लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना १२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ ।प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाको हुनेछ ।पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको भवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।गत पुस २६ गते भएको ठेक्का सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्नेछ ।
तितो सत्य
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले हदम्यादको भ्रष्टाचार कसुरको पाँच वर्षे हदम्यादको प्रावधानलाई हटाइएको छ ।प्रावधान हटाउन प्रस्ताव गरेका थिए ।बैठकले सर्वसम्मत रुपमा उक्त प्रावधान हटाएको हो । भ्रष्टाचारजन्य कसुरमा पाँच वर्षे हदम्यादबारे सदनदेखि सडकसम्म विरोध हुँदै आएको थियो ।
संघीय संसदको दुवै सदनबाट पारित भइसकेको नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् । आइतबार ती देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकाकोमा स्वागत गरिएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल कायम मुकायम प्रधान सेनापतिलाई राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । उनलाई प्रधान सेनापतिमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरुमध्ये औसतमा वार्षिक १ हजार जना र दैनिक ४ ले ज्यान गुमाउँछन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा बढोत्तरी भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ । तथ्यांकका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म ३ हजार ८८७ श्रमिकले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाए । बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार…
पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बलुचिस्तानको कलात जिल्लामा ५ प्रहरीसहित ११ जनाको हत्या भएको छ। बलुचिस्तानको मुसाखेल जिल्लामा बन्धुकधारीले २२ जनाको हत्या गरेका छन्। गाडीमा सवार उनीहरुको गाडीबाट उतारेर हत्या भएको बीबीसीले जनाएको छ।यात्रुसँगै बन्दुकधारीले प्रहरी चौकी, सुरक्षा निकायको शिविर र केही सरकारी निकायमा आक्रमण गरेका हुन्।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ–३ की ३२ वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिनाका बालक आमुष रहेका छन् । यस्तै, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय बालक सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् । अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सहकारी विशेष छानबिन गर्न बनेको संसदीय समितिले शुक्रबार दिउँसोदेखि राति १ बजेसम्म ९ घण्टा बयान लिएको हो। रविले कुरा फुत्काउन मान्नुभएन त्यसपछि हामीले पनि प्रमाणका आधारमा सोधपुछ गरिरह्यौ त्यो हुनाले नौ घण्टा लामो बयान लिनुपरेको हो’, ती सदस्यले भने। समितिका ती सदस्यले रविले सोचेजस्तो जीबी राईका विषयमा बयान नदिएको बताइएको छ। विभिन्न तथ्य र प्रमाणका आधारमा लोमो समय बयान लिनुपरेको सहकारी समितिका सदस्यले जानकारी दिएका छन। बयानमा रविले के भने ? रविले बयानका क्रममा आफूले कुनै पनि रूपले सहकारीको पैसा हिनामिना नगरेको दाबी गरेका छन्। समितिका एक सदस्यले खबरहबसँग कुराकानीमा भने, ‘मलाई जीबी राईको…
तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ । दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३…
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि शुक्रबार बोलाइएको हो ।समितिले लामिछानेलाई दिउँसो २ बजे सोधपुछमा बोलाएको छ भने लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।