सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवाको लाइसेन्स अवधि यही वैशाख २८ मा समाप्त हुने भएको छ । कम्पनीले २९ वैशाख २०५६ मा प्राप्त गरेको जीएसएम सेलुलर मोबाइल सेवाको २५ वर्षे लाइसेन्स नवीकरण हुने वा पुनः नयाँ लिनुपर्ने भन्नेमा कानूनी स्पष्ट नहुँदा अन्योलता छाएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौडेलका अनुसार नेपाल टेलिकमको लाइसेन्सको म्याद समाप्त भएको खण्डमा के गर्ने भन्ने विषय स्पष्ट छैन । यस्तोमा आवश्यक नीतिगत निर्णयका लागि सरकारलाई केही साता अघि नै अनुरोध गरी पठाइएको उनले बताए । बढीमा २५ वर्षका लागि लाइसेन्स जारी गरिएको भए पनि दूरसञ्चार सेवा प्रदायकहरूले १० वर्षमा…
तितो सत्य
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताउनुभएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप-निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताउनुभएको हो । प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि…
भारतमा जारी संसदीय निर्वाचनका निम्ति मुख्य विपक्षी दल कङ्ग्रेसले आफ्नो घोषणापत्रमा ‘अग्निपथ’ भनिने छोटो समयका लागि हुने सैन्य भर्ती योजना रद्द गरिदिने उल्लेख गरेपछि उक्त योजनाका कारण नेपालमा परिरहेको प्रभावको विषय पुन: चर्चामा आएको छ। भारत सरकारले दुई वर्षअघिदेखि लागु गरेको सैन्य भर्तीको ‘अग्निपथ’ भनिने नयाँ योजनाअन्तर्गत नेपाल सरकारले नेपाली युवालाई भारतीय सेनामा भर्ना नलिन आग्रह गरेका कारण अहिले उक्त भर्ती ठप्प छ। त्यसका कारण एकातिर ‘लाहुरे’ बन्ने सपना देखेका कैयौँ नेपाली युवाहरू अन्योलमा देखिन्छन् भने अर्कातिर दुई देशबीचको २०० वर्षदेखिको सैन्य सम्बन्धको विरासत जोखिममा परिरहेको विश्लेषकहरूले औँल्याएका छन्। अग्निपथ’ योजनामा सामेल भएर भर्ती हुने ‘अग्निवीर’हरूमध्ये ७५ प्रतिशतलाई चार वर्षको…
यदि तपाईं कसैको व्यक्तिगत विषयमा जान्न चाहनुहुन्छ भने ऊ सुतिरहेको अवस्था हेर्नुस्। किनकि, सुत्ने शैलीले मानिसको आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारी दिन सक्छ। एक हजारभन्दा धेरै व्यक्तिको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्यान्डमा एउटा अध्ययन गरिएको थियो, जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराको जानकारी दिन्छ। स्कटल्यान्डको इडिनवर्गमा अवस्थित निद्रासम्बन्धी अध्ययन गर्ने संस्था ‘स्लिप असेस्मेन्ट एन्ड एड्भाइजरी सर्भिस’ का निर्देशक प्रोफेसर क्रिस इजिकोवाक्सीले सयन स्थितिका मुख्य ६ आसनको अध्ययन गरेर व्यक्तित्वको अन्तरसम्बन्धलाई छर्लंग पार्ने कोशिस गरेका थिए। क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको बडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्ष नखुल्न…
राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिनुभएका छ । राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो इन्टरनेट ब्याण्डविथबापत १२ महिनाको करिब ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण नेपालभर जतिबेला पनि इन्टरनेट अवरुद्ध हुन सक्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो । सर्वोच्च अदालतले नक्कली भुटार्नी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पहिलो संविधानसभा सदस्यसमेत रहेका शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत…
रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा नेता मोहम्मद अफताब आलम उनका भाइ महताभ आलम त्यस्तै शेष सेराज भन्ने शेष सराज, बद्री सहनीलाई पनि जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । उनीहरुले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए ।
वैदिक ऋषि महर्षि कश्यपका छोरा पक्षी राजा गरुडलाई भगवान विष्णुको यातायातको साधन भनिन्छ। एक पटक चरा राजा गरुडले विष्णुलाई मृत्युपछि जीवित प्राणीहरूको अवस्था, जीवित प्राणीहरूको स्वर्ग र नर्कको यात्रा, विभिन्न खराब कर्महरूका कारण जीवित प्राणीहरूको जन्म र तिनीहरूको खराब अवस्था सम्बन्धी धेरै रहस्यमय प्रश्नहरू सोधे। जसले पाप गर्छ। त्यसबेला भगवान विष्णुले गरुडलाई उपदेशको रूपमा दिएको उत्तर यस पुराणमा दिइएको छ। यस पुराणमा पनि यही शिक्षाको विस्तृत चर्चा गरिएको छ – डाउनलोड गर्नुहोस् पक्षिराजको आदेशमा भगवान विष्णुको मृत्युपछि उनको मुखबाट रहस्य र लोककल्याणका कुराहरू प्रकट भएको थियो, त्यसैले यो पुराणलाई यो नाम दिइएको हो। भगवान विष्णुको मुखबाट निस्केको यो पुराण वास्तवमा…
असन्तुष्टी वा सरकारको विरोध लगायत विभिन्न कारणबाट बेलाबखत संगठित वा असंगठित रूपमा भिड वा हुलदंगा हुने गरेका छन् । विभिन्न किसिमका हुलदंगा, बन्द हड्ताल, तालाबन्दी, आगजनी, तोडफोड, अवरोध, धर्ना, चक्काजाम, घेराउ लगायतका उग्र गतिविधि समाजका लागि संवेदनशील क्रियाकलापहरू हुन् । भीडलाई व्यवस्थापन गर्न प्रहरीको प्रमुख भूमिका रहन्छ । विभिन्न समयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी संयमता पूर्वक नीति, नियमको परिधिभित्र रहेर सक्रिय रूपमा काम गरी शान्ति सुरक्षा कायम गर्दै आइरहेको छ । यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले बल प्रयोगको सिद्धान्तलाई आत्मसाथ गर्दै आइरहेको छ । भिड नियन्त्रणको क्रममा नेपाल प्रहरीले कम भन्दा कम क्षति होस् भनि विभिन्न…