सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्राम, २ थान मोबाइल, १ थान कैंचीसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा सुर्खेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको छ । झापा, मेचिनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित कमल गाउँपालिका-५ बस्ने २० वर्षीय मनिष मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित…
तितो सत्य
शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)बीच सामान्य झडप भएको छ । नेविसंघले क्याम्पसमा आर्थिक अनियमितता भएको भन्दै क्याम्पस प्रमुखलाई विज्ञप्ति बुझाउन जानेक्रममा स्ववियु अध्यक्षले रोक्न खोजेपछि झडप भएको हो । नेविसंघले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, लेखा प्रमुख सुद्धर्शन थापा, विद्यार्थी कल्याण प्रमुख गजेन्द्र गोहित र स्ववियु अध्यक्ष सुशान्त बस्नेतको मिलेमतोमा क्याम्पसमा आर्थिक अपचलन गरेको आरोप लगाउँदै आएको छ ।
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न सरकार एवं त्रिभुवन विश्वविद्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कानूनी सल्लाहकार खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न आदेश दिंदै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार चीनका आधाभन्दा बढी ठूला सहरहरू डुबिरहेका छन्।उनका अनुसार जमिनमुनिबाट पानी निकाल्ने र तीव्र गतिमा बढ्दो सहरमा भार बढेका कारण यस्तो भइरहेको हो ।कतिपय सहरहरूमा जमिन धेरै छिटो डुब्ने क्रममा छ भने छ सहरमध्ये एउटामा वार्षिक १० मिलिमिटरको दरले जमिन डुबिरहेको छ ।अन्वेषकहरूका अनुसार चीनमा पछिल्ला केही दशकहरूमा तीव्र रूपमा सहरीकरण भएको छ, जसका कारण केही क्षेत्रहरूबाट जमिनमुनिको पानी बढी निस्कन थालेको छ।तर तटीय सहरहरूमा पानीको सतह बढेसँगै लाखौं मानिस बाढीको जोखिममा छन् । चीनका कुन कुन क्षेत्र बढी प्रभावित छन् ?यद्यपि, चीनले यस प्रकारको समस्याको सामना गर्ने लामो इतिहास छ। सन् १९२० को दशकमा सांघाई र तियानजिन दुवै…
‘चाणक्य नीति’ आचार्य चाणक्यको संसारभरि राजनीतिको लागि सबैभन्दा चर्चित र प्रशंसा र स्वीकृत कार्य हो। यस ग्रन्थमा आचार्यले राजाबाट प्रजालाई महत्वपूर्ण निर्देशन दिएका छन्, जसलाई अपनाएर जोसुकैले सुखी, समृद्ध, ऐश्वर्यपूर्ण र शान्तिमय जीवनको आनन्द लिन सक्नेछन् । आचार्य चाणक्यको यो नैतिक ज्ञान सबैका लागि सुख, शान्ति र विजयको अद्वितीय कुञ्जी हो। आफ्नो ज्ञान र अनुभवको बलमा आचार्य चाणक्यले जनताको उत्थानका लागि कौटिल्य अर्थशास्त्र, चाणक्य सूत्र र चाणक्य नीति जस्ता ग्रन्थहरूको रचना गरे। आचार्य चाणक्य – एक महान र कुशल राजनीतिज्ञ चाणक्यको जीवनसँग सम्बन्धित कुनै प्रमाण पूर्ण रूपमा स्पष्ट छैन। उपलब्ध प्रमाणहरूमा धेरै भिन्नताहरूको कारण विचारमा भिन्नताहरू छन्। ज्ञात प्रमाणका आधारमा…
गोरखा भूकम्पको नवौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुङ्गा जिल्लामा बढी प्रभाव पारेको थियो ।बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पका कारण करिब ९ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी आठ लाख बढी निजी आवासमा क्षति पुगेको थियो । भूकम्पले करिब एक हजार ५०० सांस्कृतिक सम्पदामा क्षति भएको…
कक्षा १ १. कक्षा १ नेपाली २. कक्षा १ अंग्रेजी ३. कक्षा १ गणित नेपाली संस्करण ४. कक्षा १ गणित English version ५. कक्षा १ सेरोफेरो कक्षा २ १. कक्षा २ नेपाली २. कक्षा २ English ३. कक्षा २ गणित नेपाली संस्करण ४. कक्षा २ Maths English Version ५. कक्षा २ सेरोफेरो कक्षा ३ १. कक्षा ३ नेपाली २. कक्षा ३ English ३. कक्षा ३ गणित नेपाली संस्करण ४. कक्षा ३ Maths English Version ५. कक्षा ३ सेरोफेरो कक्षा ४ १. कक्षा ४ नेपाली २. कक्षा ४ English ३. कक्षा ४ गणित नेपाली संस्करण ४. कक्षा ४ Math English Version…
हालको अवस्थाः विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ। लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा बिगत दूई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानहरूमा बिगत एक दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । चेतावनी नक्सा: चेतावनी तथा परामर्शः आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार (माथि चित्र) तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। तसर्थ, ती भू-भागहरूमा आगामी ५ दिन (२०८१ बैशाख १० गते देखि २०८१ बैशाख…
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिन बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुग्दै हुनुहुन्छ । उहाँ फिलिपिन्स र बंगलादेशको भ्रमण पूरा गरेर नेपाल आउन लाग्नु भएको हो । नेपाल र कतारबीच २१ जनवरी १९७७मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । कतारबाट अमिरको तहमा नेपालमा भएको यो पहिलो भ्रमण हो । यसैले यसको निकै महत्व रहेको छ । यद्यपि नेपाल र कतारबीच अहिले मुख्य रुपमा श्रमिक सम्बन्धी विषय मात्र प्रत्यक्ष रुपमा जोडिएको छ । कतारमा अहिले ३ लाख ६७ हजार ३ सय ८९ जना नेपाली श्रमिक रहेको श्रम मन्त्रालयको तथ्यांकबाट देखिन्छ । कतारका अमिरले नेपाल…
भगवद्गीताका १८ अध्याय छन् र भगवानले संस्कृतमा दिएका थिए। समयसँगै संस्कृत भाषा दैनिक जीवनबाट बाहिर गयो र यो ज्ञान मानिसबाट लोप भयो। समय-समयमा श्रीमद्भागवत गीता सरल अक्षरहरूमा अनुवाद गरिएको थियो। यही प्रयासलाई अगाडि बढाउँदै श्रीमद्भगवद्गीताको सम्पूर्ण सारलाई सहज रूपमा यहाँ प्रस्तुत गर्दैछु। भगवानले करिब ५ हजार वर्ष पहिले सबैभन्दा ठूलो धार्मिक युद्ध महाभारतको रणभूमि कुरुक्षेत्रमा भगवान कृष्णद्वारा अर्जुनलाई यो ज्ञान दिनुभएको थियो। यो समय थियो जब धर्म बारम्बार उल्लङ्घन भयो, मानिसले भगवानको डर गुमाए, भाइले लोभका कारण भाइलाई मार्न खोज्यो र यति मात्र होइन, एक विवाहित महिलालाई सार्वजनिक जमघटमा ठूलाहरूका अगाडि अपमानित गरियो। मानव जाति धर्मयुगबाट बाहिर निस्केर पूर्णतया कलियुगमा…