तितो सत्य

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् भने ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।सोमबार सकिने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र २ वटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर…

Read More

इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । ईलाम को भौगोलिक कठिनाइ र सडक राम्रो नभएका कारण मतपेटीका सदरमुकाम ल्याउन समय लाग्ने राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय ईलामको रहेको छ ।सम्पूर्ण मतपेटीकाहरु संकलन हुनासाथ मतगणना शुरुहुने ।मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले मतगणना केन्द्र रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ । प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’मा…

Read More

प्युठान, कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीहरूलाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ६७ वर्षीया हुमी कुमारी देवी सारू, ७५ वर्षीया दिलिसरा देवी सोमै, ४० वर्षीया सिता देवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतली देवी नेपाली रहेका छन् । सरूमारानी गाउँपालिका-४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले अवैध सम्बन्धबाट छोरा जन्माएको विषयमा २०६३ असोज ९ गते हुमी कुमारी देवी सारू, दिलिसरा देवी सोमै र हिमी कुमारी राना समेतले कुटपिट गर्दा गम्भीर घाइते भएकी हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानबाट…

Read More

मिति २०८१/०१/१५ गते अं.१३;४५ बजेको समयमा अ.प्र.पोष्ट छेदिचौकमा खटिएको प्रहरी गस्ती टोलीले बिशेष सूचनाको आधारमा जिल्ला रौतहट कटहरिया नगरपालिका वडा नं. २ छेदिचौक स्थितमा शंकास्पद रुपमा जंगलसहियाबाट कटहरिया तर्फ आउदै गरेको प्र.२-०३-००१ह ३१५ नं. को अटोलाई रोकी चेकजाँच गर्दा चालक बसेको सिटमुनि रातो पलाष्टिकको झोलामा लुकाई छिपाई राखि ल्याएको १० किलो ५०० ग्राम (दश किलो पाँच सय ग्राम) ला.औ. गाँजा फेला पारी गाँजा, अटो र सोही अटोमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि थप अनुसन्धान कार्य भई रहको ।निम्नः-१) जि. बारा निजगढ न.पा. १ बजार टोल बस्ने विर्ख बहादुर…

Read More

इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । इलाम-२ को उपनिर्वाचनमा जारी मतदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरी मतदान गरेकाछन। निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न । तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गर्नुभएको हो । उहाँले शनिबार बिहान माङसेबुङ गाउँपालिका-२ स्थित जनताकल्याण आधारभूत विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा घन्टी चिन्ह अंकित ब्याज लगाएरै मतदान गरेका थिए ।उपप्रधानमन्त्री तथा गृहमंत्रीले नेतृत्व…

Read More

उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचन अन्तर्गत इलाम- २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । मतदान सुरु भएसँगै प्रमुख दलका र मुख्य प्रतिस्पर्धी भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार…

Read More

रौतहटको दुर्गा भगवती गाऊँपालीका वडा नं ०३ मत्सरी मा आन्नद कुमार झा (ठोला झा) को घरमा दिनको अन्दाजी ३ बजे को समयमा बिधुत को तार सट भई निस्किएको झिल्काबाट गाई गोठ र गाई गोठ संगै टासिँएको घाँस दाउरा खेतमा पानी पटाउने पम्पिसेट तथा खेती किसानी मा प्रयोग हुने चिज बस्तुहरु जलेर पुर्णरुपमा नष्ट भएको छ । गाई गोठमा २ गाई र १ बाछा भने पुर्ण रुपमा सुरक्षित छ अचानक आगोको ठुलो मुस्लो निस्किय पछि होहल्ला ले छरछिमेक को बाक्लो उपस्थिती ले आगो नियन्त्रण मा लिन सफल भएको थियो । ३ महिना मात्र पहिला २ कोठाको खरको घर निर्माण गरिएको थियो…

Read More

वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले दीपेशलाई ४ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाएर छुट्दा फेरि सुन प्रकरणमा सीआईबीले पक्राउ गर्ने सूचना पाएपछि पुन चलाखीपूर्वक धरौटी नबुझाई थुनामै बसेका थिए । सहकारी प्रकरणमा धरौटी बुझाएर रिहाभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन फेरि पक्राउ परेका छन ।आज धरौटी बुझाएर छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेरि पक्राउ गरेको हो पुनको नाम सुन काण्ड लगायत विभिन्न प्रकरणमा मुछिएको छ ।

Read More

जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर। आ.व. २०७९/०८० मा जिल्ला महोत्तरी, एकडारा गाउँपालिका वडा नं. १ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलले एकडारा गाउँपालिका वडा नं. १ अन्तर्गतका स-साना सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी…

Read More

वन्यजन्तु दिएर विदेशीसँग सम्बन्ध जोड्ने र प्रगाढ बनाउने राजतन्त्रकालीन ‘संरक्षण कूटनीति’लाई गणतन्त्रकालीन राजनीतिक नेतृत्वले पनि निरन्तरता दिंदै आएका छन् । २०६२/६३ को जनआन्दोलनपछि केही समय हटेको थियो । २०७३मा कानुनमै व्यवस्था गरिएपछि फेरि नेपालले परस्थानीय संरक्षणका लागि भन्दै विदेशीलाई खुसी पार्नकै लागि देशभित्र संरक्षण गरिएका वन्यजन्तु उपहारमा दिइरहेको छ । २०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री र अग्नि सापकोटा वन मन्त्री भएका बेला पुनः वन्यजन्तु उपहारमा दिने क्रम शुरु भएको हो राजतन्त्रकालीन समयमा भने तत्कालीन राजा र राजपरिवारका सदस्यले तथ्यांक नराखी वन्यजन्तु उपहारमा दिएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरु बताउँछन् । तस्वीर अनलाइन खबरबाट

Read More