भ्रुम हत्या,बेटी पढाउ बेटी बचाऊँ,दाईजो प्रर्था ,छुवाछुत अनि बालबिबाह जस्ता मधेशको प्रमुख समस्यालाई । समाजमा उजागर गरि यस्तो कुरितिबाट मधेशलाई बचाँउने उदेश्यले मधेशमा पहिलो पल्ट फिल्मको माध्यमबाट जनचेतना फैलाउने के.एम फिल्म प्रा.लि । पुरुष प्रधान देश अनि त्यसमा पनी छोरा ईश्वरको बरदान र छोरी ईश्वरको श्राप ।भन्ने सोच बिचार र चलन चल्तिबाट अगाडि बढिरहेको ।मधेशको सामाजिक बातावरणलाई केहि हद सम्म निरुत्साहित गर्ने प्रमुख उदेश्य बोकि । पहिलो पटक रौतहटको दुर्गा भगवती गाऊँपालीका वडा नं ०३ मत्सरीका कृष्णा मणि बादशाह ले ।आफ्नो के.एम फिल्मस प्रा.लि र सुधिर ईन्टरटेनमेन्ट प्रा.ली संगको सहकार्यमा । भ्रुम हत्या,बेटी पढाउ बेटी बचाऊँ,दाईजो प्रर्था ,छुवाछुत अनि बालबिबाह…
तितो सत्य
सरकार बचाउँनको लागि मात्र बजेटको समर्थन अन्यथा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्तारुढ प्रमुख घटक नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि जनाए छन् । शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो थाहा नभएको बताए । उनले भने, ‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो की ? जस्तो अलि बढ्ता देखिन गएको छ। र…
आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको २३ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन । हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।यो २३ वर्षको बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि छानबिन भएको छैन । राजा वीरेन्द्रको वंशनाश…
सत्ता पक्षका प्रमुख घटक नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ । बैठकमा अर्थमन्त्रीले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ सोको संबन्धमा साथै पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस ले उपप्रधानमंन्त्री तथा गृह मंन्त्री रबि लामिछाने सहित मुछिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको लागि भएको लामो तानातान संसद अवरुद्ध सडक आन्देलन पश्चयात गठित ‘संसदीय छानबिन विशेष समिति’ ले आइतबारदेखि काम थाल्ने भएको छ । सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्ने गरी कार्यालय पनि व्यवस्थापन गरेको छ । गठित ‘संसदीय छानबिन विशेष समिति’ को यस्तो छ कार्यादेश १. सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा…
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ । तर, नेपाल सरकारले बजेटमार्फत जेठ १६ गतेबाटै लागु हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ‘हरित कर’ लगाएकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।
लामाले मात्रै कान्तिपुरसहितका अन्य सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ । जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो । सुप्रिम र स्वर्णिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई जस्तै लामा पनि सहकारीको ठूलो रकम हिनामिनाका प्रमुख आरोपी हुन् । उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशेष श्रेणीको पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गर्ने निर्णय गरेको छ भने राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिन र त्यसपछि जर्मनीको भ्रमण गर्ने कार्यक्रम स्वीकृत साथै वन दोस्रो संशोधन नियमावली २०२१ स्वीकृत गरेको छ ।यस्तै तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले निर्णय गरेको सरकारका प्रवक्ता…
नेपालमा यस वर्षको गर्मीयाममा हालसम्म छैटौँ पटक तातो हावाको चेतावनी जारी गरिएको मौसम अधिकारी तथा विज्ञहरूले बताएका छन्। केही गरी वर्षा हुने प्रणाली देखा नपरेमा अर्को यस्तै चेतावनी समेत दिनुपर्ने हुन सक्ने उनीहरूको भनाइ छ। यद्यपि दुई सातामा मनसुन भित्रिन सक्ने ठानिएकाले त्यसो भएमा तापक्रम केही घट्न सक्ने उनीहरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “यस पटक प्री-मनसुनमा राम्रो वर्षा भएन। पश्चिमी वायुप्रणालीले राम्रोसँग वर्षा गराउन सकेन। त्यही भएर पनि तातो हावाको लहरको चेतावनी धेरै दिनुपर्यो।” त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभाग प्रमुख प्राध्यापक दीपक अर्याल गर्मी धेरै भए पनि नेपालकै हालसम्मकै…
काठमाडौं,चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्रामसहित सिरहा धनगढीमाई नगरपालिका-११ बस्ने २४ वर्षीय राधेश्याम यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५८० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सिरहा, कर्जन्हा नगरपालिका-६ कमला बाँधबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित धनुषा गणेशमान चारनाथ नगरपालिका-२ राधोपुर बस्ने २१ वर्षीय राजु राउतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले कर्जन्हाबाट धनुषातर्फ जाँदै गरेको मधेश प्रदेश-०१-००४…