तितो सत्य

करिब ९,००० जनाको ज्यान गएको २०७२ सालको भूकम्पमा १० लाखभन्दा बढी निजी भवन क्षतिग्रस्त भएका सरकारी तथ्याङ्क छ। गोरखा जिल्ला केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निट्यूडको भूकम्पमा ७,७३०९५ घरमा पूर्ण रूपमा र २, ९८९९८ घरमा आंशिक रूपमा क्षति भएको थियो। उक्त भूकम्पमा काठमाण्डू उपत्यकामा माटो कमजोर भएका ठाउँमा बनेका र डिजाइन नगरेर बनाइएका अधिकांश भवन भत्किएका विभिन्न अध्ययनले देखाएको छ। मुख्यतः घरधनी आफैले डिजाइन गरेर बनाएका घर, मापदण्ड पूरा नगरी बनाइएका घर, माटोको परीक्षण नगरी बनाएका घर र निकै पुराना घरहरू धेरै भत्किएको देखिएको छ।” पुल्चोक इन्जिनियरिङ कलेजका असोसिएट प्रोफेसर तथा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालका अध्यक्ष राजन सुवालले बीबीसी न्यूज नेपालीसँग…

Read More

National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच…

Read More

पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमको तयारीमा सहयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ र एक बेलारूसी कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेका छन् ।अमेरिकाले सामूहिक विनाशकारी हतियारको उत्पादन र आपूर्तिमा संलग्न चार कम्पनीको पहिचान गरिरहेको बताइएको छ ।उनले अमेरिकाले विनाशकारी हतियारविरुद्ध कारबाही जारी राख्ने बताए ।स्मरण रहोस्, गाजा युद्धका लागि अहिलेसम्म अमेरिकाले नै इजरायललाई तीन अर्ब डलरभन्दा बढीको हतियार उपलब्ध गराएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामाबादलाई अमेरिकाको हालैको कारबाहीबारे जानकारी नभएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, ‘विगतमा शंकाका आधारमा मात्र सूची जारी गरिएको थियो वा त्यसमा…

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज ‘हेर्दाहेर्दै’ मा सकिएको छ । यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको हो । आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । यो रिट आजसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ । तत्कालीन गृहसचिव टेक नारायण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।स्रोत ईकागजबाट

Read More

लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट थियो । भएको सहमति कार्यान्वय नभएको भन्दै सरकार गठन भएको एक सातामै जसपाले सरकार छाडेको हो मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए । 

Read More

मौसम पूर्वानुमान महाशाखाका हनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरी र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा…

Read More

कि राजनीति छाड्नुपर्‍यो, कि निर्दोष प्रमाणित गर्नुपर्‍यो : नवराज सिलवाल नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा दोस्रोचोटि प्रतिनिधिसभा सदस्य बन्ने सिलवालको प्रयास भने सफल हुन सकेन । नेपाली प्रहरीको जिम्मेवारीमा रहँदा सिलवाल सधैं चर्चामा रहे । काबिल प्रहरी अधिकारीका रुपमा चर्चामा रहेका उनले राजनीतिक खिचातानीका कारण नेपाल प्रहरीको प्रमुख बन्ने अवसर पाएनन् । नेपाली कांग्रेसका साभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको ठहर गर्दै उनी त्यही आक्रोशमा नेकपा एमालेमा प्रवेश गरे र ०७४…

Read More

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित नभएको भन्दै उनले संसदीय छानबिन समिति बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।अब बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित उपस्थित हुने बताएका छन् ।उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान पनी रोकिएको बताए ।

Read More

हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका बारेमा नेताहरु इमान्दार र विवेकशील हुन जरुरी छ । निर्वाचनको यो मिश्रित व्यवस्था अल्पसङ्ख्यकहरूको संरक्षणका लागि गरिएको हो । अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ । प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५…

Read More

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री थापाले अहिलेको वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन् ।‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको’, उनले भने अहिलेको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ’, नेता थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको…

Read More