अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ। एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो। गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ। अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ। प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताए।डा. दासले भने, ‘गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ। यसले दिउँसोका समयमा दैनिक ज्यालादारी…
तितो सत्य
१८औँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। २०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गरे। त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएको राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलन आरम्भ भयो। २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको आन्दोलनले चैतमा गति लिएको थियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११…
गुजरातको सूरतमा लोकसभा चुनावमा कांग्रेस पार्टीका उम्मेदवार नीलेश कुम्भानीको उम्मेदवारी रद्द भएपछि अब नयाँ मोड आएको छ । कांग्रेस उम्मेदवारको उम्मेदवारी खारेज भएपछि बाँकी सबै स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।बीबीसी गुजराती सेवाका अनुसार सुरतका कलेक्टर र रिटर्निङ अफिसरले भाजपाका उम्मेदवार मुकेश दलाललाई निर्विरोध विजयी घोषणा गरेका छन्।गुजरात बीजेपी प्रमुख सीआर पाटिलले सोशल मिडिया प्लेटफर्म X मा मुकेश दलाल निर्विरोध निर्वाचित भएकोमा बधाई दिए।विजयी घोषित भएका भाजपा सांसद मुकेश दलालले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपाका प्रदेश इन्चार्ज सीआर पाटिललाई धन्यवाद दिएका छन्।उनले भने, “आज गुजरातमा, सूरतमा, देशमा पहिलो कमल फुल्यो। म…
कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।भने त्यसैगरी बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ ।आकस्मिक अवस्थामा उडान–अवतरण हुन सक्छ’, भने, ‘सामान्य अवस्थामा भीभीआईपी उडानलाई प्राथमिकता दिइन्छ ।’स्रोतका अनुसार राजा निजी जहाजमा आउने तयारी छ । उनको जहाज राख्न पार्किङ बे समेत खाली राखिने छ ।…
सरकारले लगानी सहजीकरण सम्बन्धी नेपाल ऐन ,भूमिसम्बन्धी ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय कारोबार ऐन २०६३, विशेष आर्थिक ऐन २०७३,सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वन ऐन २०७६ र औद्योगिक व्यवसाय ऐन २०७६ पनि अध्यादेशमार्फत संशोधन हुने स्रोतले बताएको छ ।संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो । यो अध्यादेशमार्फत ९ वटा ऐन संशोधन हुनेछन् ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४ मिलिग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने ३१ वर्षीय आकाश धिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने २१ वर्षीय अनी मगर र २० वर्षीय आनिहान लिम्बुलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रूपैयाँसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको…
झापाका विभिन्न मिति, समय र स्थानहरूमा जम्मा बिगो ३० लाख १६ हजार ६ सय ८७ रूपैयाँ बराबरको रकम चोरीका १३ वटा घटनाहरूमा संलग्न रहेको अभियोगमा ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ फाखेल बस्ने ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान,२५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका-८ बस्ने २८ वर्षीय अजय राना मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा ईटहरीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू…
कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् । उनको दुई दिनको राजकीय भ्रमणमा हुने छ ।
सोमबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा भएको नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभामा आफ्नो मन्तव्य दिने क्रममा उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’ गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने बताए । आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताए ।वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्।वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताए ।
माल्दिभ्समा ‘चीन समर्थक’ मोहम्मद मुइज्जुको ठूलो जित, भारतको चिन्ता बढ्छ ? माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कंग्रेसले संसदीय निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेको छ ।गत वर्षको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि यो निर्वाचनलाई उनको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको थियो ।विज्ञहरूले पीपुल्स नेसनल कांग्रेसको यो जितलाई मुइज्जुको चीन समर्थक र भारत विरोधी नीतिहरूमा छापको रूपमा हेरिरहेका छन्।माल्दिभ्सको ९३ सिट भएको मजलिसमा मुइज्जुको पार्टीले दुई तिहाइभन्दा बढी सिट जितेको छ । मुइज्जुको यो जित यसकारण पनि महत्वपूर्ण छ किनभने पछिल्लो संसदमा उनको पार्टी पिपुल्स नेसनल कंग्रेस र उनका सहयोगीहरूले जम्मा आठ सिट पाएका थिए।जसका कारण उनीहरुलाई कुनै पनि…