तितो सत्य

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन ।

Read More

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले सञ्चार माध्यममा प्रतिक्रिया दिँदै भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राखिनु गलत भएको अभिव्यक्ति दिएका थिए ।मन्त्रिपरिषदको उक्त निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।

Read More

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समित बनाउनु पर्ने माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ । सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरु संग छलफलको लागी बैठक आह्वान गरेका छन् । दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा जेठ १ गते संसदमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल हुनेछ ।आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आगामी जेठ १ गते संसदमा प्रस्तुत हुँदैछ ।

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कुराकानी गर्न कांग्रेस नेताहरुलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसले बजेट अधिवेशन सुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्ता पक्ष सहमत…

Read More

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४४ मिनेटमा हुनेछ । महाशाखाका अनुसार अहिले काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Read More

बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीद्द न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।  नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ । आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

Read More

बर्दियाका खुशीराम चौधरीले एभरेष्ट बैंक र ज्योति बिकास बैंकको अत्याचार सहन गर्न नसकेर आत्महत्या गरेको र उक्त आत्महत्या गराउने कारक तत्व एभरेष्ट बैंक तथा ज्योति बिकास बैंक रहेको भन्दै राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान जील्ला कार्य समिति ले रौतहट को गरुडा मा एभरेष्ट बैंक को अगाड़ी बीरोध प्रदर्शन गरेको थीयो । उक्त बीरोध प्रदर्शन को नेत्रीत्व महाअभीयान तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचीवालय सदस्य डा. राजीव झा ले गरेका थीये ऋण पीड़ित हरुको उल्लेख्य उपस्थिति रहेको सो बीरोध प्रदर्शन लाई सम्बोधन गर्दै डा. झा ले सरकार ले जनता संग गरेको ज्यादती असहनीय भयेको र यो सरकार…

Read More

बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री लामिछानेले ऐनमा संवैधानिक परिषद्का सबै सदस्यहरूलाई बाध्यकारी रूपमा बैठकमा उपस्थित हुनै पर्ने व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका हुन् । उनले परिषद्का सदस्यहरू बैठकमा अनुपस्थित भएको अवस्थामा र निर्णयहरूमा सर्वसम्मति नभएको अवस्थामा के गर्ने भन्ने सम्बन्धमा भने विधेयकले बोल्नुपर्ने बताए । उनले भने, ‘संवैधानिक परिषद् बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ भन्ने कुरामा म अडिग छु । तर सर्वसम्मत नहुँदा के गर्ने भन्ने कुरा पनि विधेयकले प्रस्ट बोल्नुपर्ला ।उपप्रधानमन्त्री तथा गृहमन्त्री…

Read More

अवैध लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ पर्सा, वीरगंज महानगरपालिका-१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी र रौतहट दुर्गा भगवती नगरपालिका-५ बस्ने ३४ वर्षीय रबिन्द्र साह सोनार रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट…

Read More