महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर भएका उनलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरी साजय भुक्तानीका लागि कारागार पठाएको थियो ।
अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए । कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।
