागि गृह मन्त्रालयमा…
तितो सत्य
जल तथ मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपास ठूलो वर्षा भएको जनाएको छ । कोशी प्रदेशका अन्य केही स्थानमा पनि हल्का देखि मध्यम वर्षा भईरहेको छ। महाशाखाले आज दिउँसो कोशी र बागमती प्रदेशका केही स्थानमा एवं राति कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको अनुमान गरेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने बताइएको छ ।यस्तै, विभागले आज मोरङ, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा र आसपासका जिल्ला भएर बग्ने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको अनुमान गरिएको जनाएको छ । साथै भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ र…
१० गते देखि परेको अविरल वर्षाले भएको जनधनको क्षति असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बिहान ८ बजे राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण साथै प्रभावित क्षेत्रमा आउनसक्ने स्वास्थ्य महामारी रोक्नका लागि आवश्यक काम गर्न स्वास्थ्य मन्त्रालयमार्फत् स्वास्थ्यकर्मी परिचालन गर्ने, स्वच्छ पिउने पानीको व्यवस्थापन पर्ने लगायतका निर्णय गर्ने तयारी, बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी…
१० गतेदेखि परेको पानीका कारण अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृह मन्त्रालयका अनुसार ४३ जना अझै बेपत्ता छन् ।करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार मात्र काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्र बस तथा हाइसमाथि पहिरो खस्दा ३५ जनाको मृत्यु भएको छ ।
कान्तिलोकपथ सडक खण्ड हेटौडा काठमाण्डौ बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक पूर्ण रुपमा अवरोध भएको छ ।दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डकै ईन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।दक्षिणकाली छैमले सिस्नेरी सडक खण्डअन्तर्गत ईन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसी कुलेखानी-फाखेल-फर्पिङ बाटो पुर्ण रुपमा अवरोध भएको छ ।कुलेखानी मार्छु भित्रि सडक खण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोको कारण थानकोट-कुलेखानी बाटो पूर्णरुपमा अवरोध भएको छ । भीमफेदि गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसी हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरोध…
भारी वर्षासँगै आएको बाढी र पहिरोले पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य सडक वीपी राजमार्गमा ठूलो क्षति भएको छ । बनेपा- बर्दिबास १५८ किलोमिटर लामो सडकका मुख्य गरी काभ्रे क्षेत्रमा बढी क्षति भएको छ । नेपालथोक खुर्कोट खण्डमा २०० मिटर सडकमा पूर्ण रुपमा क्षति भएको छ ।धुलिखेलदेखि नेपालथोकसम्मको खण्डमा १ हजार ५०० मिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।सानो खहेर तथा पहिरो पन्छाएर सञ्चालन गर्न मिल्ने बाहेक ९ ठाउँमा पूर्ण रुपमा क्षति भएको छ । सडक विभागका सहप्रवक्ता तथा इन्जियर अमितकुमार शर्माका अनुसार ९ ठाउँमा गरेर कुल १ हजार ७०० मिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।रोशी…
बुटवलबाट काठमाडौं आउने क्रममा बाढीले पुरिएको विङ्गर र बसबाट शनिबार १४ वटा शव निकालिएको थियो। उद्धारलाई आइतबार पनि निरन्तरता दिँदा थप १० वटा शव सुरक्षाकर्मीले निकालेका छन्।हिजो १४ वटा शव निकालिएको ठाउँबाट आज सुरुमा ३ वटा र पछि थप ७ वटा शव निकालिएको हो ।प्रहरीका अनुसार झ्याप्ले खोलामा पुरिएको गोरखाको बस र चितवनको हायसबाट १० जनाको शव निकालिएको हो । झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् ।उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् । त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । बाढी-पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काभ्रेमा ६ जनाको मृत्यु भएको छ । १४ जना बेपत्ता रहेका छन् । विभिन्न स्थानमा गएको बाढी र…
नेपाल प्रहरीले जारी गरेको ‘हाइवे अपडेट’ मा शनिबार दिउँसो साढे १ बजेसम्म देशको अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएको उल्लेख छ । सातैवटा प्रदेशका मुख्य सडकका अधिकांश स्थानमा पहिरो खसेको छ ।अविरल वर्षापछि चलेको बाढीपहिरोका कारण देशका मुख्य सडकहरू ४५ स्थानमा अवरुद्ध भएको छ । ती स्थानमा पहिरो र बाढी चल्दा यातायात आवागमन ठप्प भएको हो ।हुम्लाको सुर्केगाड गाउँपालिका-४ मा पहिरो जाँदा कर्णाली प्रदेशको जीवनमार्ग मानिने कर्णाली करिडोरको सो खण्ड पूर्ण अवरुद्ध छ । बागमती प्रदेशका मुख्य राजमार्गको २४ स्थानमा पहिरो खसेको छ । पहिरो खसेका सबै स्थानमा आवागमन ठप्प छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको तह पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।