सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बुधबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको हो ।सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि अधिवक्ता भट्टराईको रिट दर्ता हुने भएको छ । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी बैधतामाथि प्रश्न उठाइएको थियो । सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले जेठ १ गते महान्यायाधिवक्ता कार्यालय, गृहमन्त्री…
तितो सत्य
सिरोहियालाई प्रहरीले हिजो काठमाडौंबाट नागरिकता प्रकरणमा पक्राउ गरी धनुषा लगेको थियो । सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले आज अदालतमा उपस्थित गराएको छ जिल्ला अदालत धनुषाले नागरिकता कसुरमा पक्राउ गरेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाका प्रवक्ता डम्बरप्रसाद घिमिरेले बताए। जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिइएको हो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसँग माग गरेको थियो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो। जिल्ला अदालत धनुषाले नागरिकता दुरुपयोगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ । कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।मंगलबार दिउँसो वक्तव्य जारी गर्दै सिरोहियाले यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन् । उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै…
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगर कमिटीको संयोजनमा उपत्यकाव्यापी बृहत् मोटरसाइकल र्याली निकालिएको हो । पार्टीले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत बनाउन देशव्यापी प्रदर्शनका क्रममा मंगलबार काठमाडौंमा र्याली निकालिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । र्याली बबरमहलमा जम्मा भएर माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमाल, महेन्द्र सालिक हुँदै नारायणहिटी संग्रहालय पुगेर समापन भएको छ
मंगलबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेसँग समय लिएर कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेले आइतबार आफ्ना पार्टी सभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न आग्रह गरेका हुन् पाण्डेले गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा बरबराएको टिप्पणी गरे ।गृहमन्त्री लामिछानेले कांग्रेस सभापति देउवाले आफूलाई डेढ वर्ष प्रधानमन्त्री अफर गरेको र आफूले अस्वीकार गरेपछि संसदमा अवरोध गरेको आरोप लगाएका थिए । पाण्डेले आफ्ना सभापति र महामन्त्रीमाथि लगाएको आरोपको छानबिन गर्न पनि गृहमन्त्रीलाई चुनौती दिए । ‘हाम्रो पार्टीका सभापति र महामन्त्रीमाथि जसरी उहाँले लाञ्छना लाउनुभएको छ । म चुनौती दिन चाहन्छु– के कस्तो खालको टिओर बनाउनुपर्ने हो बनाउनुहोस् । हाम्रो उपसभापति…
प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् । उनले भनिन्- ‘जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।’ उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।
कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको हो । अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले पुर्जी जारी भएको जानकारी दिए ।सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने…
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच मर्यादापालक लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रोष्ट्रम पुर्याइएको थियो। प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुखले मर्यादापालकलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुर्याएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उनको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाली कांग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गरेको भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो । कांग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजीबीच संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को गरिमामय सभभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् । म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्रीको अफर गर्नेको प्रस्ताव डेट एक्सपायर भयो कि भएन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले घटालथानमा हात राखेर भनुन् ।’ उनले आफूलाई मध्यराति प्रधानमन्त्री अफर गर्नेहरूले त्यसलाई अस्वीकार गर्दा भोलिपल्ट संसद् घेर्न थालेको बताए ।