सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै (५६) ढोका खोलिएका छन् ।
आज बिहान १० बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा ३ लाख ७० हजार १५० क्यूसेक रहेको छ । यो बहाव यस वर्षकै उच्च रहेको बताइएको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सूचक रातो झन्डा गाडिएको छ ।सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको बताए ।
