अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । उनले शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । यस्तै, आगामी आर्थिक वर्षको लागि सबैभन्दा कम बजेट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ । आगामी आर्थिक वर्ष दोस्रो ठूलो बजेट पाउने मन्त्रालय बनेको छ, गृह मन्त्रालय । गृह मन्त्रालयको लागि एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक…
तितो सत्य
सहकारीको सम्बन्धमा कार्यदलमा भएको सहमति
सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो ।पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब…
उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने लामिछानेले घोषणा गरेका हुन् । फेसबुकमा उनले लेखेका छन्–‘मापसे लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’
गर्मीमा प्याजको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक रहन्छ । त्यसैले गर्मीका दिनहरुमा प्याजलाई अमृत समान मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार दिनँहु १–२ वटा प्याजको सेवन गर्नाले धेरै स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न सकिन्छ । यसमा भिटामिन ए, भिटामिन बि–६, भिटामिन बि–कम्प्लेक्स र भिटामिन सि पाइन्छ । यसको साथै प्याजमा एन्टि इन्फ्लेमेटरी, एन्टि एलर्जी र एन्टि अक्सिडेन्ट गुणहरु भरपूर मात्रामा पाइन्छ । गर्मीमा प्याज खानुका केही फाइदा यस्ता छन् । शरीरलाई चिसो बनाउँछगर्मीमा चर्को घाम र तातो हावा चल्ने भएकाले विज्ञहरुले काँचो प्याजलाई आहारमा समावेश गर्ने सल्लाह दिने गरेका छन् । धेरै गुणहरुले भरिपूर्ण प्याजले गर्मी मौसममा शरीरलाई चिसो बनाउने काम गर्छ…
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन्। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपालीमा शुभकामना र बधाई दिँदै नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन भएको बताएका हुन् । गणतन्त्र दिवस, २०८१ को शुभकामना सन्देश स्वदेश तथा विदेशमा रहनुहुने आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! सर्वप्रथम १७ औँ गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना र बधाई दिन चाहन्छु। यो नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन हो। १७ वर्षअघि…
हजारौ को साहदात लाखौ नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदै छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध, ऐतिहासिक बिशाल मधेश जनबिद्रोह र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो। सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्य रूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही…
सहकारी संस्थाको रकम हिनामिना प्रकरण छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरु सहमति नजिक पुगेकाले आजको संसद बैठकमा सौहाद्रपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । यसअघि सरकारले यही जेठ १ गते नीति तथा कार्यक्रम ल्याएको थियो ।उक्त नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच जेठ १३ गते पारित भएको थियो । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । अर्थ मन्त्रालय स्रोतका अनुसार १९ खर्ब हाराहारीको बजेट आउने छ ।आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र…
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा विरोध गर्दै आएका छन् ।संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र विपक्ष सहमत भए पनि समितिको कार्यादेशका विषयमा भने सहमति जुट्न सोमबार सम्म सकेको थियन । त्यसैले सदनको गतिरोध अन्त्य हुन सकेको थिएन र आज हुने बजेट भाषण को कार्यक्रम मा समेत संसद अबरुद्ध गर्ने कार्यक्रम कांग्रेस लगायत अन्य बिपक्षि पार्टी ले घोषणा गरिसकेको अवस्था थियो ।अर्थमन्त्री वर्षमान पुनले आज दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्नेछन् । त्यसअघि नेपाली कांग्रेसका…
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षी दलहरुले संसद्मा विरोध गर्दै आएका छन् ।स्रोतका अनुसार संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिनेछ । उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम वा गोर्खा मिडियामा रहँदा उनले सम्हालेको प्रबन्ध निर्देशक पद उल्लेख गरिने छैन । तर गोर्खा मिडियामा बसेर गैरकानुनी काम गर्ने व्यक्तिहरुमाथि छानबिन गर्ने व्यहोरा उल्लेख हुनेछ । कानुनमन्त्री गिरीले पनि संसदीय समितिको कार्यादेशमा कसैको पनि नाम उल्लेख नहुने बताए । आफूहरुले सुरुदेखि नै कुनै व्यक्तिको नाम उल्लेख गरेर संसदीय समिति…