जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज नायब सुब्बा नरहरी खनाललाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा, कपिलवस्तुका नायब सुब्बा नरहरी खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु.३०,०००।–(तीस हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नरहरी खनालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.३०,०००।–(तीस हजार रुपैयाँ)…
तितो सत्य
सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए । रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग गरिएको छ। त्यस्तै विभिन्न जिल्लामा ठगीको अभियोगपत्रमा नाम उल्लेख भएको र कास्की जिल्ला प्रहरी कार्यालयमा जाहेरी नै रहेको अवस्थामा महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेर क्लिनचिटको पत्र लेखाइएकाले…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिट आज पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ। बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो । तर बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको हो । उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको छ। सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका…
उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे रहेका छन्। समितिलाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सिरोहियाले नागरिकताको प्रतिलिपि लिँदा भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत थिए ।जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको हो ।धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले भने अनुसन्धानको विषयमा बोल्न नमिल्ने बताए ।नागरिकता प्ररकरणमै प्रहरीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको थियो । उनी बुधबार मात्रै हाजिरी जमानीमा छुटेका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ ।कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारले नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ ।उनीहरुको सरूवा गर्ने निर्णय भएको नेपाल प्रहरीको केन्द्रीय कार्यलयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
गृह मन्त्रालयले एकैपटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालय र अन्तरगतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सीडीओहरुको जिम्मेवारी हेरफेर भएको हो । गृहमन्त्री रबि लामिछानेको निर्णय अनुसार १६ जिल्लामा नयाँ सीडीओ खटाइएको छ ।
देउवा निवास को आजको बैठको उपहार स्रोतको अनुसार कांग्रेस र लोसपा नेपाललाई समेटेर मधेस प्रदेशमा जसपा नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता दिन पहल भएको हो । मुख्यमन्त्री यादवलाई कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने आन्तरिक सहमति भएको स्रोत बताउँछ । स्रोतका अनुसार नयाँ सरकारमा कांग्रेसलाई ४, लोसपालाई २, एकीकृत समाजवादीलाई २ र जसपालाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय दिने आन्तरिक सहमति भएको छ । मधेश सरकार गठनकोलागि अङ्कगणितले के भन्छ ? सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका…