तितो सत्य

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।…

Read More

यही वैशाख २३ गते परराष्ट्र मन्त्रालयको निमन्त्रणामा नेपाल भ्रमणमा जापानकी विदेश मन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै छिन् ।विदेशमन्त्री कामिकावाले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री संग भेटघाट र द्विपक्षीय वार्ता गर्ने छिन र विदेशमन्त्री सोही दिन काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

Read More

लगानी सहजीकरणका लागि सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषद्‌बाट पास भइसकेपछि पनि हेरफेर भएको पाइएको छ । १० वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो ।यो अवधिमा अध्यादेशका केही विषय हेरफेर गरेको पाइएको छ । कतिसम्म भने विद्युतीय कारोबार ऐनमा संशोधन गर्न लागिएका सम्पूर्ण विषय नै हटाएर अध्यादेश जारी गरेको पाइएको छ । के विषय हट्यो ? मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको अध्यादेशबाट विद्युतीय कारोबार ऐन, २०६३ सम्बन्धी सबै व्यवस्था हटाइएको छ । मन्त्रिपरिषद्‌बाट पास भएको अध्यादेशमा विद्युतीय विनिमय भुक्तानीको सिफारिससम्बन्धी व्यवस्था थप गर्न प्रस्ताव गरिएको थियो । जसमा सूचना प्रविधिसँग सम्बन्धित सामग्री वा…

Read More

काठमाडौं, वैशाख नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामना सहित विदाइ गर्नुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले विदाइ गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरमा हुने महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा…

Read More

सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

Read More

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेका छन् । डा.गोविन्दप्रसाद शर्मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै, डा. दीपककुमार खराल वन तथा वातावरण मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकासमा सरुवा भएका हुन् । डा. रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा पुगेका छन् ।…

Read More

 चौधरी ग्रुप सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ ।आज दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको नियोजित जत्थाले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि पनि हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले जानकारी दिए । उनका अनुसार सो समूहले कार्यालय तोडफोड गरेको छ भने पुरुष र महिला कर्मचारीमाथि हातपात गरेको छ । फुड्स पार्कमा आउनासाथ उनीहरुले नेपाल सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । चौधरी ग्रुपका व्यवस्थापकहरुप्रति पनि अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ । “त्यहाँ कार्यरत महिला कर्मचारीमाथिसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत महिला कर्मचारीहरु प्रतिकारमा उत्रिए जसका कारण आक्रमणकारीहरु त्यहाँबाट पछि हटेका थिए,” उनले…

Read More

मधेश प्रदेशका सभामुख  रामचन्द्र मण्डलले लोसपाका सांसद अभिराम शर्मालाई निलम्बन गरेका छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

Read More

अन्ततः भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो । मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका भारतीय कम्पनी एयरटेलले एक्कासी आपूर्ति रोकेको वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले जानकारी दिए । ‘हामीले भारतीय कम्पनीको यो कदमप्रति कडा आपत्ति जनाएका छौं, यसले हाम्रो सेवा…

Read More

कहिलेकाहीँ तनावले टाउको दुख्नु सामान्य नै हो। तर, टाउको दुख्ने समस्यालाई सधैँ सामान्य ठानेर बस्दा यसले पछि जटिल समस्या पनि निम्त्याउन सक्छ । सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिनुपर्छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ। निरन्तर टाउको दुख्ने समस्या छ भने पछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ। उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्छ । टाउको दुखाइ मात्र हो कि सँगसँगै अन्य समस्या पनि छन् भन्नेमा ध्यान दिनुपर्छ ।…

Read More