आज सहरी विकास मन्त्रासयमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहसहितको टोलीले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भुक्तानी नपाएको बताए । उनले सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा पनि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र समेत बुझाएका थिए ।भेटमा उपप्रधानमन्त्री सिंहले आफू निर्माण व्यवसायीका समस्याबारे जानकार रहेको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। “विकास निर्माणमा व्यवसायीको भूमिकालाई मैले राम्रोसँग बुझेको छु, समस्या समाधानका लागि मैले प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उपप्रधानमन्त्री सिंहले भने ।उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज…
तितो सत्य
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसद्का विभिन्न समितिका सदस्यहरूको नाम हेरफेरका लागि प्रस्ताव गरेका थिए । प्रस्तावित सदस्यहरूको नाम संसद् बैठकले अनुमोदन गरेको हो । जसअनुसार संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा। स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आएका छन् । पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य भएका छन् । हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भएका छन् । रघुवीर महासेठ र डोलप्रसाद अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् भने ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको…
सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूसँग आफ्नो नयाँ कार्यकालको प्रत्यक्ष सवाल-जवाफ गरेका छन्।सांसदहरूसँग विभिन्न प्रश्नको प्रत्यक्ष उत्तर दिएका हुन् ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले सहकारी क्षेत्रका बचतकर्ताले भोग्नुपरेका समस्याहरू सम्बोधन गर्न विगतमा गठित कार्यदलबाट प्राप्त सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।संविधान संशोधनसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री ओलीले संविधान संशोधन राष्ट्रिय आवश्यकता र राष्ट्रहितलाई मनन गरी राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटाउँदै अघि बढाइने विश्वास दिलाए ।
सरकारले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच नौ वर्षदेखि जारी ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे मन्त्रिपरिषदबाट नै निकास निकाल्ने भएको छ । ऊर्जामन्त्री दीपक खड्काले आज साँझसम्म डेडिकेटेड र ट्रंक लाइन विवादबारे मन्त्रिपरिषद्ले केही निकास निकाल्ने बताए ।यस सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको बैठक पनि बसेको छ ।’सोमबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकमा कार्यकारी निर्देशक कुलमान घिसिङले नै आयोगको निर्देशन कार्यान्वयन गर्ने निर्णयमा असहमति जनाएका थिए ।आजै विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको ६ वटा उद्योगको लाइन जोडिदिन निर्देशन दिए पनि विद्युत् प्राधिकरणले अटेर गरेको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
पूर्वभूमिसुधार राज्यमन्त्री ८० वर्षीय रामचन्द्र रायको वाहाकै निवास सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या भएको हो ।प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए ।संसद्बाट विश्वासको मत पाएका छन् । गत असार ३० गते नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनले संसद्को दुईतिहाइ समर्थन पाएका हुन् । उनको पक्षमा नेपाली कांग्रेससहितका दलहरूले संसद्को दुईतिहाइ अर्थात् १८८ मत पाएका हुन् । ओलीको विपक्षमा ७४ मत परेको छ । संसद्मा आज २६३ जना उपस्थित थिए । उनको पक्षमा ७ वटा दल ओलीलाई एमालेसहित, कांग्रेस, जसपा, जसपा नेपाल, जनमत, लोसपा नेपाल, नागरिक उन्मुक्तिसहितका दलले विश्वासको मत दिए भने माओवादी, रास्वपा, राप्रपा,…
ललितपुर महानगरपालिकालाई बेलायतकी महारानीले उपहार दिएको १०६ वर्ष पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो । त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् । निष्क्रिय रहेको दमकललाई मर्मत गरी पुनः प्रयोगमा ल्याएको छ। ।ललितपुरले महानगरपालिकाले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।
व्यास जयन्त सम्पुर्ण बिश्व जगत सारा संसार र यस संसारका सम्पुर्ण मानव जिवजन्तु सम्पुर्ण धर्म समेतका जन्मदाता जननीको सृष्टिकर्ता सनातनी हिन्दुहरुको महान पवित्र ग्रन्थ ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने महान धर्म शास्त्र का ज्ञाता परम पुज्य वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।परम पुज्य व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोजेका हुन्। अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम्। परोपकार पुण्याय, पापाय परपीडनम्’।। यसको अर्थ हुन्छ अरुको उपकार गरे धर्म…
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् ।नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएको ले । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका ७, जनमत पार्टीका ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, लोसपाका ४, नागरिक उन्मुक्ति…