तितो सत्य

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।आइतबारै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत प्रांगण पुगेका थिए ।…

Read More

जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी।रौतहट को राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा पोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताएका छन ।

Read More

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ । विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । पार्टीले निर्देशन दिएको होइन, उहाँहरु यहाँको राजनीतिक अवस्थाले फर्कन लाग्नु भएको हो,’ कार्कीले भने ।उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।

Read More

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ ।जरुरी पक्राउ पुर्जी जारी भइसकेपछि नेपाल प्रहरीले एउटा उच्चस्तरीय टोली लामिछानेलाई पक्रन परिचालन गरिसकेको स्रोतले जनाएको छ  रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी खटाइएको सूचना सुनेपछि पार्टी कार्यालयमा कार्यकर्ता भेला हुन थालेका हुन् । अहिले रास्वपा कार्यालयमा च:मतीमा कार्यकर्ता जम्मा भइरहेका छन् ।गोर्खा मिडिया नेट्वर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरिसकेको छ । यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने निर्णय भए प्रतिवादमा…

Read More

एमाले सांसद सूर्य थापा संयोजकत्वको सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन वेबसाइटमा सार्वजनिक गरेको हो ।छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा भनिएको छ । छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ…

Read More

सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाकालागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताइन्।उनको शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि अर्को बैठकमा थप छलफल गर्ने सभापति न्यौपानेले बताइन्। राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरुकोफरक–फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । संवैधानिक…

Read More

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको हो । प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको कारण प्रहरीको साइबर ब्युरोले पक्राउको अनुमति मागेपछि पक्राउ पुर्जी जारी भएको हो ।

Read More

सहकारी समस्याको समाधान गर्न बनेको संसदिय छानबिन समितिले ९ पृष्ठ लामो सुझाव तयार पारेर सरकारलाई प्रतिवेदन बुझाएको छ ।सुझाव प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा  रहेको समितिको ठहर छ । यी सबै व्यक्ति सहकारीको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने भनिएको छ । 

Read More

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अघि उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण अनुसार भूमिका निर्वाह नगरेको दाबीसहित पदमुक्त गराउने सत्ता पक्षको प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।उपसभामुख हटाउन पुग्ने गरी स्पष्ट दुई तिहाईको आधार नदेखिएकाले अविश्वासको प्रस्ताव ल्याउने दिन यकिन हुन नसकेको हो । सत्ता पक्ष स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि ३१ भदौबाट संसद बैठक रोक्ने तयारी छ ।यो प्रकरणलाई टुंगाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरेका थिए । शुक्रबारको संवैधानिक परिषद् बैठकमा उपसभामुख रानाले आफ्नो बारे चलेका चर्चाबारे प्रश्न उठाएकी थिइन् । प्रधानमन्त्री ओलीले भने अहिले बाहिर आएका कुराहरुको पछि…

Read More

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त गरेको छ । बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् । त्यस्तै काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।साथै बैठकले प्रशासन तर्फका ५१ जना सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ ।

Read More