तितो सत्य

अढाई वर्षकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राऊ काठमाडौं,अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्‍याई भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरि हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो…

Read More

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल कृषि सेवाका प्राविधिक सहसचिव डा. गैरे ०८० वैशाख २ देखि बिनाजानकारी कार्यालयमा अनुपस्थित थिए । लामो समय गैरहाजिर डा. गैरेलाई उपस्थित हुन मन्त्रालयले अवसरसमेत दिएको थियो । तर त्यसको बेवास्ता गर्दै सम्पर्कमा नआएपछि मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय लिएको हो । बिनाजानकारी ९० दिनभन्दा लामो समय गैरहाजिर रहेको कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा सम्पर्क नगरेमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) अनुसार उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको कृषि तथा…

Read More

पाल्पाको तानसेनमा आजदेखि प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातै प्रदेशको प्रदेश सभामुखहरु भेला हुँदैछ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको दुईदिने भेलामा संघ र प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु सहभागी हुँदैछन् ।भेलामा सातै प्रदेशका सभामुख, प्रदेशसभा सचिवले समूहगत छलफल गर्नुका साथै आफ्ना सुझाव राख्ने छन् ।कार्यक्रम को सबै तैयारी सम्पन्न भैसकेको र सम्पुर्ण अतिथिहरुको आगमन समेत भै सकेको छ। संघीयता कार्यान्वयन गर्दै एकअर्काले गरेको अभ्यासलाई सिक्न र अन्तर व्यवस्थापिका मञ्च नेपाल बनाउने उदेश्य अनुसार उक्त कार्यक्रम को आयोजना गरिएको छ ।

Read More

सृष्टिको प्रारम्भमा भगवानले मानव जातिको मार्गदर्शनको लागि दिनुभएको अलौकिक ज्ञानको प्रकाशलाई हामी ‘वेद’ भन्छौं।त्यसैले सम्पूर्ण वेदहरुको बारेमा बुझन ज़रूरी छ वेद शब्दको अर्थ ‘ज्ञान’ हो। ज्ञान भनेको प्रकाशको स्रोत हो जसद्वारा मानव हृदय र बुद्धिको अन्धकार सदाको लागि मेटिन्छ। सृष्टिको प्रारम्भमा भगवानले मानव जातिको मार्गदर्शनको लागि दिनुभएको अलौकिक ज्ञानको प्रकाशलाई हामी ‘वेद’ भन्छौं। ती सबै शास्त्रहरू जसको माध्यमबाट मन्त्र, श्लोक वा एपोरिज्महरूद्वारा ईश्वरको ज्ञान प्रकट भएको थियो सामूहिक रूपमा वेद भनिन्छ। भारतीय अध्यात्मवादमा तीन काण्ड प्रख्यात छन् – पहिलो ‘ज्ञानकाण्ड’, दोस्रो ‘कर्मकाण्ड’ र तेस्रो ‘भक्तिकाण्ड’। हिन्दू धर्मका ४ वेदमध्ये अर्थर्ववेद ज्ञानकाण्डसँग, सामवेद भक्तिकाण्डसँग र यजुर्वेदलाई कर्मकाण्डसँग सम्बन्धित छ । ऋग्वेद…

Read More

सरकारले गर्भवतीहरुलाई रक्तअल्पता तथा शरीरमा रगतको कमी हुने समस्याबाट बचाउनका साथै कम तौल भएको बच्चा जन्मने, समय नपुग्दै बच्चा जन्मने, गर्भमा नै शिशुको मृत्यु हुने तथा नवशिशु मृत्यु हुने जस्ता गर्भावस्थामा हुन सक्ने विभिन्न खतराहरुलाई कम गर्नको लागि आइरन र फोलिक एसिड चक्की वितरण गर्दै आइरहेको छ।  सरकारी स्वास्थ्य संस्थाबाट गर्भवतीले निशुल्क रुपमा आइरन फोलिक एसिडका चक्की पाउने गरेका छन्। गर्भ रहेको तेस्रो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म १८० ओटा आइरन फोलिक एसिड चक्की वितरण कार्यक्रम नेपालमा सुरु भएको डेढ दशक भइसकेको छ। गर्भावस्थामा आइरन फोलिक एसिडसँगै अन्य सुक्ष्म पोषक तत्व पनि खुवाउनु राम्रो हुने विभिन्न अध्ययनले देखाएपछि पहिलो चरणमा…

