तितो सत्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ।सरकारी सेवामा बिदा लिइ निजी स्वास्थ्य संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्ने र केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारी पूर्ण कार्य गरेकोले प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गरी स्वीकृत गरेको बिदा रद्द गरिदिनको लागि विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएकोले यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्देशक पत्रमा भनिएको छ।

Read More

व्यवहार नियम क़ानून मिच्दै सरकार सामान्यतयाः मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने कानूनी दायित्व हुन्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ । सरकारले २० असार २०७५मा प्रकाशित गरेको राजपत्रअनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायकमन्त्रीले…

Read More

सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।  सभामुख घिमिरेले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई बैठकमा छलफल र संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् ।

Read More

अशोक राई नेतृतवमा पार्टी विभाजन गर्न लागिएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् । साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् । जसपाकी एकजना सांसद सुशील श्रेष्ठले ७ जना सांसद मिलेर नयाँ दल दर्ता गर्न आफूहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको बताइन् ।

Read More

काठमाडौं, ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशासन तालिम सञ्चालन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित २४ औं समूहको उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सोही कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनमा आएका चुनौतीलाई सामना गर्न र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई अनुशासित ढंगले ट्राफिक सम्बन्धी सम्पूर्ण सीप हासिल गराई तालिम पश्चात कार्यक्षेत्रमा उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्न सक्षम…

Read More

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ पर्सा, वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागुऔषध गाँजा करिब  १० किलोसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राकसीरांङ गाउँपालिका-२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेपाङग र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंज तर्फ जाँदै गरेको बा.४ ख ५९३७ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सुनसरी, इटहरी महानगरपालिका-५ शान्तीमार्ग टोलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय बिटु भन्ने दिबश…

Read More

छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदै छ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने छ । त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुनेछ । 

Read More

मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालमा हाल चलन चल्तीमा रहेको १०० रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो ।एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतका विदेशमन्त्री एस जयशंकरले एक कार्यक्रममा पत्रकार को प्रशनको जवाफमा सो निर्णय नेपालले एकपक्षीय रूपमा निर्णय गरेको बताएका छन् । उनले दुवै मुलुक सीमाको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा केही गर्नु भनेको नेपालले धरातलको यथार्थलाई परिवर्तन गर्न नचाहेको टिप्पणी समेत गरेको एनडीटीभीले जनाएको छ ।

Read More

कुनै समय ब्रिटेनकी महारानी एलिजाबेथदेखि चीनका चर्चित प्रधानमन्त्री चाउ एन्लाईसम्मलाई अतिथि बनाएर राखेको शीतल निवास अहिले राष्ट्रपति भवनको रूपमा प्रयोग भइरहेको छ। शीतल निवासलाई आफ्नो निवास र कार्यालय बनाएका राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार नेपाल आइपुगेका कतारका राष्ट्रप्रमुखसँग शीतल निवासमा भेटवार्ता मात्रै गरेर बेलुकाको खाना र बास बस्न सोल्टी होटेल पुर्‍याए। राणा प्रधानमन्त्री चन्द्र शम्शेरका छोरा कृष्ण शम्शेरले सरकारी ‘अतिथिगृह बनाउनकै लागि’ भनेर दान दिएको भनिएको दरबारमा नेपालमा दुर्लभ हुन थालेको विदेशी राष्ट्रप्रमुखको भ्रमणमा समेत अतिथि राख्ने ठाउँ छैन। “कृष्ण शम्शेरले आफ्नो व्यक्तिगत सम्पत्ति दान दिँदा ‘स्टेट गेस्ट हाउस’ बनाउन भनेरै दान दिएका हुन्,” कूटनीतिक इतिहासका अध्येता तथा पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराई…

Read More

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन गरिरहेका सेवाप्रदायक संस्थालाई कानुनअनुसार कारबाही गर्ने भएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा जारी परिपत्रमा मापदण्डबमोजिम नभएको, अनुमति नलिई सञ्चालन भएका तथा बढी शुल्क लिएको गुनासोका आधारमा कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा निमायवली २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था रहेकामा केही स्वास्थ्य सेवासँग सम्बन्धी संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायत मापदण्डबमोजिम नभएको पाइएको छ।’मन्त्रालयले स्वास्थ्य संस्थालाई जनस्वास्थ्य…

Read More