भारतीय नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली शनिबारदेखि नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिए । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए । टोली सात दिनसम्म रहने उनको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली…
तितो सत्य
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपाली जनताको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ । यस्तो ऋण दायित्व जनताले प्रत्यक्ष तिर्नु नपरे पनि जनताबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।सार्वजनिक…
रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिमहरुको पर्व (दाहा) मेलामा झडप भएको छ । झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । मुस्लिम समुदाय मेला मनाउन घरेलु हतियार (खुकुरी, लठ्ठी, तरवार, भाला) सहित उपस्थित भएका थिए ।दाहाको झण्डा गाड्ने र नचाउने क्रममा घरेलु हतियार सहित उपस्थित भएको मुस्लिम समुदायले होहल्ला एवं उच्छृङ्खल गतिविधि धकेलाधकेल सडकमा हिडनेहरु लाई आवत जावतमा अवरोध सर्वसाधारणको यातायात मा हिर्काउने तर्साऊने कार्य गरिरहदाँ सो क्रममा सम्झाउन खोज्दा मेलामा घरेलु हतियार सहित उपस्थित भएको मुस्लिम समुदायले ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ । उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २…
नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने भएको छ ।यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन आनाकानी गरेको थियो ।कांग्रेसले अर्थ मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो । पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो ।कांग्रेस पार्टी मधेश प्रदेशको…
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई बडाललाई शपथ गराएका हुन् प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई बुधबार (साउन २ गते) महान्यायाधिवक्तामा नियुक्त गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाको १५ दिनको क्यालेन्डर बनाएको छ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतक तथा सचेतकहरुसँग प्रस्तावित क्यालेन्डरबारे छलफल गरेका हुन् ।बैठकमा सभामुख घिमिरेले संसदीय समितिहरुमा रिक्त सदस्य छिटो पदपूर्ति गर्न र संयुक्त समितिको सभापति छिटो चयन गर्न समेत आग्रह गरेका छन् । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार ६, ७ र ८ गते लगातार तीन दल संसद बैठक बस्नेछ । ९, १० र ११ संसदीय समितिहरुको बैठकका लागि समय छुट्याइएको छ ।१३, १४ र १५ गते फेरि संसद बैठक बस्नेछ । उनका अनुसार भोलि कार्यव्यवस्था परामर्श समितिले यसलाई अनुमोदन गर्नेछ ।
सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरवारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू र उपसभामुख इन्दिरा राना पनि सहभागी छिन्।छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा र संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ। बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन-कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना सहित नेपाल र चीनबीच शहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुन सक्छ । अहिले के भइरहेको छ भन्नेबारे सामान्य समीक्षा भयो,’ शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौं । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौं भनेर कुरा गर्यौँ ।’ ट्राफिक बत्ती, सडक सुरक्षा जस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भएको गेलाले बताउ ।…
नवन्युक्त प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । यसैगरी एमालेले सत्तापक्षको मूख्य सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार पत्र थमाउँदै बर्तौलालाई उक्त जिम्मेवारी दिएका हुन् । बर्तौलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो ।प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ । संविधानको धारा ७६.२ अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६.३ मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि…
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ । १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।