तितो सत्य

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ। बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।बैठकपछि बोल्दै प्रकाशशरण महतले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम राख्नुपर्ने अडान कायमै रहेको र सो विषयमा सहमति नभए संसद्मा अवरोध गर्ने बताए।बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो।

Read More

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को प्रदेशगत बेरुजु सबैभन्दा धेरै मधेश प्रदेशमा देखिएको छ ।मधेश प्रदेशको बेरुजु ३.८७ प्रतिशत छ । मधेश प्रदेशको १ अर्ब ८५ करोड ४२ लाख बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।मधेश प्रदेशपछि कर्णालीमा धेरै बेरुजु २.५९ प्रतिशत छ । जुन ९६ करोड ७८ लाख छ । यस्तै कोशीमा पनि २.५० प्रतिशत बेरुजु रहेको छ । कोशी प्रदेशमा १ अर्ब ३१ करोड ७६ लाख बेरुजु छ ।त्यस्तै बागमती प्रदेशमा बेरुजु रकम १.१५ प्रतिशत देखिएको छ, जुन ९६ करोड ४९ लाख रुपैयाँ हुन आउँछ । महालेखाका अनुसार सबैभन्दा कम बेरुजु…

Read More

भोलि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदैछ । त्यसअघि देउवाले विपक्षी दल र आफ्नो पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन् त्यसैगरी सभापति देउवाले भोलि बिहान ११ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । विपक्षी दलको बैठकमा कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएका छन् । नेपाली कांग्रेसलगायत विपक्षी दलले यही माग राख्दै लगातार…

Read More

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन् । सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारहरूसँगको कुराकानीमा २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते विश्वासको मत लिने बताएका छन् । प्रदेशसभामा नेकपा (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा)नेपालका १९, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी) का सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक–एक सांसद छन् ।

Read More

उपप्रधानमंन्त्री तथा गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो।उनीविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ।  सोमबार अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन । यसअघि महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए ।

Read More

रा.प्र.पाद्वारा प्रधानमंन्त्रीलाई बुझाएको ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।साथै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरुप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ । सुशासन, विकास र सेवाप्रवाहसँग सम्बिधत माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरुमा सबै दलहरुबीच नविन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

Read More

भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।  आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशु​को अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।

Read More

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने र पासपोर्टको विषय पनि छानबिनको दायरामा आउनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।

Read More

सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नै अडानमा छन् । छानबिनका लागि संसदीय समिति गठनका लागि सत्तापक्षले कार्यदल गठन गरे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षबाट कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्यहरुबीच सहमति नहुँदा २ महिनादेखि संसद्मा गतिरोध छ ।संसदद मा हंगामाकै बिचमा सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ । 

Read More

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति माग गर्दैआएको छ । समिति गठनका लागि गत जेठ ४ गते सत्तापक्ष लचिलो पनि भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ४ गते बेलुकी बसेको सत्तापक्ष र प्रतिपक्षको संयुक्त बैठकले कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदल संसदीय समितिको कार्यादेशबारे निरन्तर छलफल गर्दै आएको छ । तर, सहमति जुट्न सकेको छैन । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नै अडानमा छन् । छानबिनका लागि संसदीय समिति गठनका लागि सत्तापक्षले कार्यदल गठन…

Read More