तितो सत्य

पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए । पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले निर्णय गर्ने छ । यादवले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।

Read More

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा ‘आफूमाथि उठेका प्रश्नबारे संसद्‌बाट जबाफ दिने अवसर दिन’ माग गरेका छन्। तर नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको अडान कायमै राखेपछि आगामी शुक्रवारबाट आह्वान गरिएको संसद्‌को बजेट अधिवेशन नियमित हुनेमा आशङ्का रहेको नेताहरूले बताएका छन्। मङ्गलवार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको गतिरोध खुलाउने विषयमा छलफल गर्न बोलाएका सर्वदलीय बैठकमा मन्त्री लामिछानेले आफूबारे उठेका प्रश्नको जबाफ दिन पाउनुपर्ने बताएका थिए। “कहीँ मुद्दा चलेको, कहीँ अभियोजन भएको, कहीँ कसैले पोलेको बयानमा पाइएन भनेर महान्यायाधिवक्ता कार्यालयले भनेपछि मैले सदनमा बोल्ने कुराहरू छन्,” लामिछानेले बैठकपछि पत्रकारहरूसँग भने। “समिति बनाउनुपर्ने आधार त हुनुपर्‍यो नि एउटा। त्यो…

Read More

नेपालले अद्यावधिक नक्सा राखेर १०० रुपैयाँ दरका नयाँ नोटहरू प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको विषयमा भारतले असन्तुष्ट प्रतिक्रिया जनाउँदा नेपाल सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले यो निर्णय “नियमित प्रक्रिया” भएको बताएकी छन्। बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री शर्माले राष्ट्र ब्याङ्कमा पुरानो नक्सा भएका ब्याङ्क नोट सिद्धिन लागेका कारण नयाँ नोटहरू छाप्न अनुमति दिइएको बताइन्। “हामीसँग १०० दरका नोटहरूको मौज्दात सकिन लागेको रहेछ। यसअघिको डिजाइनमा पुरानै नक्सा भएकाले त्यही छाप्दा नयाँ नक्सालाई हामी आफैँले मान्यता नदिएजस्तो हुने भयो,” उनले भनिन्। “नोटको डिजाइन परिवर्तनका लागि मन्त्रिपरिषद्‌बाट निर्णय गर्नुपर्ने भएका कारण मात्रै भएको नियमित प्रक्रिया हो। यसमा…

Read More

नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उनको सजाय निर्धारण गर्दै ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल गर्ने फैसला सुनाएको हो ।

Read More

वन तथा वातावरण मन्त्रालयले देशभर डढेलो पीडित नागरिकले ९० प्रतिशत राजस्व छुटमा काठ तथा दाउरा उपयोग गर्न पाउने निर्णय गरेको हो । मन्त्रालयकाअनुसार वन नियमावलीमा भएको प्रावधान अनुसार जिल्ला वन पैदावार आपूर्ति समितिलाई ९० प्रतिशत राजस्व मिनाहा गरी काठ तथा दाउरा उपलब्ध गराउन प्रदेश स्थित वातावरण मन्त्रालयमार्फत डिभिजन वन अधिकृतहरूलाई निर्देशन दिने निर्णय भएको छ ।समुदायमा आधारित वन व्यवस्थापन गर्ने समूहहरूलाई समेत सरकारले आगलागीबाट पीडित नागरिक/समुदायलाई समूहको कार्ययोजना बमोजिम काठ दाउरा तथा राहत उपलब्ध गराउन अनुरोध गरेको छ । यसको स्पष्ट अभिलेख राखी डिभिजन वन कार्यालयमा पठाउने व्यवस्था गर्न समेत मन्त्रालयले भनेको छ ।वन क्षेत्रमा लागिरहेको वन डडेलाको मुख्य इन्धनको…

Read More

मंगलबार सभामुखले बोलाएको बैठकमा वैशाख २८ गते बस्ने प्रतिनिधि सभामा शीर्ष नेताहरूले सम्बोधन गर्ने छलफल भएको छ ।यस्तो छलफल भएको सभामुखको सचिवालयको भनाइ छ । बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । यसका लागि समय पनि निर्धारण हुने छ । सभामुख घिमिरेले संसद्को गतिरोध हटाउन राखेको बैठकपछि सबै नेताहरूले बोलेर व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्ने सहमति भएको हो ।तर नेपाली कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर संसदीय समिति बनाउनुपर्ने माग राखेको छ ।

Read More

सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिछानेले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरुद्ध केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।उनले भने- रुपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।’उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउँदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्र्याकमा व्यवस्था गर्न लागिरहेको बताउँदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ…

Read More

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्ष नेताहरूसहितको बैठकमा सहभागी भएर बाहिरिने क्रममा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई जोगाउन राज्यसंयन्त्रको दुरुपयोग गरिएको जिकिर गरे । सरकारका निकायले नै गरेको अनुसन्धानले ठूला सहकारीबाट कुनै प्रक्रिया नपुर्‍याई रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेट्वर्कमा करोडौँ ऋण प्रवाह भएको देखिएकोछ’, उनले भने, ‘ती सहकारीका सदस्यसमेत नरहेका रविको नाममै पनि करोडौं ऋण निकालिएको छ । राज्यकै निकायको अनुसन्धानले रविविरुद्ध कयौँ प्रमाण दिए पनि उनलाई जोगाउन राज्यका संयन्त्रलाई दुरुपयोग गरिएको छ ।’ लेखकले अहिले पनि रविबारे छानबिनका लागि संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको बताए । ‘आजलाई हाम्रो कुरा…

Read More

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गते जनता समाजवादी नेपाल दलबाट टुक्रिएको नयाँ दललाई जनता समाजवादी पार्टीको मान्यता दिएको थियो ।आयोगले नयाँ दल गठन भएको २१ दिन अर्थात जेठ १३ गतेभित्र प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र साथमा लिई सनाखतका लागि स्वयं उपस्थित हुनपर्ने जनाएको छ ।

Read More

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)बाट फुटेर बनेको अशोक राई नेतृत्वको नयाँ दल अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपालबाट अलग्गिएर राईले ‘जसपा’ मात्र राखेर पार्टी दर्ता गराएका हुन् ।प्रमाण पत्र दिएको छ ।  राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए। सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो।उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न…

Read More