तितो सत्य

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि–२०८१’ स्वीकृत गरेका छन् ।संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रुपमा भेला हुने हकको उपभोगलाई थप सुव्यवस्थित गर्दै सरकारी सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानी नोक्सानीलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यविधि बनाइएको प्रस्तावनामा उल्लेख छ ।यसरी हुने क्षतिको यथार्थ लेखाजोखा र मूल्यांकन गरी त्यसको परिपूरण गर्न समेत आवश्यक भएको भन्दै सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली–२०६५, को नियम ९ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरेको उल्लेख गरिएको छ ।

Read More

अबदेखि गृह मन्त्रालय प्रवेशका लागि आफैले पनी अनलाईन पास लिन पाइने छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए ।त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।

Read More

पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह…

Read More

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएको छ ।

Read More

उपप्रधानमन्त्री तथा गृहमंत्री ले नेतृत्व गरेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका लिम्बूले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए । लिम्बू पार्टीको चुनाव चिह्न अंकित ब्याज लगाएरै मतदान केन्द्रमा पुगी मत दिएर बाहिरिएका थिए । लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको फोटो बाहिरिएपछि निर्वाचन आयोगको उपसचिव – आयोगका सहायक प्रवक्ता राम दत्त पाण्डेय लाई निजको मोबाइल नं : ९८५१३२१३८४ मा तितोसत्य अनलाईन खबरबाट संम्पर्क गरी समाचार सहित सुनाएको र सहायक प्रवक्ता ले हाल सम्म हामिलाई कुनै आधिकारिक सुचना वा उजुरी…

Read More

मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारणलाइन र मातातीर्थ २२० केभी सबस्टेशन आजदेखि औपचारिक सञ्चालनमा ल्याउन लागिएको हो । यो प्रसारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले एक करोड तीन लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा पाएको थियो । कम्पनीले २०७३ भदौबाट प्रसारणलाइन जडान थालेको थियो । यही आयोजना अन्तर्गत काठमाडौं मातातीर्थ र तनहुँ मार्कीचोकमा २२०/१३२/३३ केभी क्षमताका सबस्टेशन निर्माण भएको हो । सबस्टेशन निर्माण सम्पन्न भएकाले दुबै संरचना औपचारिक रूपमा आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।

Read More

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश २०८१ जारी गरका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । आइतबारदेखि नै काठमाडौंमा सुरूभएको तेस्रो लगानी सम्मेलन सुरु भएको छ । त्यही दिन सकारात्मक सन्देश दिने गरी लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि जारी भएको हो । सरकारले गत वैशाख १० गतेको मन्त्रिपरिषद्बबाट लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । के छ अध्यादेशमा? प्रस्तावनाः लगानी प्रवर्द्धन गर्ने कार्यलाई सहजीकरण गर्न केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले,…

Read More

सरकारले आज आइतबारदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई  हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ। झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको धारणा छ। यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेको अवस्था छ । हात्तिपाइले रोगमा विभिन्न तीन थरिका…

Read More

उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ ।इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत कार्यालय ले जनाएको छ ।यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

Read More

शिव ताण्डव स्तोत्र र भावार्थजटा टवी गलज्जलप्रवाह पावितस्थले गलेऽव लम्ब्यलम्बितां भुजङ्गतुङ्ग मालिकाम्‌डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयं चकारचण्डताण्डवं तनोतु नः शिव: शिवम्‌ ॥१॥जटाबाट बगेको जलले पवित्र भएको कण्ठ,घाँटीमा मालाको रूपमा झुण्डिएको सर्प,अनि डमरूको डमट् डमट् डमट् ध्वनिको तालमा,महादेव शिव अद्‌भुत ताण्डव नृत्य गरिरहनु भएको छ—उहाँको कृपाले हामी सबै सम्पन्न र समृद्ध बन्न सकौँ ।जटाकटा हसंभ्रम भ्रमन्निलिंपनिर्झरी विलोलवीचिवल्लरी विराजमानमूर्धनिधगद्धगद्धगज्ज्वल ल्ललाटपट्टपावके किशोरचन्द्रशेखरे रतिः प्रतिक्षणं मम: ॥२॥भगवान शिवप्रति मेरो गहिरो अभिरुचि छ,जसको शिर अलौकिक गङ्गा नदीमा बगिरहने लहरका धाराहरूले सुशोभित भएको छ,जसको निधारको सतहमा तेजस्वी अग्नि प्रज्ज्वलित भइरहन्छ,अनि जसले आफ्नो शिरमा आभूषणको रूपमा अर्ध–चन्द्रमा धारण गर्नुभएको छ ।धराधरेन्द्रनन्दिनी विलासबन्धुबन्धुर स्फुरद्दिगन्तसन्तति प्रमोद मानमानसेकृपाकटाक्षधोरणी निरुद्धदुर्धरापदि क्वचिद्विगम्बरे मनोविनोदमेतु वस्तुनि ॥३॥मेरो…

Read More