Read More

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवाको लाइसेन्स अवधि यही वैशाख २८ मा समाप्त हुने भएको छ । कम्पनीले २९ वैशाख २०५६ मा प्राप्त गरेको जीएसएम सेलुलर मोबाइल सेवाको २५ वर्षे लाइसेन्स नवीकरण हुने वा पुनः नयाँ लिनुपर्ने भन्नेमा कानूनी स्पष्ट नहुँदा अन्योलता छाएको हो ।  नियामक नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौडेलका अनुसार नेपाल टेलिकमको लाइसेन्सको म्याद समाप्त भएको खण्डमा के गर्ने भन्ने विषय स्पष्ट छैन । यस्तोमा आवश्यक नीतिगत निर्णयका लागि सरकारलाई केही साता अघि नै अनुरोध गरी पठाइएको उनले बताए । बढीमा २५ वर्षका लागि लाइसेन्स जारी गरिएको भए पनि दूरसञ्चार सेवा प्रदायकहरूले १० वर्षमा…

Read More

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताउनुभएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप-निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताउनुभएको हो । प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि…

Read More

भारतमा जारी संसदीय निर्वाचनका निम्ति मुख्य विपक्षी दल कङ्ग्रेसले आफ्नो घोषणापत्रमा ‘अग्निपथ’ भनिने छोटो समयका लागि हुने सैन्य भर्ती योजना रद्द गरिदिने उल्लेख गरेपछि उक्त योजनाका कारण नेपालमा परिरहेको प्रभावको विषय पुन: चर्चामा आएको छ। भारत सरकारले दुई वर्षअघिदेखि लागु गरेको सैन्य भर्तीको ‘अग्निपथ’ भनिने नयाँ योजनाअन्तर्गत नेपाल सरकारले नेपाली युवालाई भारतीय सेनामा भर्ना नलिन आग्रह गरेका कारण अहिले उक्त भर्ती ठप्प छ। त्यसका कारण एकातिर ‘लाहुरे’ बन्ने सपना देखेका कैयौँ नेपाली युवाहरू अन्योलमा देखिन्छन् भने अर्कातिर दुई देशबीचको २०० वर्षदेखिको सैन्य सम्बन्धको विरासत जोखिममा परिरहेको विश्लेषकहरूले औँल्याएका छन्। अग्निपथ’ योजनामा सामेल भएर भर्ती हुने ‘अग्निवीर’हरूमध्ये ७५ प्रतिशतलाई चार वर्षको…

Read More

यदि तपाईं कसैको व्यक्तिगत विषयमा जान्न चाहनुहुन्छ भने ऊ सुतिरहेको अवस्था हेर्नुस्। किनकि, सुत्ने शैलीले मानिसको आन्तरिक व्यक्तित्वको विषयमा धेरै जानकारी दिन सक्छ। एक हजारभन्दा धेरै व्यक्तिको संलग्नतामा व्यक्तित्वको र सयन–स्थितिका बारेमा स्कटल्यान्डमा एउटा अध्ययन गरिएको थियो, जसले व्यक्तित्व र सुत्ने शैलीका विषयमा धेरै कुराको जानकारी दिन्छ।  स्कटल्यान्डको इडिनवर्गमा अवस्थित निद्रासम्बन्धी अध्ययन गर्ने संस्था ‘स्लिप असेस्मेन्ट एन्ड एड्भाइजरी सर्भिस’ का निर्देशक प्रोफेसर क्रिस इजिकोवाक्सीले सयन स्थितिका मुख्य ६ आसनको अध्ययन गरेर व्यक्तित्वको अन्तरसम्बन्धलाई छर्लंग पार्ने कोशिस गरेका थिए। क्रिसका अनुसार जाग्रत अवस्थामा व्यक्तिको बडी–ल्यांग्वेजले व्यक्तित्वको बारेमा धेरै कुरा बताए पनि चेतना र व्यक्तिगत सजगताको कारणले सूक्ष्म व्यक्तित्वको सबै पक्ष नखुल्न…

Read More

राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिनुभएका छ । राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।

Read More