नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित चार जना पक्राउ बारा, नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका-१ बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा-७ बस्ने ४० वर्षीय महमद आलम रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका-९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका-९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै…
तितो सत्य
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Women Police Gallery को उद्घाटन समेत गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको…
काठमाडौं, नेपाल प्रहरी अस्पताल महाराजगंज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह र प्रमुख कार्यकारी अधिकृत गुरूङले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकार गठनको विषयमा छलफल गर्न आफनै निवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाईएको मा ठाकुर र यादवको उपस्थित को केहि बेरमै विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि सहभागी भएका छन । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए ।बिपक्षि दलहरु को भेलामा माधवको उपस्थितले मधेश सरकार मा सत्ता पक्षको खेल तहस-नहस हुने संभावना देखिएको छ ।
रूसको सिमानामा रहेको पूर्वी सुमी क्षेत्रमा बुधबार भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।युक्रेनमा बुधबार युद्धग्रस्त देशको चार क्षेत्रमा रूसी हमलाबाट सात जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । युद्धबाट बढी प्रभावित डोनेट्स्क क्षेत्रका गभर्नरलाई क्रेमलिनले रूसको हिस्सा भएको दाबी गरेको छ । उनले मंगलबार छुट्टै आक्रमणमा तीन जनाको मृत्यु भएको बताएका छन् । गभर्नर भादिम फिलास्किनले टोरेट्स्क सहरमा दुई जनाको मृत्यु भएको छ भने सेलिडोभमा मंगलबार भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको बताए । क्रेमलिनले सन् २०२२ मा कब्जा गरेको ब्लाक सी क्षेत्रको नियन्त्रणका लागि लडिरहेको बताउँदै गभर्नर फिलास्किनले पछिल्लो समय रूसले आवास र पूर्वाधार सुविधाहरूमा गोलाबारी गरेको बताए। रूसी आक्रमणका…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकार गठनको विषयमा छलफल गर्न आफनै निवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएको बताइएको छ । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्री यादवले विश्वासको मत भने लिएका छैनन् ।यादव जसपा नेपालबाट मुख्यमन्त्री बनेका हुन् । संघको सरकारबाट जसपा नेपाल बाहिरिएको छ भने मधेशमा अल्पमतमा परेको छ ।मधेशमा २३ प्रदेश सांसद सहित एमाले पहिलो दल छ । कांग्रेसका २२,…
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले अपाङ्गता भएका व्यक्तिले चढ्ने स्कुटरलाई अब भन्सार बिन्दुमै छुट दिने घोषणा गरेको छ ।अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार बिन्दुमा नै छुट दिने घोषणा गरेका हुन् ।
चालु आवका लागि गतवर्ष यी गाडीमा १० प्रतिशत भन्सार शुल्क मात्रै राखिएको थियो । २०८१ मार्फत अर्थमन्त्रीले ईभीमा करका दर बढाएका हुन् । आगामी आर्थिक वर्षका लागि सरकारले शुन्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत तोकेको छ ।५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत कायम गरिएको छ । यसअघि भन्सार १५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत थियो । १०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क तोकिएको छ । गतवर्ष यी गाडीमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क गरी ४० प्रतिशत मात्रै…
सरकारले कानूनमा आवश्यक संशोधन हुनेगरी सहकारीताको सिद्धान्त र नीति बमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गर्ने भएको छ। मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्रीले बचत तथा सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताए। उनले वचत तथा ऋण सहकारीलाई एक आपसमा मर्ज हुन सहजिकरण गरिने बताए। सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको हो। ती सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँसम्मको वचत फिर्ता गर्ने बताए। सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र एक घर परिवारको सदस्यको नाममा रहेको सम्पतीको धितो सुरक्षणमा ५ लाखसम्म वचत…
अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यवसायिक उत्पादनका खेती गर्न नपाइने कानुनी व्यवस्था छ ।गाँजालाई लागुऔषधको रुपमा प्रहरीले कारबाही समेत गर्दै आएको छ । यसपटक भने सरकारले बजेटमै गाँजाको खेती गरिनेबारे कानुनी व्यवस्था गर्ने उल्लेख गरकेो छ ।गाँजाको व्यवसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यवसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे । गाँजाको विषयमा लामो इतिहास छ । गाँजाको खेती सवैभन्दा बढी मध्ये एसियामा भएको मानिन्छ । सवैभन्दा राम्रो गाँजा नेपाली भएको केहीको मान्यता छ । गाँजाको वैज्ञानिक नाम कयनाविस सटीवा (Cannabis Sativa) हो । गाँजाको प्रयोग ३००० विसिदेखि शुरू भएको…