रा.प्र.पाद्वारा प्रधानमंन्त्रीलाई बुझाएको ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।साथै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरुप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ । सुशासन, विकास र सेवाप्रवाहसँग सम्बिधत माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरुमा सबै दलहरुबीच नविन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
तितो सत्य
भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने र पासपोर्टको विषय पनि छानबिनको दायरामा आउनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।
सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नै अडानमा छन् । छानबिनका लागि संसदीय समिति गठनका लागि सत्तापक्षले कार्यदल गठन गरे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षबाट कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्यहरुबीच सहमति नहुँदा २ महिनादेखि संसद्मा गतिरोध छ ।संसदद मा हंगामाकै बिचमा सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति माग गर्दैआएको छ । समिति गठनका लागि गत जेठ ४ गते सत्तापक्ष लचिलो पनि भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ४ गते बेलुकी बसेको सत्तापक्ष र प्रतिपक्षको संयुक्त बैठकले कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदल संसदीय समितिको कार्यादेशबारे निरन्तर छलफल गर्दै आएको छ । तर, सहमति जुट्न सकेको छैन । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष आ–आफ्नै अडानमा छन् । छानबिनका लागि संसदीय समिति गठनका लागि सत्तापक्षले कार्यदल गठन…
सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ । सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीतिमा हिँडेपछि अब बजेट पनि विरोधबीच आउने अनुमान गरिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच प्रतिनिधि सभाको आइतबारको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । यसअघि गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रम कांग्रेसको नाराबाजीबीच पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे। नीति तथा कार्यक्रम पनि कांग्रेसलाई पेलेरै सरकारले पारित गरेको हो । सत्ता पक्षले आइतबार नीति तथा कार्यक्रम…
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । दिउँसो १ बजे प्रदर्शनी मार्गमा आमसभा गर्दैछ ।काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन। उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ।लामखुट्टेबाट…
प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्ति साथै कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे प्रश्न उठाएका हुन् ।प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’
विराटनगरमा बिहीवार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेपाली कांग्नेस का बरिष्ट नेता डा.शेखर कोईरालाले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । कोइरालाले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् आफै दुईटा पासपोर्ट दुईटा नागरीता बोक्ने सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न समेत रहेको उनले बताए ।त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्न गर्दै गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी…